नेपाल अमेरिकासँग पराजित

काठमाडौँ । नेपाल आइसीसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकासँग पराजित भएको छ । यस खेलमा नेपाल अमेरिकासँग ३७ रनले पराजित भएको हो ।अमेरिकाले दिएको २८२ रनको लक्ष्य पछाएको नेपालले ४९.४ ओभरमा अल आउट हुदै २४४ रन बनाएको थियो ।यसअघि पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ८ विकेट गुमाउदै २८१ रन बनाएको थियो ।यो जितपछि अमेरिका लिग-२ को शिर्ष स्थानमा उक्लिएको छ । अमेरिकाको १२ खेलमा १६ अंक भएको छ । त्यस्तै नेपालको भने ११ खेलमा केवल ५ अंक छ । अब नेपालले सिरिजको अर्को खेल सोमबार स्कटल्याण्डसँग खेल्ने तालिका रहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१