नेपालले हङकङ सिक्सेसमा आज प्लेट सेमिफाइनल खेल्ने

काठमाडौँ । नेपालले आज हङकङ सिक्सेसको प्लेट सेमिफाइनल खेल्ने भएको छ ।क्वाटरफाइनलमा श्रीलंकासँग पराजित भएको नेपालले आज प्लेट सेमिफाइनलमा युएईको सामना गर्ने भएको हो । युएई क्वाटरफाइनलमा बंगलादेशसँग पराजित भएको थियो । यो खेल नेपाली समय अनुसार बिहान १०:२० बजेदेखि शुरु हुदै छ ।त्यस्तै अर्को प्लेट सेमिफाइनलमा आयोजक हङकङ र दक्षिण अफ्रिका खेल्ने भएका छन् । यो खेल बिहान ९: २० बजेदेखि शुरु हुने छ । प्लेट फाइनल आजै ३: २५ बजेदेखि हुने छ ।त्यस्तै प्रतियोगिताको सेमिफाइनलमा भने आज अस्ट्रेलिया र पाकिस्तान तथा श्रीलंका र बंगलादेश खेल्ने भएका छन् । त्यस्तै फाइनल खेल पनि आजै हुने छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१