काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।सामाजिक सञ्जालमा बधाई दिदै राष्ट्रपति पौडेलले अमेरिकाको राष्ट्रपतिको रूपमा दोस्रो कार्यकालको लागि सफलताको शुभकामना दिदै ट्रम्पको कार्यकालमा नेपाल–अमेरिका सम्बन्ध थप सुदृढ हुनेमा विश्वस्त रहेको उल्लेख गरेका छन् ।ट्रम्पले डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसलाई पराजित गर्दै दोस्रो पटक राष्ट्रपतिमा विजयी भएका हुन् । यसअघि ट्रम्प २०१६ देखि २०२० सम्म अमेरिकाको राष्ट्रपति थिए भने २०२० को चुनावमा पराजित भएका थिए ।






























































































































































