प्रशिक्षक मोरिन्होलाई प्रतिबन्ध र जरिवाना

काठमाडौँ । टर्किस क्लब फेनेरबाची स्पोर्ट्स क्लबका प्रशिक्षक जोसे मोरिन्होलाई प्रतिबन्ध र जरिवाना लगाइएको छ । टर्किस फुटबल फेडेरेसनले मोरिन्होलाई युरोपा लिग अन्तर्गतको खेलपछि रेफ्री बारे गरेको टिप्पणीका कारण एक खेलको प्रतिबन्ध लगाएको छ भने २० हजार युरो भन्दाबढी जरिवाना गरेको छ ।

 

आइतबार भएको टर्किस लिगको ट्राबजोनस्पोरविरुद्धको खेल फेनेरबाचीले ३-२ ले जितेको थियो । सो खेलपछि मोरिन्होले भार रेफ्री र पुरै रेफ्री टिमले पक्षपात गरेको आरोप लगाउदै यस्तो रेफ्री आफुहरुलाई स्वीकार्य नहुने बताएका थिए ।मोरिन्होको आक्रामक टिप्पणीपछि फेडेरेसनले उनको टिप्पणी खेल भावना विपरित भएको भन्दै २० हजार १७८ युरो जरिवाना गरेको छ । त्यस्तै उनलाई अतिरिक्त १३ सय युरो समेत जरिवाना गरिएको फेडेरेसनले जनाएको छ । त्यस्तै उनलाई एक खेलमा ड्रेसिङ रुम र टचलाइनमा जान प्रतिबन्ध लगाइएको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१