भिनिसियसको ह्याट्रिकमा रियल म्याड्रिडको शानदार जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले ओसासुनामाथि शानदार जित हसिल गरेको छ ।शनिबार सम्पन्न खेलमा भिनिसियस जुनियरको ह्याट्रिकमा रियल म्याड्रिडले ओसासुनालाई ४-० गोल अन्तरले पराजित गरेको हो ।रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले ह्याट्रिक गरे भने जुडे बेलिङघमले एक गोल गरेका थिए ।यो जितपछि रियल म्याड्रिडको १२ खेलमा २७ अंक भएको छ र लिगमा दोस्रो स्थानमा रहेको छ । रियल म्याड्रिड शिर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ६ अंकले पछाडी रहेको छ । त्यसैगरी ओसासुनाको १३ खेलमा २१ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१