जापानको मात्सुमोतो नगरका प्रमुख योशिनाओ काठमाडौँको अवलोकन भ्रमणमा

काठमाडौँ । नेपालको काठमाडौँ महानगरपालिका र जापानको मात्सुमोतो नगरविचको भगिनी सम्बन्ध नागरिक स्तरका कार्यक्रममा विस्तार भएको दुई नगरका प्रमुखहरुले बताएका छन् ।सम्बन्ध स्थापना भएको ३५औँ वर्षको अवसरमा काठमाडौँको अवलोकन भ्रमणका लागि आउनु भएका मात्सुमोतो नगरपालिकाका प्रमुख योशिनाओ गान नेतृत्वको प्रतिनिधि मण्डलको स्वागतमा महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा आपसी सम्बन्धका विषयमा कुराकानी गर्दै उनीहरुले यस्तो बताएका हुन् ।

 

 

 

भेटका क्रममा महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले मित्रताको चिनो स्वरुप ढाका टोपी र ‘देशे मरु झ्याः’ (देशभरि अन्त कतै नभएको झ्याल) को प्रतिकृति उपहार स्वरुप प्रदान गरेका थिए । यस्तै मात्सुमोतोका प्रमुख गानले, हस्तकलाबाट निर्मित सामग्री उपहार स्वरुप प्रदान गरेका थिए । भ्रमण टोलीका सदस्यहरुलाई महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले ढाका टापी, पस्मिनाको सल र वुद्ध प्रतिमा उपहार स्वरुप प्रदान गरेकी थिइन् ।

 

 

 

मात्सुमोतोको प्रतिनिधि मण्डलमा मात्सुमोतो नगर परिषदका अध्यक्ष युताका कामिझोसहित विभिन्न संघसंस्थाका १९ जना प्रतिनिधि सहभागी छन् । स्वागत कार्यक्रममा मात्सुमोतो नगरका कर्मचारीहरुकातर्फबाट संकलन गरिएको २ लाख जापानी येन प्रमुख गानले महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई हस्तान्तरण गरेका थिए । गएको असोज महिनामा काठमाडौँमा बाढी आएर जनजीवनमा प्रभाव पारेको खवर पाएपछि यस प्रकारको प्रकोपमा सहयोग गर्न रकम संकलन गरिएको थियो ।

 

 

 

प्रतिनिधि मण्डल मंगलबार काठमाडौँ आएको हो । आगमन अवसरमा प्रमुख गानलाई अन्तरराष्ट्रिय सम्बन्ध सचिवालयका प्रमुख बलराम त्रिपाठीसहित अधिकारीहरुले विमानस्थलको विशिष्ट कक्षमा स्वागत गरेका थिए । मंगलबार नै  टोलीले ललितपुरको पाटन दरबार स्क्वायरको अवलोकन गरेको छ ।

 

 

 

बुधबार बसन्तपुर, स्वयम्भू र बौद्ध क्षेत्रको अवलोकन गर्ने, नयाँ बजारमा रहेको मल्टिपर्पोस मार्सल आर्ट सेन्टरको अवलोकन गर्ने तथा स्थानीय संघसंस्थाहरुसँग भेटघाट गर्ने कार्यक्रम छ । भोलि भक्तपुरको अवलोकन गरेर टोली साँझ स्वदेश फर्कनेछ ।

 

 

 

काठमाडौं र मात्सुमोतो नगरकाबीचमा सन् १९८९ नोभेम्बर १७ तारिखका दिन भगिनी सम्बन्ध स्थापना गर्ने सहमति पत्रमा हस्ताक्षर भएको थियो । सम्बन्ध स्थापना भएको १० औं बर्षको अवसरमा दुवै नगरकातर्फबाट लगानी गरेर महानगरको वडा १६ नयाँबजारमा बहुउद्देश्यीय मार्सल आर्ट केन्द्र निर्माण गरियो । १ करोड २२ लाख ८६ हजार लागतमा निर्माण भएको केन्द्रका लागि जापान सरकार र मात्सुमोतो नगरकातर्फबाट ६६ लाख ६६ हजार ६६३ रुपैयाँ सहयोग प्राप्त भएको थियो । २०५८ साल बैशाख १९ गते शिलान्यास भएको केन्द्र त्यसै बर्षको माघ ३ गते तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा र जापानका पूर्व प्रधानमन्त्री रियोतारो हासिमोतोले संयुक्त रुपमा उद्घाटन गरेका थिए । केन्द्र ६ रोपनी ११ आना जग्गामा फैलिएको छ । २०७२ सालको भूकम्पले यसलाई आंशिक क्षति पुर्याएको थियो ।

 

 

 

२०७२ सालको भूकम्पले पुर्याएको क्षति व्यवस्थापन गर्न मात्सुमोतो नगरले १ करोड जापानी येन सहयोग गरेको थियो । त्यस रकममा जापानी जनताकोतर्फबाट संकलन भएको ८० लाख येन र नगरकोतर्फबाट प्रदान गरिएको २० लाख येनबराबर हुन आउने रकम थियो । मल्टिपर्पोस मार्सल आर्ट सेन्टरमा जुडो एण्ड केन्दो प्रशिक्षण हुने गरेको छ । २०७६ सालमा मात्सुमोतो नगरका तत्काली प्रमुख केन्दो खेलमा प्रयोग हुने सिनाइ (बेतको बिशेष खालको लौरो) ६० थान र जुडो गि १० थान प्रदान गरेका थिए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कैलालीमा आफ्नै पसलभित्र युवक झुण्डिएको अवस्थामा मृत फेला

कैलाली : कैलालीमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ। मंगलबार बिहान बर्दगोरिया गाउँपालिका वडा नम्बर–२ बौनिया बजारमा सञ्चालनमा रहेको पुष्पराज ट्याटु हाउसका सञ्चालक अन्दाजी २७ वर्षीय सुमन चौधरी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।   भजनी नगरपालिका वडा नम्बर–८ गोरचौरा घर भएका चौधरीको शव...

कुल चौँसट्ठी दलले बुझाए समानुपातिकको बन्द सूची

काठमाडौँ, आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि ६४ राजनीतिक दलले समानुपातिक प्रणालीतर्फको बन्दसूची बुझाएका छन् ।बहादुरभवनस्थित निर्वाचन आयोगको कार्यालयमा स्थापित समानुपातिक प्रणालीको निर्वाचन अधिकृतको कार्यालयमा यही पुस १३ र १४ गतेका लागि बन्द सूची बुझाउने कार्यतालिका निर्धारण गरिएको थियो ।     सोमबार राति अबेर र आज बिहानसम्म गरेर...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदरअनुसार अमेरिकी डलरको मूल्य बढेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार, अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४४ रुपैयाँ २७ पैसा निर्धारण गरिएको छ । यस्तै,...

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

किएभ,  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी गर्नुभएको छ । यसअघि रूसले युक्रेनी राष्ट्रपति र युरोपेली सङ्घ (ईयु) का सहयोगीहरूलाई अमेरिकी मध्यस्थतामा तयार भएको शान्ति योजनामा अवरोध पु¥याउने प्रयास गरेको आरोप लगाएको छ ।   उक्त भेटमा नयाँ...

कैलालीमा आफ्नै पसलभित्र युवक झुण्डिएको अवस्थामा मृत फेला

कैलाली : कैलालीमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ। मंगलबार बिहान बर्दगोरिया गाउँपालिका वडा नम्बर–२ बौनिया बजारमा सञ्चालनमा रहेको पुष्पराज ट्याटु हाउसका सञ्चालक अन्दाजी २७ वर्षीय सुमन चौधरी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।   भजनी नगरपालिका वडा नम्बर–८ गोरचौरा घर भएका चौधरीको शव...

तमु ल्होछारको अवसरमा प्रदेश प्रमुख भट्टद्वारा शुभकामना

पोखरा । तमु (गुरुङ) जातिले आज नयाँ वर्ष तथा सर्प वर्ग (सप्ह्री ल्हो) को अन्त्य भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा धुमधामका साथ मनाउँदै गरेको तमु ल्होछार/ल्होसारको अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शुभकामना व्यक्त गर्नुभएको छ ।   प्रदेश प्रमुख भट्टले नेपालको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

सुदूरपश्चिम प्रदेशको राजस्व संकलन र बजेट खर्च सुस्त, १५ दिनभित्र कार्ययोजना बनाउन मुख्यमन्त्रीको कडा निर्देशन

कैलाली। सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामसान्त सम्ममा सवारी साधन करतर्फ १४ लाख ८० हजार बढी राजस्व संकलन गरेको छ ।   आईतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमको कार्यप्रगति, समस्या र चुनौतीहरूको समिक्षा कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विद्यार्थीलाई मतदाता शिक्षा दिइँदै

टक्सार (भोजपुर),  जिल्ला निर्वाचन कार्यालयले विद्यालयमा अध्ययनरत विद्यार्थीका लागि मतदाता शिक्षा कार्यक्रम सुरु गरेको छ । कार्यालयले विद्यालयमा पुगेर मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न सुरु गरेको हो ।   जिल्ला निर्वाचन कार्यालयले आज भोजपुर नगरपालिका–१२, टक्सारमा रहेको यशोधरा माध्यमिक विद्यालयमा मतदाता शिक्षा कार्यक्रम सञ्चालन गरेको हो...

निःशुल्क आँखा शिविर : मोतियाबिन्दुको समस्या उच्च

गण्डकी, समय–समयमा आँखा परीक्षण नगराउँदा मोतियाबिन्दुको समस्या रहेको पाइएको छ । नेपाल नेत्रज्योति सङ्घद्वारा फरक फरक स्थानमा आयोजना गरिएका निःशुल्क आँखा परीक्षण शिविरहरुमा मोतियाबिन्दुको समस्या उच्च भेटिएको हो । स्याङ्जाको वालिङ नगरपालिकामा हालै आयोजित निःशुल्क आँखा परीक्षण शिविरमा ५१० जनाको परीक्षण गर्दा ४१ जना...

श्रमदान जुटाएर व्यवस्थित खेलमैदान

बेनी(म्याग्दी), अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवाले सरकारी बजेटमा सहयोग र श्रमदान जुटाएर व्यवस्थित खेलमैदान निर्माण गरेका छन् ।स्थानीय देउराली आधारभूत विद्यालय परिसरको खेलमैदानमा युवाहरूको खेलकुद गतिविधिले विद्यालयको पठनपाठनमा असर गर्न थालेपछि युवाले राम्चे गाउँमा व्यवस्थित र आकर्षक खेलमैदान निर्माण गरेका हुन् ।     न्यू देउराली युवा क्लबको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९