देशको मुल समस्या सरकारको अस्थिरता होइनः अध्यक्ष नेपाल

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले दे शको मुल समस्या सरकारको अस्थिरता नभएको बताउनुभएको छ ।
बिहीवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले यस्तो दाबी गर्नुभएको हो । उहाँले आफूहरु ९ महिना सरकारमा रहँदा उदाहरण पेश गरेको भन्दै सो अवधिमा गफ नभइ काम गरेर देखाएको जिकिर गर्नुभयो । उहाँले नौ महिनाको सरकारले देशमा तरंगा पैदा गरेको बताउनु भयो । उहाँले आफ्नो गाउँ, आफैँ बनाउँदेखि नौ सको अभियान, वृद्धभत्ता प्रदान, ६० हजार सुकुम्वासी परिवारलाई जग्गा बाँड्ने लगायतका उदाहरणीय काम गरेर देखाएको बताउनु भयो । उहाँले काम गर्नेका लागि नौ महिना नै काफी हुने बताउनु भयो । मध्यपहाडी राजमार्ग र तराईको हुलाकी राजमार्ग आफू नेतृत्वको सरकारले बनाउन शुरु गरेको दाबी गर्नुभयो ।

 

उहाँले भन्नुभयो, ‘हाम्रो देशको समस्याको मुल कारण के हो, त्यहाँबाट जानुपर्छ । मुल कारण भनेको सरकारको अस्थिरता होइन । ९ महिना हामी सरकारमा हुँदाखेरी (नौ महिना) उदाहरण पेश गरेका छौँ । गफ होइन । काम गरेर देखाएका छौँ, नौ महिना भित्र । सारा देशमा तरंग पैदा गरिदियौँ । आफ्नो गाउँ, आफैँ बनाउँ भन्नेदेखि लिएर, नौ सको अभियानदेखि लिएर, वृद्ध भत्ताको कुरादेखि लिएर । सुकुम्वासीलाई जग्गा बाँड्ने, ६० हजार परिवारलाई जग्गा बाँड्ने काम गर्नेदेखि लिएर, बिहानीले दिउँसो कस्तो हुन्छ भन्नेकुराको संकेत गर्दछ । गर्नेले छोटो समयमा गर्छ । एक जनाले मलाई भन्नुभयो, हामी मध्यपहाडी राज्यमा हिँडे, त्यहाँको इन्जिनियरलाई सोधेँ, यो कसको पालामा भयो ? उनीहरुले भनेः माधव नेपाल प्रधानमन्त्री भएको पालामा भएको हो । हाम्राले प्रचार गर्न चाहँदैनन् वा थाहा नै पाउँदैनन् । मान्छे काँग्रेस पार्टीका रहेछन्, तपाईंले यति शानदार बाटो बनाउनु भएछ, त्यहाँ म गाडी लिएर जाँदा त कस्तो आनन्द भयो । अर्को एक जना तराईको हुलाकी राजमार्गमा जानुभएको रहेछ । त्यहाँ सोध्दा उनीहरुले भने, माधव नेपाल प्रधानमन्त्री हुँदा नै भारतको प्रधानमन्त्रीसँग हुलाकी राजमार्गको निम्ति आर्थिक सम्झौता र निर्माणको काम अघि बढ्यो । यो बाटो हेर्नुस् । शानदार बाटो ।’

 

अध्यक्ष नेपालले मुलुकमा कसैले काम गरेको भए आफूहरुले नै गरेको दाबी गर्नुभयो । मुलुकमा परिवर्तन पनि आफूहरुले नै गरेको र देशमा गणतन्त्र पनि आफूहरुले नै ल्याएको बताउनु भयो । सो समयमा देशमा गणतन्त्र नआउने कुरा गर्नेहरु पार्टीभित्रै रहेको भन्दै उनीहरुलाई आफूहरुले चासो नदिएको बताउनु भयो । राजतन्त्रका बिरुद्धमा जान काँग्रेसले खुट्टा कमाएको र अरु पार्टीले पनि हिम्मत नगर्दा आफूहरुले नै आन्दोलन गरेर हटाएको बताउनु भयो । उहाँले परिवर्तनलाई साकार बनाउने काममा आफूहरु सफल भएको जिकिर गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘हामीले शानका साथ भन्नुपर्छ, यो मुलुकमा काम कसैले गरेको छ भने हामीले गरेका छौँ । परिवर्तन कसैले गरेको छ भने हामीले गरेका छौँ । गणतन्त्र कसैले ल्याएको छ भने हामीले ल्याएका छौँ । गणतन्त्र आउँदैन नेपालमा भन्नेहरु यही पार्टीभित्र थिए । गीत गाएर मात्रै हिँडेका होइनन् । बिरोध गरेर हिँडेका थिए । उत्साह बढाउने होइन, घटाउने काम गरिरहेका थिए । हामीले टेरेनौँ । वास्ता गरेनौँ । हामीले भन्यौँ, हिँड्ने हिँडिरहन्छन्, हिम्मत नभएकाहरु थन्किरहेका हुन्छन्, बसिरहन्छन् । बस्नेलाई बस्न देउ । हिँड्नेलाई जान देउ । हामी हिँडिरह्यौँ । राजतन्त्रका बिरुद्धमा अरु पार्टीले पनि हिम्मत गरेनन् । काँग्रेसको पनि खुट्टा काम्यो । उसले पनि बेबी किङ भन्न थाल्यो । तर हामीले एक्लै आँट ग¥यौँ । र परिवर्तनलाई साकार पा¥यौँ ।’अध्यक्ष नेपालले अहिले नेपालको राजनीतिको समस्या भ्रष्टाचार रहेको बताउनु भयो । भ्रष्टाचार अन्त्य नगरेसम्म मन्त्रीको संख्या घटाएर केही नहुने बताउनु भयो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कैलालीमा आफ्नै पसलभित्र युवक झुण्डिएको अवस्थामा मृत फेला

कैलाली : कैलालीमा एक युवकको शव झुण्डिएको अवस्थामा फेला परेको छ। मंगलबार बिहान बर्दगोरिया गाउँपालिका वडा नम्बर–२ बौनिया बजारमा सञ्चालनमा रहेको पुष्पराज ट्याटु हाउसका सञ्चालक अन्दाजी २७ वर्षीय सुमन चौधरी झुण्डिएको अवस्थामा मृत फेला परेका हुन्।   भजनी नगरपालिका वडा नम्बर–८ गोरचौरा घर भएका चौधरीको शव...

निर्वाचन ६४ दिन बाँकीः ६४ वटा राजनीतिक दलले पेस गरे समानुपातिकतर्फको बन्दसूची

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तोकको प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनीतिक दलहरुले समानुपातिकतर्फको बन्दसूची आयोगमा पेस गरिसकेका छन् । निर्वाचन आयोगका अनुसारका अनुसार बन्दसूची पेस गर्ने ६४ वटा राजनीतिक दलमध्ये ५४ वटा दलले आफ्नो निर्वाचन चिन्हमा र १० वटा राजनीतिक दलले चार...

यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आजका लागि निर्धारित विनिमयदर अनुसार अमेरिकी डलरको मूल्य सामान्य घटेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ३७ पैसा र बिक्रीदर १४३ रुपैयाँ ९७ पैसा...

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

किएभ,  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी गर्नुभएको छ । यसअघि रूसले युक्रेनी राष्ट्रपति र युरोपेली सङ्घ (ईयु) का सहयोगीहरूलाई अमेरिकी मध्यस्थतामा तयार भएको शान्ति योजनामा अवरोध पु¥याउने प्रयास गरेको आरोप लगाएको छ ।   उक्त भेटमा नयाँ...

शीतलहरले वीरगन्ज तीन दिन सार्वजनिक बिदा

वीरगञ्ज (पर्सा),  वीरगञ्ज महानगरले यहाँ शीतलहर चलेसँगै यहाँ तेस्रोपटक फेरि तीन दिन विद्यालयको पठनपाठन बन्द गर्ने निर्णय गरेको छ ।पछिल्लो दुई सातादेखि महानगर आपसपासमा लगातार चिसो बढेसँगै महानगरले पुस १६ देखि १८ गतसम्म तीन दिन थप बिदा दिने निर्णय गरेको हो । यसअघि महानगरले...

तमु ल्होछारको अवसरमा प्रदेश प्रमुख भट्टद्वारा शुभकामना

पोखरा । तमु (गुरुङ) जातिले आज नयाँ वर्ष तथा सर्प वर्ग (सप्ह्री ल्हो) को अन्त्य भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा धुमधामका साथ मनाउँदै गरेको तमु ल्होछार/ल्होसारको अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शुभकामना व्यक्त गर्नुभएको छ ।   प्रदेश प्रमुख भट्टले नेपालको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

सुदूरपश्चिम प्रदेशको राजस्व संकलन र बजेट खर्च सुस्त, १५ दिनभित्र कार्ययोजना बनाउन मुख्यमन्त्रीको कडा निर्देशन

कैलाली। सुदूरपश्चिम सरकारले आर्थिक वर्ष २०८२/८३ को मंसिर महिनामसान्त सम्ममा सवारी साधन करतर्फ १४ लाख ८० हजार बढी राजस्व संकलन गरेको छ ।   आईतबार सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहको अध्यक्षतामा प्रदेश सरकारको आर्थिक वर्ष २०८२/८३ को वार्षिक कार्यक्रमको कार्यप्रगति, समस्या र चुनौतीहरूको समिक्षा कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

धरान (सुनसरी), सुनसरीमा शितलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ । शितलहरको प्रभाव बढ्दै गएपछि सुनसरीका सबै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका छन् । स्थानीय तहले यही पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालयमा बिदा दिएका छन् ।   इटहरी उपमहानगरपालिकाले मीन...

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य : बेवास्ताले बढ्दै जोखिम

काठमाडौँ,   गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्राथमिकता दिइँदा यससँग जोडिएको मानसिक स्वास्थ्य भने ओझेलमा पर्दै आएको छ ।   सामाजिक धारणा, स्रोतसाधनको अभाव र जानकारीको कमीका कारण गर्भवती तथा सुत्केरीले...

श्रमदान जुटाएर व्यवस्थित खेलमैदान

बेनी(म्याग्दी), अन्नपूर्ण गाउँपालिका–८ राम्चेका युवाले सरकारी बजेटमा सहयोग र श्रमदान जुटाएर व्यवस्थित खेलमैदान निर्माण गरेका छन् ।स्थानीय देउराली आधारभूत विद्यालय परिसरको खेलमैदानमा युवाहरूको खेलकुद गतिविधिले विद्यालयको पठनपाठनमा असर गर्न थालेपछि युवाले राम्चे गाउँमा व्यवस्थित र आकर्षक खेलमैदान निर्माण गरेका हुन् ।     न्यू देउराली युवा क्लबको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९