
काठमाडौँ । अस्ट्रेलियाले पाकिस्तानविरुद्धको टी-२० सिरिजमा विजयी शुरुवात गरेको छ । विहिबार सम्पन्न सिरिजको पहिलो खेलमा अस्ट्रेलियाले पाकिस्तानलाई २९ रनले पराजित गरेको हो । बर्षाले प्रभावित भएको खेल ७-७ ओभर खेलाइएको थियो । अस्ट्रेलियाले दिएको ९४ रनको लक्ष्य पछाएको पाकिस्तानले ७ ओभरमा ९ विकेट गुमाउदै ६४ रन बनाएको थियो । यस अघि अस्ट्रेलियाले पहिला ब्याटिंग गर्दै ७ ओभरमा ४ विकेट गुमाउदै ९३ रन बनाएको थियो । यो जितसँगै अस्ट्रेलियाले ३ खेलको सिरिजमा १-० को अग्रता बनएको छ । अब सिरिजको दोस्रो खेल शनिबार हुने छ ।