उपचारको नाममा भारतीयद्दारा ठगी धन्दा जारी

रौतहट । भारतीय महिला पुरुषहरुको गिरोहले उपचारको नाउँमा ठगी धन्दा चलाइरहेको प्रकाशमा आएको छ।रौतहट संग जोडिएको भारतीय सहर बैरगनियाका महिला पुरुषको गिरोह केही नेपालीलाई दलालको रूपमा परिचालन गरी जिल्लाको कैयौँ ठाउँमा उपचारको नाममा सर्वसाधारणको लाखौँ रुपैयाँ ठगी गरिरहेको प्रकाशमा आएको हो।

 

बैरगनियाकी प्रियंका कुमारी नाम गरेकी एकजना महिलाले अगुवाई गरेको गिरोहले कटहरिया नगरपालिका- ५ स्थित एकजना स्थानिय महिला र एकजना पुरुष लाई दलालको रूपमा परिचालन गरेका थिए।उनीहरू गाउँमा असाध्य रोग लागेका बिरामीलाई भेटेर प्रियंकाले दिने औषधिले बिना डाक्टर सबै रोग निको हुन्छ भनेर प्रचारप्रसार गर्दै आएका थिए।

 

भारतीय महिला प्रियंकाको नेतृत्वमा आउने गिरोह कटहरिया स्थित खाने पानीको कार्यालय छेउमा एउटा घर भाडामा लिएर प्रत्येक बिहीवार त्यहाँ दर्जनौं बिरामीलाई जम्मा गरेर उनीहरू लाई भ्रमित हुने गरी भाषण दिएर प्रभावमा पार्ने गरेका थिए।

 

प्रियंकाले आफू बिरामीहरुलाई निको पार्ने संकल्प लिएर अहिलेसम्म बिहे नगरी घरबाट तपाईँहरुको सेवामा लागेको छु बताऊँदै आएकी छिन् ।एकजना बिरामीका अभिभावक सर्फलाल महतोका अनुसार प्रियंकाले डीएक्स एन फार्मा कम्पनी मलेसिया र भारत हैदराबादबाट उत्पादित औषधिले जुन सुकै रोग निको हुन्छ यसमा डाक्टर चाहिँदैन भनेर जनही ५ देखि १० हजार रुपैयाँ उठाएर केही औषधि सेवनका लागी दिने गरेका थिए।

 

प्रियंकाकै कुराको भरमा आमाको लागी ७ हजारको औषधी किनेर ठगिएको महतोले बताए। कटहरिया ५ मा मात्र ७५ जना बिरामी लाई उक्त गिरोहले कैयौं महिना देखी उपचारको नाउँमा लाखौं रुपैयाँ ठगेको महतोले बताएका छन्।स्थानिय दलालसँग नम्बर लिएर भारतीय महिला प्रियंकासँग न्युज कारखानाले कुरा गर्दा तपाईँ बिरामी खोज्नुस , अन्य दलाल सरह मासिक तपाईँको खातामा पनी पैसा पठाउने बताएकी थिइन्।

 

हामी जोडेको कम्पनीको औषधि को लागि डाक्टर चाहिँदैन, सबै रोग निको हुन्छ, सामान्य जानकारी चाहियो भने बैरगनिया आउनुस, बिस्तृत जानकारीको लागि मंगलवार सीतामढी आउनुस त्यहाँ गुरुजी आउनु हुन्छ भनेकी थिइन्।

 

यही सन्दर्भमा जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरेलाई जानकारी गराउँदा उनको निर्देशनमा ईलाका प्रहरी कार्यालय कटहरियाका प्रमुख सई मुकेश कुमार सिंहको नेतृत्वमा गएको टोलीले उपचारको नाउँमा ठगि गर्ने भारतीय गिरोह लाई भगाएको थियो।

 

 

गिरोहको केही महिलाहरुले भारतीय सहर बैरगनियाबाट लागिरहेको डीएक्स एन फार्मा कम्पनीको औषधी गौर भन्सार नजिकै प्रहरीले बरामद गरेको थियो।
बरामद औषधी नेपालमा दर्ता नरहेको औषधी ब्यवस्था बिभाग बिरगंजले बताएपछि आवश्यक कार्यवाहीको लागी जिल्ला भन्सार कार्यालय गौरमा बुझाईएको जिल्ला प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार राय ले बताएका छन्।

 

 

यसरी उपचारको नाउँमा कटहटियामा हुनेगरेको ठगी धन्दा न्युज कारखाना र प्रहरीको सक्रियताले बन्द भएको छ । ठगी गिरोह आउन छोडेका छन्।तर जिल्लाको अन्य क्षेत्रमा पनि यस्तो गिरोह सक्रिय भएर गाउँ गाउँमा स्थानिय लाई दलाल बनाएर सैयौं नेपाली लाई उपचारको नाउँमा ठगी रहेको प्रत्यक्षदर्शीले बताएका छन्। उपचारको नाउँमा भारतीय बाट भईरहेको ठगी नियन्त्रण गर्न प्रहरी प्रशासन संगै जनप्रतिनिधि र नागरिक समाजको ध्यान जान जरुरी रहेको छ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पुल नहुँदा सास्ती

तुलसीपुर (दाङ),तुलसीपुर उपमहानगरपालिका–१३ स्थित तुइसोताले त्यहाँका बासिन्दालाई बर्सेनि पिरोल्छ । फूलबारीको बराखुट्टी जाँदासम्म नौपटक तर्नुपर्छ, तर पनि त्यो खोलामा पक्की पुल नहुँदा स्थानीयलाई निकै समस्या पर्छ । त्यहाँ कुनै पनि खोलामा पक्की पुल छैन । त्यसले गर्दा गाडी आवतजावतमा पनि निकै समस्या हुने गरेको स्थानीय...

नागरिक हितार्थ तीन तहका सरकारको समन्वय र सहकार्य अपरिहार्य छ : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले नागरिक हितका लागि सङ्घ, प्रदेश र स्थानीय तहबीचको समन्वय र सहकार्य अपरिहार्य भएको बताउनुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुर्खेतको आयोजनामा आजदेखि वीरेन्द्रनगरमा सञ्चालन भएको ‘प्रदेश तथा स्थानीय तहबीच अन्तरसरकार सम्बन्धका सवालमा छलफल तथा अन्तक्र्रिया’ को समापन समारोहमा...

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

काठमाडौँ,  मङ्गलबारको तुलनामा आज सुनको मूल्य केही घटेको छभने चाँदी तोलामा रु ५ ले बढेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ४४ हजार ३०० कायम भएको छभने त्यति नै परिमाणको चाँदी रु तीन हजार १७५ मा...

कम्बोडियाद्वारा थाइल्यान्डको सीमा क्षेत्रमा नयाँ बारुदी सुरुङ राखेको आरोपअस्वीकार

नोमपेन(कम्बोडिया), थाइल्यान्डको सिमा क्षेत्रमा नयाँ बारुदी सुरुङ् राखिएको भन्ने थाइल्यान्डको आरोपलाई अस्वीकार गदै कम्बोडियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।“कम्बोडिया सरकारले विज्ञप्तिमा थाइल्यान्डको सीमामा कम्बोडियाले नयाँ बारुदी सुरुङ राखेको आरोपलाई खण्डन तथा अस्वीकार उल्लेख गरिएको छ ।     कम्बोडियाको गृहयुद्धको लगभग तीन दशक देखि, कम्बोडिया–थाइल्यान्ड...

स्थानीय तहमा कला गोष्ठी गर्दै प्रतिष्ठान

काठमाडौँ, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यतिबेला स्थानीय तथा प्रदेशस्तरमा पुगेर कला कार्यशाला एवं गोष्ठीका कार्यक्रम गर्दै आएको छ । प्रदेश, स्थानीय तह पुगी त्यहाँका विभिन्न समुदायमा रहेका कलाकृति उजागर गर्ने उद्देश्यले अन्तक्र्रिया र गोष्ठीसँगै कार्यशाला समेत गरिरहेको छ ।     गोष्ठीबाट प्रादेशिक ललितकला प्रदर्शनीको तयारी गर्नुको...

खयरमारामा व्यवसायिक अम्बा र कागतीखेती

महोत्तरी,  बर्दिबास–११ खयरमाराका किसान निलहरि गौतमले एक बिघा क्षेत्रफलमा एक हजार बढी उन्नत जातका अम्बा तथा पाँचसय कागतीका विरुवा लगाउनुभएको छ । कामका लागि मुलुकका विभिन्न क्षेत्र पुगे पनि अहिले पैतृक ठाउँमै बिताउने इच्छाले अम्बा र कागती विरुवा लगाइएको उहाँको भनाइ छ । यहाँको...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

प्राविधिक विद्यार्थीले बनाए विभिन्न उपयोगी कृषिका उपकरण

मोरङ,कोशी प्रदेश सरकारद्वारा स्थापित मनमोहन प्राविधिक विश्वविद्यालयका विद्यार्थीले कृषिका लागि विभिन्न उपयोगी उपकरण निर्माण गरेका छन् । विश्वविद्यालयको आङ्गिक शिक्षालय मनमोहन पोलिटेक्निकको तीनवर्षे डिप्लोमातर्फ अध्यनरत अन्तिम वर्षका विद्यार्थीले एउटै मेसिनबाट धेरै काम गर्न सकिने स्मार्ट फार्मिङ र स्मार्ट सिटीका लागि सोलारबाट चल्ने स्मार्ट सिटीको...

लुम्बिनी प्रादेशिक अस्पतालमा १२ करोडको एमआरआई मेसिन

लुम्बिनी,बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा रु १२ करोड खर्चेर १२८ स्लाइसको एमआरआई मेसिन ल्याइएको छ । मेसिन आपूर्तिकर्ता कम्पनीले अस्पतालमा मेसिन जडान पनि थालेको छ ।आगामी दुई महिनाभित्रमा सेवा सञ्चालन गर्ने लक्ष्यका साथ काम भइरहेको अस्पतालका मेडिकल सुपेरिटेन्डेन्ट डा इन्द्र ढकालले जानकारी दिनुभयो । लुम्बिनी...

रोहितले दार्जिलिङमा टेनिस खेल्ने

काठमाडौँ,  नेपाली भेट्रान टेनिस खेलाडी रोहित सुनवारले दार्जिलिङ जिमखाना खुला टेनिस प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । नोभेम्बर १४ देखि १६ तारिखसम्म भारतको दार्जिलिङमा हुने प्रतियोगितामा सहभागी हुन रोहित भोलि  जाँदैछन् । रोहितले भेट्रान ४५ वर्षमाथि पुरुष सिङ्गल्स र डबल्समा खेल्नेछन् । डबल्समा रोहितले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९