बढुवा रोकेर नेपाल प्रहरीमा डिआइजी दरबन्दी थप्न ओएन्डएम, आफ्नालाई खुसी पार्ने मेलो

श्वर कार्की प्रधानमन्त्रीनिकट, भट्ट गृहमन्त्रीनिकट, आचार्य प्रधानमन्त्री र प्रहरी महानिरीक्षक कुँवर दुबैतिर निकट छन्। उनीहरूको चर्को दबाबपछि बढुवा रोकिएर दरबन्दी थपको गृहकार्य अगाडि बढेको प्रधान कार्यालय स्रोतको भनाइ छ।

काठमाडौं– गृह मन्त्रालयले आठ प्रहरी नायब महानिरीक्षक (डिआइजी) बढुवा रोकेर नेपाल प्रहरीमा थप तीन जना डिआइजी दरबन्दी थप्ने गृहकार्य थालेको छ।मन्त्रालयले त्यसका लागि संगठन तथा व्यवस्थापन (ओएन्डएम) तयार पारेको छ। मन्त्रालय स्रोतका अनुसार प्रशासनतर्फ तीन डिआइजीको दरबन्दी सिर्जना गर्न खोजिएको हो।मन्त्रालयको टोली र प्रहरी प्रधान कार्यालय अन्वेषण शाखाको टोलीले तयार पारेको ओएन्डएम आर्थिक स्वीकृतिका लागि अर्थ मन्त्रालयमा पठाइएको छ।प्रशासनतर्फ यसअघि २० जना प्रहरी नायब महानिरीक्षक (डिआइजी)हरूको दरबन्दी छ। २३ जना कायम हुने गरी ओएन्डएममा तीन वटा दरबन्दी सिर्जना गरिएको छ।

 

 

 

ओएन्डएममा भरतपुर तालिम शिक्षालय, काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय र त्रिभुवन विमानस्थलमा डिआइजीको दरबन्दी प्रस्ताव गरिएको छ। ती कार्यालयमा डिआइजी दरबन्दी छैन। कहिले एसएसपी तथा कहिले डिआइजीलाई त्यहाँ खटाइने गरिएको छ।हाल प्रधान कार्यालयले दरबन्दी नरहे पनि ती कार्यालयमा डिआइजी खटाइरहेको छ। ‘प्रशासनतर्फ ती कार्यालयमा डिआइजी दरबन्दी अनिवार्य नै रहेकाले ओएन्डएम गरी दरबन्दी थपको प्रस्ताव गरिएको हो,’ प्रधान कार्यालयका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले भने, ‘अर्थबाट स्वीकृति भएर आइसकेको छैन।’२०७६ सालमा पहिलो चरणको कोभिड-१९ संक्रमण चलिरहेका बेला डिआइजी दरबन्दी २६ जनाबाट १४ जना कायम गरिएको थियो।

 

 

डिआइजी दरबन्दी घटाउन नहुने र घटाए पनि हचुवामा गर्न नमिल्ने भन्दै तत्कालीन प्रहरी महानिरीक्षक ठाकुर ज्ञवाली र गृहसचिव महेश्वर न्यौपानेबीच भनाभन नै भएको थियो। त्यसबेला प्रधान कार्यालयको रायलाई बेवास्ता गरी गृह मन्त्रालयले हचुवा भरमा दरबन्दी घटाइदिएको थियो। त्यसको एक वर्षमै डिआइजी संख्या बढाएर २० जना पुर्‍याइएको थियो।त्यसअघि नै अतिरिक्त प्रहरी महानिरीक्षक (एआइजी) दरबन्दी १३ जनाबाट घटाएर तीन जनामा सीमित गरिएको थियो। एआइजी संख्या अहिले आठ जना पुर्‍याइएको छ।प्रहरीमा राजनीतिक शक्तिकेन्द्र हावी भएका कारण दरबन्दी थपघटको शृंखला चलिरहेको छ। आफ्ना नजिकका व्यक्तिलाई पदमा पुर्‍याउन दरबन्दी थप्ने कार्य राजनीतिक नेतृत्वबाट हुँदै आएको छ।

 

 

 

अहिलेको दरबन्दी सिर्जना नजिकका व्यक्तिलाई पदमा पुर्‍याउनका लागि भएको प्रहरी अधिकृतहरू नै बताउँछन्। अहिले नेपाल प्रहरीमा आठ जना डिआइजीको दरबन्दी रिक्त छ।उक्त रिक्त दरबन्दीमा बढुवा हुने दौडमा दुई दर्जन एसएसपीहरू छन्। बढुवामा अत्यधिक प्रतिस्पर्धा देखिएपछि प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले आठ जनाको बढुवा अगाडि नबढाएर गृह मन्त्रालयमा दरबन्दी सिर्जनाको प्रस्ताव लगेको बताइएको छ। गृहमन्त्री रमेश लेखक आफैंले दरबन्दी सिर्जनामा बढी चासो राखेपछि कुँवरलाई सजिलो भएको थियो। ११ जनाको बढुवा एकैपटक निकाल्दा संगठनभित्रको गुनासो व्यवस्थापन हुनसक्ने आँकलनबीच कुँवर दरबन्दी सिर्जनामा आफैं लचिलो बनेका हुन्।

 

 

 

अहिले प्रहरी महानिरीक्षक कुँवरकै वैकल्पिक टोलीका तीन जना एसएसपीलाई डिआइजी बढुवा गर्नैपर्ने अनिवार्यता छ। भोलाबहादुर रावल, गणेश चन्द र ध्रवराज राउत राजनीतिक शक्तिकेन्द्रसँग दाहिना नभएका कारण पहिलेका बढुवामा छुटेका अधिकृत हुन्। यसपालि बढुवा नभए उनीहरू एसएसपीबाटै अवकाशमा जान्छन्।२०५२ सालमा भर्ना भएको टोलीका सबै व्यक्ति बढुवा भइसकेका छन्।अहिले बढुवाको अत्यधिक प्रतिस्पर्धा रहेको २०५३ सालको टोलीमा हो। २०५३ सालको टोलीका एसएसपीहरू सिद्धिविक्रम शाह, सुशीलसिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालय श्रेष्ठ, डम्बरबहादुर विक र ओम राना छन्। यो टोलीबाट जो बढुवामा पर्छन्, भावी प्रहरी संगठनको नेतृत्व उनीहरूको टोलीबाट हुने सम्भावना छ। यो टोलीमा सबै प्रहरी अधिकृतहरू व्यावसायिक छविका छन्।

 

 

 

विक आरक्षण सिटको हकदाबीबाट डिआइजी बन्ने कोसिसमा छन्। राना र श्रेष्ठले जनजाति सिटबाट शक्तिकेन्द्रमा दबाब बढाइरहेका छन्। बढुवाका लागि शक्तिकेन्द्र समात्नैपर्ने बेथितिका कारण यो टोलीमा शक्तिकेन्द्रसँग निकट नभएका अधिकृत छुट्ने सम्भावना छ।आठ जनाको रिक्त दरबन्दीमा २०५३ र २०५१ सालको टोलीका एसएसपीहरू समावेश गर्दा ठूलो समस्या थिएन। तर, २०५४ र २०५५ सालमा भर्ना भएको टोलीका एसएसपीहरूले बढुवामा दबाब बढाएपछि बढुवा पेचिलो बनेको हो।२०५४ सालको ब्याचका एसएसपी ईश्वर कार्की, राजेन्द्रप्रसाद भट्ट, दिनेश आचार्य, अरूण पौडेल र गोविन्द थपलियाले राजनीतिक शक्तिकेन्द्रमा दबाब बढाएका छन्।

 

 

 

यो टोलीबाट ईश्वर कार्की प्रधानमन्त्रीनिकट, भट्ट गृहमन्त्रीनिकट, आचार्य प्रधानमन्त्री र प्रहरी महानिरीक्षक कुँवर दुबैतिर निकट छन्। उनीहरूको चर्को दबाबपछि बढुवा रोकिएर दरबन्दी थपको गृहकार्य अगाडि बढेको प्रधान कार्यालय स्रोतको भनाइ छ।   २०५४ सालको ब्याचबाट दानबहादुर कार्की, मनोज केसी र राजन अधिकारीलाई यसअघि डिआइजी बनाइसकिएको छ। उनीहरूलाई बढुवा गर्दा ‘मेरिट’लाई बेवास्ता गरिएको थियो।२०५५ सालको ब्याचबाट माधव श्रेष्ठ, दीपेन्द्र जिसी, दीपक रेग्मी, दिलीपसिंह देउवा, विनोद घिमिरे, सुदर्शन कोइराला र दीपक बस्नेत बढुवामा लागिपरेका छन्।

 

 

 

यस्तै, अन्य एसएसपीहरू जयराज सापकोटा, सुरेन्द्रबहादुर गुरुङ, सञ्जीव शर्मा दास र सारदाप्रसाद चौधरी पनि डिआइजी बढुवाका प्रतिस्पर्धी हुन्।पूर्वप्रहरी अधिकारीहरू पटक-पटक दरबन्दी बढाउने वा घटाउने कार्यले संगठनभित्र अविश्वास बढ्ने बताउँछन्। ‘अहिलेको आवश्यकता के हो मलाई थाहा भएन, तर आफ्ना मानिस ल्याउन दरबन्दी बढाउने नभए नगर्ने भन्ने कुराले विभागमा अविश्वास हुन्छ, आफ्ना मानिसलाई ल्याउँछन् भन्ने पर्छ,’ पूर्वडिआइजी हेमन्त मल्ल ठकुरीले भने, ‘आफ्नो मान्छे छैन भने घटाइदिने नभए बढाइदिने भइरहेको छ।’

 

 

 

ठकुरीले १६ जना एआइजी बनाउने र त्यसलाई घटाएर तीन जनामा सीमित गर्ने, फेरि बढाएर आठ जना पुर्‍याउने यी सबै प्रकरणको औचित्य पुष्टि हुनुपर्ने बताए। ‘ओएन्डएम चाहिँ दरबन्दी बढाउन-घटाउन ल्याउने हो,’ उनले भने।तथ्य यो छ कि, भरतपुर शिक्षालय, ट्राफिक र विमानस्थल तीन वटै कार्यालयमा पहिले डिआइजीको दरबन्दी राखिएको थियो। पछि हटाएर एसएसपी कायम गरियो। ‘अहिले चाहिने रहेछ भने पहिले डिआइजी किन हटाएको, अहिले किन आवश्यकता देखेको, औचित्य पुष्टि हुनुपर्छ,’ उनले भने।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

हात्तीको आक्रमणमा एक जनाको मृत्यु

बेलबारी (मोरङ),  बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा ज्यान गएको हो । बिहीबार...

उत्तरी गोरखाका सबै मतपेटिका हेलिकप्टरबाट सदरमुकाम ल्याइयो

गोरखा,  गोरखा क्षेत्र नम्बर १ अन्तर्गत उत्तरी गोरखाको चुमनुब्री गाउँपालिकाका सबै मतपेटिका आज सदरमुकाम ल्याइएको छ ।बिहान नेपाली सेनाको हेलिकप्टरमार्फत बाँकी १४ वटा मतदान केन्द्रको मतपेटिका पनि सदरमुकाम ल्याई पु¥याइएको गोरखाका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिनुभयो ।     चुमनुब्री गाउँपालिका वडा नं २...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएको छ । पहाडी भूभागमा आंशिक बदली...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९