काठमाडौं। नेकपा एसका अध्यक्ष माधबकुमार नेपालले छिमेकीहरूलाइ चिढाएर सम्झौता गर्न नहुने जनाएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको पुर्व प्रधानमन्त्री र परराष्ट्र मन्त्रीहरूको सामुहिक छलफलमा सो कुरा बताएका हुन । ‘कुनै पनि छिमेकी मुलुक प्रयोग गर्न दिनु हुन्न, असंलग्न परराष्ट्र नीति अनुसार समुधुर सबन्ध राख्नु पर्छ, कुनै पनि सम्झौता गर्दा छिमेकी मुलुकको चासो प्रति पनि सम्मान गर्नुपर्छ,’ बैठकमा पुर्व प्रधानमन्त्रीसमेत रहेका नेपालले भने ।
आसन्न चीन भ्रमणको तयारीका बारेमा छलफल गर्नका लागि ओलीले आज बैठक बोलाएका थिए सञ्चारकर्मीसँग पनि छोटो प्रतिक्रिया दिदैँ शान्तिभुमीका देश भएकाले असलंग्न परराष्ट्र नीति अनुसार अघि बढनु पर्नेमा बैठकमा जोड गरेको उनले जानकारी दिएका छन् ।
‘हामीले राष्ट्रहितलाई हेरेर काम गर्नुपर्छ, छिमेकीहरूको मनमा कुनै शंका छ भने त्यसलाई ध्यानमा राख्नुपर्छ, त्यो ख्यालमा राखेर नेपाल असंलग्न परराष्ट्र नीति अविचलित रूपमा उभिन्छ भन्ने सन्देश दिनु पर्छ,’ उनले भने, ‘कुनै पनि छिमेकी मुलुकहरूको विरुद्धमा नेपालको भूमि प्रयोग हुन दिनु हुँदैन ।’































































































































































