नेपालले एआईमा लगानी नगरे पछाडि पर्ने चेतावनी

ललितपुर। भारतका वरिष्ठ एआई विशेषज्ञ कुन्दनाकुमार लालले आर्टिफिसियल इन्टेलिजेन्स (एआई) मा अहिले नै पर्याप्त लगानी नगरे देश धेरै पछाडि पर्ने भएकोले नेपालले एआईमा लगानी गर्न ढिला गर्न नहुने बताएका छन् ।

 

सानेपा ललितपुरस्थित एभरेष्ट इन्जिनियरिङ कलेज र एनडिआरआईको संयुक्त आयोजनामा एभरेष्ट इन्जिनियरिङ कलेजको सभाहलमा भएको कलेजका शिक्षक तथा विद्यार्थीहरूसँगको छलफल कार्यक्रममा भारतको मुम्बईस्थित भिट्टी रिसर्च इन्स्टिच्युटका अध्यक्षसमेत रहेका उनले अहिलेको समय सूचना प्रविधिको युग भएको, मानव जीवनका सबै आयामहरूमा एआईको प्रयोग तीव्र गतिमा बढिरहेकोले यस विषयमा नेपालीहरु गम्भीर हुन सुझाए ।

 

संसारका प्रायः सबै ठूला उद्योगहरू एआईकै माध्यमबाट चुस्त हुँदै गएका छन्, उनले भने, एआईको दौडमा जित्ने देशले संसारलाई नै आफ्नो अधिनमा राख्ने तथ्यलाई मध्यनजर गर्दै अमेरिका र चीनले वार्षिक खर्बौं डलर लगानी गरिराखेका छन् । भारतले एआईमा लगानी बढाउन शुरू गरिसकेकोले नेपाल यस विधामा पछाडि पर्न नहुने जानकारी उनले गराए ।

एभरेष्ट इन्जिनियरिङ कलेजका कम्प्युटर, सफ्टवेयर र सुचना प्रविधिका स्नातक तहका विद्यार्थीहरूलाई लक्षित गर्दै उनले कलेजको पढाइकै क्रममा एआईको सिप विकासमा जोड दिन र अन्तिम वर्षको फाइनल प्रोजेक्टमा एआईलाई समाहित गर्न सुझाव दिए । एआईको तीव्र विकासको तीन मुल चरणहरू रहेको र हाल भारत र नेपाल जस्ता देशहरू एआई विकासको प्रारम्भिक चरणमै रहेको तथ्यमाथि प्रकास पारेका छन् । उनले अमेरिका र चीन एआई विकासको मध्यम चरणमा लागिरहेको जानकारी पनि गराए ।

 

एआई प्रयोगको लागि भौतिक तथा मानव संसाधनको पर्याप्त पूर्वाधारहरू नभएका देशहरूमा विदेशी लगानी आउने संभावना न्युन हुँदै गइरहेकाले सरकारले भौतिक पूर्वाधारको विकासमा तथा एभरेष्ट इन्जिनियरिङ कलेज जस्ता संस्थाहरूले एआई प्रयोग गर्न सक्षम मानव संसाधनको विकासमा जोड दिनुपर्ने धारणा उनले राखे ।

 

एभरेष्ट इन्जिनियरिङ कलेजले स्नातकोत्तर तहमा पनि कम्प्युटर इन्जिनियरिङको अध्यापन गरिरहेकाले यस कलेजबाट अध्ययन सकाएका छानिएका विद्यार्थीहरूलाई मुम्बईको कम्पनीहरूमा इन्टर्नसिपको सम्भावना उच्च रहेको जानकारी पनि उनले बताए । कार्यक्रम एभरेष्ट इन्जिनियरिङ कलेजका रिसर्च कमिटीका अध्यक्ष प्रा.डा. हरिकृष्ण श्रेष्ठको अध्यक्षतामा सञ्चालन भएको थियो । कलेजका प्रमुख कार्यकारी अधिकृत अरुणकुमार भण्डारी र प्राचार्य विरोध रिजालले कुन्दनाकुमार लाल तथा एनडिआरआईका वरिष्ठ शोध विशेषज्ञ प्रा.डा. नवराज खतिवडालाई मायाको चिनो प्रदान गरेका थिए । कार्यक्रम सञ्चालन एनडिआरआईका सञ्चार अधिकारी आष्मा अर्यालले गरेकी थिइन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

भान्साबाट व्यवसायसम्म : जानकी रावत थापाको आत्मनिर्भर यात्रा

लम्की, सेलरोटी चाडपर्वका बेला पश्चिम नेपालका प्रायः हरेक भान्सामा पाक्ने परम्परागत पकवान हो । चाडपर्वमा छोरीचेली र आफन्त परिवारबीच आपसी मायाप्रेम साटासाट गर्ने सुन्दर माध्यम पनि हो, सेलरोटी । आजभोलि भने यो कसैका लागि आर्थिक रूपमा नियमित आम्दानीको स्रोतसमेत बन्दै आएको छ ।   यस्तै उदाहरण हुन्...

कानुनबमोजिम खर्च विवरण पेस गर्ने उम्मेदवार कालोसूचीमा नरहने आयोगद्वारा स्पष्ट

काठमाडौँ,  निर्वाचन आयोगले विगतका निर्वाचनमा उम्मेदवार रही कानुनबमोजिम खर्च विवरण पेस र सार्वजनिक गर्ने उम्मेदवार कालोसूचीमा नरहने स्पष्ट गरेको छ । खर्चको विवरण बुझाउने उम्मेवारको पनि कालोसूचीमा नाम कायम रहेको भनी प्रकाशित समाचारबारे आज आयोगले स्पष्ट गरेको हो । विसं २०७९ को प्रतिनिधिसभा सदस्य तथा...

म्याग्दीमा सुन्तला उत्पादनको क्षेत्रफल र मूल्य बढ्यो, उत्पादकत्व घट्यो

म्याग्दी, यहाँको प्रमुख नगदे फलफूल बालीका रूपमा रहेको सुन्तलाको यस वर्ष उत्पादन घटेको छ । सुन्तलाखेती हुने जमिनको क्षेत्रफल र मूल्य बढे पनि उत्पादकत्वमा कमी आएको हो । जिल्लास्थित कृषि विकास कार्यालयका अनुसार गत वर्षको तुलनामा पाँच दशमलव ५६ प्रतिशतले उत्पादन घटेको छ ।...

युक्रेनको नयाँ शान्ति प्रस्तावमा रूसको असहमति

किएभ,  युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आइतबार अमेरिकाको फ्लोरिडा राज्यमा राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्ने तयारी गर्नुभएको छ । यसअघि रूसले युक्रेनी राष्ट्रपति र युरोपेली सङ्घ (ईयु) का सहयोगीहरूलाई अमेरिकी मध्यस्थतामा तयार भएको शान्ति योजनामा अवरोध पु¥याउने प्रयास गरेको आरोप लगाएको छ ।   उक्त भेटमा नयाँ...

ऐतिहासिक सिन्धुलीगढीले पर्यटकको मन लोभ्याउँदै

सिन्धुली,  ऐतिहासिक तथा प्राकृतिक सुन्दरताले भरिपूर्ण सिन्धुलीगढीमा पछिल्लो समय पर्यटकको चहलपहल उल्लेख्य रूपमा बढ्दै गएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत सिन्धुलीगढीको पुनर्निर्माण तथा युद्ध सङ्ग्रहालय निर्माण सम्पन्न भएसँगै यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढेको हो ।   सदरमुकाम सिन्धुलीमाढी तथा खुर्कोट बजारबाट करिब २० किलोमिटरको...

तमु ल्होछारको अवसरमा प्रदेश प्रमुख भट्टद्वारा शुभकामना

पोखरा । तमु (गुरुङ) जातिले आज नयाँ वर्ष तथा सर्प वर्ग (सप्ह्री ल्हो) को अन्त्य भएर घोडा वर्ग (त ल्हो) को आरम्भ भएको अवसरमा धुमधामका साथ मनाउँदै गरेको तमु ल्होछार/ल्होसारको अवसरमा गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले शुभकामना व्यक्त गर्नुभएको छ ।   प्रदेश प्रमुख भट्टले नेपालको...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

भान्साबाट व्यवसायसम्म : जानकी रावत थापाको आत्मनिर्भर यात्रा

लम्की, सेलरोटी चाडपर्वका बेला पश्चिम नेपालका प्रायः हरेक भान्सामा पाक्ने परम्परागत पकवान हो । चाडपर्वमा छोरीचेली र आफन्त परिवारबीच आपसी मायाप्रेम साटासाट गर्ने सुन्दर माध्यम पनि हो, सेलरोटी । आजभोलि भने यो कसैका लागि आर्थिक रूपमा नियमित आम्दानीको स्रोतसमेत बन्दै आएको छ ।   यस्तै उदाहरण हुन्...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

चिसो बढेपछि सुनसरीका विद्यालयमा बिदा

धरान (सुनसरी), सुनसरीमा शितलहरका कारण चिसो बढेपछि विद्यालयको पठनपाठन प्रभावित भएको छ । शितलहरको प्रभाव बढ्दै गएपछि सुनसरीका सबै स्थानीय तहले सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएका छन् । स्थानीय तहले यही पुस १६ गतेदेखि १८ गतेसम्म विद्यालयमा बिदा दिएका छन् ।   इटहरी उपमहानगरपालिकाले मीन...

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य : बेवास्ताले बढ्दै जोखिम

काठमाडौँ,   गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्राथमिकता दिइँदा यससँग जोडिएको मानसिक स्वास्थ्य भने ओझेलमा पर्दै आएको छ ।   सामाजिक धारणा, स्रोतसाधनको अभाव र जानकारीको कमीका कारण गर्भवती तथा सुत्केरीले...

विश्वकपको ट्रफी नेपालमा ल्याइने

काठमाडौँ,  भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुने आइसिसी पुरुष टि–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुने भएको छ । आगामी आगामी फेब्रुअरी ७ तारिखदेखि सञ्चालन हुने विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा हुने तय भएको नेपाल...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९