काठमाडौं । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठक आज सकिने भएको छ । माधवकुमार नेपाल नेतृत्वको नेकपा एसको २६ मंसीर देखी जारी बैठकमा धारणा राख्ने र जबाफ दिने क्रम सकिए पनि नेताहरूको कार्यबिभाजन देखी अन्य बिषय टुंग्याउनु पर्ने भएकाले आजसम्म जारी राखिएको हो । आजको बैठकमा भरत श्रेष्ठ, प्रमेश हमाल, धर्मनाथप्रसाद साह, महासचिव घनश्याम भुसाल र अध्यक्ष माधवकुमार नेपालले धारणा राख्ने स्थायी समिति सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए । साथै, अध्यक्ष नेपालले स्थायी समिति सदस्यहरूले राखेको प्रश्नको जवाफ दिने र नेताहरूको कार्यबिभाजन तय गरिने भएको छ। आजको बैठकमा कार्ययोजना तथा पदाधिकारी तथा केन्द्रीय सदस्यको कार्यविभाजन पहिलो सूचीमा राखिएको छ भने आन्दोलनसम्बन्धी एजेण्डामा छलफल गरिने भएको छ ।आजको बैठकमा विधान संशोधनको काम पनि सकिने गरी गृह कार्य भएको नेताहरूले बताएका छन् । बैठक पार्टीको केन्द्रीय कार्यालय आलोकनगर बस्नेछ ।
































































































































































