रौतहट । मलखाद सिंचाई लगायत किसानहरुको विभिन्न समस्या समाधानको लागि अखिल नेपाल किसान महासंघ ९क्रान्तिकारी० ले रौतहटका सिडियो तीन वटै सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।
किसान महासंघ (क्रान्तिकारी) का जिल्ला इन्चार्ज एवं केन्द्रीय स्थायी समिति सदस्य रामविनय कुमार यादवको नेतृत्वमा गएको टोलीले सिडियो हिरालाल रेग्मीमार्फत नेपाल सरकार, स्थानीय र प्रदेश सरकारको गम्भीर ध्यानाकषर्ण गराउन १८ बुन्दे ज्ञापन पत्र बुझाएको हो।
कृषि प्रधान देश नेपालको आर्थिक विकासमा कृषकको सर्वाधिक योगदान रहेको र देशको आर्थिक सामाजिक शान्ति सुव्यवस्था समेतमा किसानको सहभागिता छ तर किसानको उचित मूल्याँकन सहित कृषी पेशालाई मर्यादित एवं विकासमुलक बनाई देशको सर्वागिण विकासलाई प्राथमिकता दिनुपर्ने ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
खेती किसानी गर्ने किसानलाई पेशाबाट उठिवास बनाई अपहेलित बनाई, कृषक लाई तिरष्कार भईरहेको अवस्थामा पेशाबाट पलायन हुनबाट रोक्न सम्बध निकायको ध्यानाकर्षण गराउन ज्ञापन पत्र बुझाउन बाध्य भएको जिल्ला इन्चार्ज यादवले बताएका छन्।
सरल तथा शुलभ दररेटमा मलको नियमित आपूर्ती व्यवस्था मिलाउनुपर्ने, कृषि सामग्री संस्थान÷साल्टट्रेडिंग कर्पोरेशन तथा स्थानीय सरकारको समन्वयमा उचित दरमा विक्री वितरण गर्नुपर्ने, स्थानीय पसलमा प्रति बोरा ३५०० मा विक्री गर्ने विचौलिया वा दोषि संघ संस्थाको अनुमति खारे गर्नुपर्ने, किसानको बालीमा, बदेल, हात्ती निलगाई घोडसमया आदी बन्य जन्तुबाट हुने क्षतिको नियन्त्रण गर्नुपर्ने लगायत माग रहेको १८ बुंदे माग राखेर ज्ञापन पत्रमा उल्लेख गरिएको छ।
ज्ञापन पत्र सम्बन्धमा यथासिघ्र सम्बोधन नभएमा किसानहरु चरणबद्ध आन्दोलनमा होमिन बाध्य हुने जिल्ला अध्यक्ष भगतनारायण यादवले चेतावनी दिएका छन्।ज्ञापन पत्र बुझाउने टोलीमा जिल्ला अध्यक्ष भगतनारायण यादव, केन्द्रीय सदस्य हिरा थापा र जिल्ला सचिव नरेन्द्र झा लगायतको सहभागिता रहेको थियो।
































































































































































