काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कको आवासीय राजदूतमा सुम्निमा तुलाधर नियुक्त गरेका छन । मन्त्रिपपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले आइतबार उनलाई आवासीय राजदूत नियुक्त गरेका हुन्। संविधानको धारा २८२ को उपधारा (१) बमोजिम सरकारको सिफारिसमा उनलाई राजदूत नियुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।
































































































































































