इजरायली हवाइ हमलावाट बालाबाल बचे डब्लुएचओ प्रमुख, तीनको मृत्यु

काठमाडौ‌। इजरायली हवाई हमलाको क्रममा विश्व स्वास्थ्य संगठनका प्रमुख बालाबाला बाँचेका छन्  । संयुक्त राष्ट्र संघका अन्य कर्मचारीसहित यमनको जुन अन्तर्राष्ट्रिय विमानस्थलमा डब्लु एच ओ प्रमुख रहेका थिए, त्यही बिमानस्थलमा इजरायलले हवाइ हमला गरेको थियो । आफ्नो सोशल मिडिया पोस्टमा डब्ल्यूएचओका महानिर्देशक टेड्रोस अधानोम गेब्रेयससले भने कि उनी र कर्मचारी विमानमा चढ्न लागेका थिए, जब एयरपोर्ट हवाई बमबारीमा पर्यो।

 

 

 

‘हाम्रो विमानका चालक दलका एक सदस्य घाइते भएका छन्,’ उनले लेखेका छन्, ‘एयरपोर्टमा दुई जनाको मृत्यु भएको छ।’सो बमवारीले पावर स्टेशन र एअरपाेर्टमा असर गरेको छ  ।  हुथीद्वारा सञ्चालित मिडियाका अनुसार कम्तिमा तीन जनाको मृत्यु भएको छ र एक दर्जन भन्दा बढी घाइते भएका छन्। इजरायलले आक्रमणको जिम्मेवारी लिए पछि इरान समर्थित विद्रोही समूहले आक्रमणलाई बर्बर भनेका छन्।

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१