काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समितिको विस्तारित बैठक बोलाएको छ । आज बसेको केन्द्रिय सचिवालयको बैठकले आगामी पुस १९, २० र २१ गतेका लागि केन्द्रिय समितिको बिस्तारित बैठक बोलाएको हो । कार्यबहाक प्रवक्ता मनिष झाका अनुसार आजको बैठकमा कार्यवाहक सभापति डोल प्रसाद अर्याल र उपसभापति डा. स्वर्णिम वाग्लेले समसमायिक राजनीतिक परिस्थितिबारे समीक्षा प्रस्तुत गरेका थिए भने कावा महामन्त्री कवीन्द्र बुर्लाकोटीले ६० जिल्लामा भेला सम्पन्न भएको विवरण पेश गरेका छन । 
































































































































































