कर आतंक बन्द गर्न माग गर्दै आजपाको काठमाडौंमा प्रदर्शन

काठमाडौं। आम जनता पार्टी (आजपा)ले सरकारको मनोमानी कर आतंकका बिरुद्ध आज काठमाडौंमा सरकार बिरुद्ध प्रदर्शन गरेको छ ।काठमाडौंको कमलादी स्थित नेपाल प्रज्ञा प्रतिष्ठानबाट सुरु भएको विरोध प्रदर्शन रत्नपार्क हुदै पुन कमलादीमै पुगेर सम्पन्न भएको हो । कर आतंक बन्द गर, लुटेरा सरकार मुर्दाबाद, दलाल दलतन्त्र मुर्दाबाद, आम जनता जिन्दाबाद, तेस्रो जनआन्देलन सफल पारौं, जनता लुट्न पाईदैन, भ्रष्ट सरकार चाहिँदैन, राष्ट्रिय स्वाधिनताको रक्षा गर, भगौडा विदेशिको अवैध सम्पति जफ्त गर, ठग मेनपावरलाई कारबाही गर, अबैध ऐजेन्टलाई गिरफ्तार गर, लुटकारी भन्सार नीति खारेज गर जस्ता नारा प्रदर्शनकारीले लगाएका छन् ।

 

 

यस्तै शैक्षिक विभेद बन्द गर, लैङ्गिक हिंसा अन्त्य गर, बैङ्किङ् लुट बन्द गर, लघुवित्त तथा सहकारी पीडितलाई न्याय दे, कबाड व्यवसायीहरुको सुरक्षा गर, अदालतको आदेश पालना गर, कबाड आन्दोलन जिन्दाबाद, सुकुम्बासी तथा फुटपात व्यवसायीको रक्षा गर, हाम्रो संघर्ष जारी छ, धोखेबाज नेताहरु भोट फिर्ता गर, जनताको सर्वोच्चता स्थापित गर, आम जनता पार्टी जिन्दाबाद, दोस्रो स्थापना दिवस सफल पारौं लगायतका नारा लगाउँदै उनीहरुले प्रदर्शन गरेका हुन् । आजपाले पार्टीको दोस्रो स्थापना दिवसका साथै आन्दोलनको कार्यक्रम संगसंगै अगाडी बढाएको हो । दलाल दलतन्त्र बिरुद्ध तेस्रो जनआन्दोलनको संकल्प सहित आजपाले दोस्रो स्थापना दिवस काठमाडौं उपत्यका विशेष कमिटीको आयोजनामा भव्यरुपमा आज मनाउँदै छ ।

 

 

केन्द्र, प्रदेश र स्थानीय तहसहितका ७६१ सरकारले लिईरहेको मनोमानी कर अन्त्य गर्नुपर्ने माग गर्दै आजपाले काठमाडौंमा विरोध प्रदर्शन गरेको हो ।सरकारको मनोमानी करले नेपालको उधोग, व्यवसाय धरासायी बन्दै गईरहेको निष्कर्ष निकाल्दै आजपाले कर आतंक बन्द गर्नुपर्ने माग गर्दै आएको छ । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले समृद्ध नेपाल निर्माण गर्नका लागि सरकारपिच्छे मनोमानी कर आतंक बन्द गर्नुपर्ने बताए ।

 

‘मुलुकको उधोग, व्यापार धरासायी बन्दै गईरहेको छ । सरकारले जसरी पनि कर असुल्ने नीति लिएको छ । उधोग व्यापार धवस्त हुदैगईरहेको भए पनि सरकारलाई केवल कर कसरी असुल्नेमा मात्रै ध्यान छ’, आजपा अध्यक्ष साहले भने, ‘सरकार पिच्छे पाईलापाईलामा कर लिने तर सेवा नदिने । कर लिने तर सोही अनुसारको सुविधान नदिने । केवल कर कसरी लिने भन्नेमा मात्रै सरकारको ध्यान छ ।’

 

 

नेपाल भन्दा ठुलो भुगोल, जनसंख्या भएको मुलुक भारत र चीनमा कर थोरै भएको र त्यहाँको सरकारले उधोगी व्यापारीलाई सेवा पनि बढी दिईरहेको उनले बताए । तर नेपालमा करमाथि कर लिने र उधोगी व्यापारीको ढाँड सेक्ने काम सरकारले गरिरहेको आरोप उनले लगाए । ‘भारतमा १४ शिर्षमा कर लिईन्छ । तर नेपालमा ४० भन्दा बढी शिर्षकमा सरकारले कर लिईरहेको छ । अरु देशभन्दा नेपालमा करको दर, दायारा, शिर्षक, तह र सरकार बढी छ । नेपालमा ७६१ वटा सरकारले मनोमानी र पाईलापिच्छे कर असुली रहेको छ । त्यसको विरोधमा हामी सडकमा उत्रिनुपरेको छ’ आजपा अध्यक्ष साहले भने ।

 

 

सर्वसधारणदेखी उधोगी व्यापारीले जताततै पाईला पिच्छे नै कर तिर्दातिदै निराश भएको बताउदै उनले व्यवासाय गर्ने वातावरण सरकारले गिजोलिदिएको आरोप लगाए । मुलुकको ढुकुटी सिध्याएको सरकारले विदेशीबाट ऋण लिएर नेपाली जनताको टाउकोमा ऋणको भारी बोकाएको बताए ।

 

 

मुलुकमा भ्रष्टाचार, अनियमितत बढदै गईरहेको र बिकास कार्य अवरुद्ध भएको बताउँदै उनले दलाल दलतन्त्र, सरकारको मनोमानी कर आतंक बिरुद्ध आजपाले आन्दोलन गर्दै आएको छ । आजपाले विगतदेखी नै भ्रष्टाचार, अनियमितता, सरकारको मनोमानी कर आतंक, दलाल दलतन्त्र, वैदेशिक रोजगारमा देखिएको ठगीधन्दा, भन्सार कानूनमा भएको लुटतन्त्रको बिरुद्धमा आवाज उठाउँदै सडक संघर्ष गर्दै आएको छ ।

 

 

आईतबार नै कवाड व्यवासायीहरुले काठमाडौं महानगर कार्यालय समेत घेराउ गर्ने कार्यक्रम रहेको छ । काठमाडौं महानगरका मेयर बालेन शाहले कवाड व्यवासायीलाई कानून विपरित दुख दिईरहेकाले कवाड व्यवसायीले महानगर घेराउ गर्न लागेका हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

हात्तीको आक्रमणमा एक जनाको मृत्यु

बेलबारी (मोरङ),  बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा ज्यान गएको हो । बिहीबार...

महोत्तरीमा मतदानमा महिला सहभागिता बढी

महोत्तरी,  बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा जिल्लाबाट मतदान गर्ने महिलाको सङ्ख्या बढी देखिएको छ । महोत्तरीमा पुरुषभन्दा ३९ हजार ८९ मतदाता कम भए पनि महिलाको सहभागिता बढी देखिएको हो ।   पुरुषभन्दा १३ हजार ५४५ बढी महिलाले मतदान गरेका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएको छ । पहाडी भूभागमा आंशिक बदली...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९