काठमाडौं। बामदेव गौतम आलोकनगरस्थित नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पुगेका छन् ।नेकपा बिभाजन पछि अलग बस्दै आएका गौतम पछिल्लो समयमा नेकपा एसमा प्रवेश गर्ने चर्चा परिचर्चाको बिचमा आलोकनगरस्थित नेकपा एसको कार्यालय पुगेका हुन् ।सो क्रममा आलोकनगरमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल र नेता गौतमबिच भेटवार्तासमेत भएको छ।पछिल्लो समय पार्टी एकताका सन्दर्भमा दुई नेताबिच वार्ता चलिरहेको छ तर टुंगोमा पुगिसकेको भने छैन ।

























































































































































