काठमाडौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ३३ अंकले घटेको छ । जसअनुसार २६१३ बिन्दुमा सुरु भएको बजार लगातार घटेर २५७६ बिन्दुमा ओर्लिएको हो । मंगलबार कुल २१३ कम्पनीको मूल्य घटेको छ । २८ कम्पनीको मूल्य सामान्य अंकले मात्रै बढेको छ । तीन कम्पनीको मूल्य भने स्थिर रह्यो । मंगलबार ३०८ वटा कम्पनीको १ करोड ३१ लाख ७४ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसबाट ५ अर्ब ६७ करोड ४६ लाख मूल्यको सेयर कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।
पाटन (ललितपुर), देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार...

























































































































































