काठमाडौं । नेपाल प्रहरीका पूर्वप्रमुख सर्वेन्द्र खनालले नेकपा एमाले छाडेको घोषणा गरेका छन् ।सामाजिक सञ्जाल फेसबुकमार्फत खनालले आफू अब कुनै दलसँग आबद्ध नरहेको जानकारी दिदैँ एमालेमासमेत नरहेको घोषणा गरेका हुन् ।‘हजुरहरूलाई मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन, उनले फेसबुुकमा लेखेका छन्, ञराष्ट्रघाती दोषीहरूलाई कानूनी कठघरामा पुर्याउन र हाम्रो राष्ट्रलाई महान् बनाउन मेरो सम्पूर्ण प्रयास जारी रहनेछ । देश र जनताको हितका लागि सधैँ लडिरहनेछु ।’पुर्व प्रमुख खनाल एमालेमा प्रवेश गरे पछि उनलाई २(२ पटक टिकट दिईएको थियो । काठमाडौं(६ र तनहुँ बाट टिकट दिए पनि उनी दुबैस्थानवाट पराजित भएका थिए ।
काठमाडौँ, किरात धर्मावलम्बीका महागुरु फाल्गुनन्दको १४१औँ जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । विसं १९४२ कात्तिक २५ गते इलाममा सामान्य परिवारमा फाल्गुनन्दको जन्म भएको थियो । किरात, भाषा, लिपि, संस्कार, संस्कृति एवं समाज सुधारमा उहाँको महत्वपूर्ण योगदान रहेको छ । समाज सुधारका लागि...























































































































































