काठमाडौं। नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आजबाट सुरू भएकाे छ ।स्मार्ट दरबार ब्याङ्केट, धुम्बाराहीमा सुरू भएकाे केन्द्रिय समिति बैठकमा पुर्व उपराष्ट्रपति नन्दकिशाेर पुन पनि उपस्थित भएका छन । केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन ।सो अघि बिहान ८ः०० बजे स्थायी कमिटी बैठक बसेर केन्द्रिय समितिका अजेन्डा र बैठक सञ्चालन बिधि तय गरेकाे थियाे ।






























































































































































