काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठकमा छलफल सुरू भएको छ ।हिजोबाट स्मार्ट दरबार ब्याङ्केट धुम्बाराहीमा सुरू भएको केन्द्रिय समिति बैठक आजबाट अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको राजनीतिक प्रतिबेदन माथी छलफल सुरू भएको हो ।केन्द्रिय समिति बैठकमा अध्यक्ष प्रचण्डले ‘पार्टी रुपान्तरण र पुनर्निर्माणको संकल्प आजको आवश्यकता’ शिर्षकको राजनीतिक प्रतिवेदन पेश गरेका छन ।सो अघि बिहान ८ः०० बजे स्थायी कमिटी बैठक बसेर केन्द्रिय समितिका अजेन्डा र बैठक सञ्चालन बिधि तय गरेको थियो । आजवाट केन्द्रिय सदस्यहरूले धारणा राख्ने क्रम सुरू हुनेछ । बैठकको प्रारम्भमा अध्यक्ष प्रचण्डले संक्षिप्त धारणा राखेपछि राजनीतिक प्रस्तावमा छलफल सुरु भएको उनको सचिवालयले जनाएको छ ।






























































































































































