विराटनगर । सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेलका पूर्वस्वकीय सचिव अनिल कुमार पोखरेल ५ दिन हिरासतमा बस्ने भएका छन् । जिल्ला अदालत मोरङले उनलाइ पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न जिल्ला प्रहरी, कार्यालय माेरङलाइ अनुमति दिएको हो ।एमबीबीएस परीक्षा पास गराई दिन भन्दै पैसा लिएको र ठगी गरी आपराधिक लाभ लिएको मुद्दामा आजै पोखरेल पक्राउ परेको थिए । जिल्ला प्रहरी कार्यालय, मोरङले अदालतमा लगे पछि उनलाइ हिरासतमा नै राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । नेकपा एमालेका मोरङ जिल्ला सदस्य समेत रहेका अनिलले एमबिबिएसमा नाम निकाल्ने भनेर ३८ लाख ८० हजार रुपैयाँ ठगी गरेको आरोप पछि सभापति पोखरेलले उनलाइ जिम्मेवारीवाट बर्खास्तसमेत गरेका थिए ।पोखरेलले एमबीबीएसमा नाम निकालिदिने भनी सप्तरीका बौवालाल चौधरीसँग ३८ लाख ८० हजार रुपैयाँ लिएको जाहेरी परेपछि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो। उन त्यसपछि फरार रहदैँ आएका थिए ।





























































































































































