धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको शुक्रबारदेखि सुरु बैठक धनगढीमा जारी रहेको छ। बैठक आइतबारसम्म चल्ने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रणबहादुर चन्दले बताए। माघदेखि एमालेले थाल्ने तीनमहिने अभियानलगायत समसामयिक विषयमा बैठकमा छलफल भइरहेको छ।यो एमाले सुदूरपश्चिम प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठक हो।
कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नं ४ नौनियामा १ दिने निशुल्क पशु स्वास्थ्य शिविर तथा खोप कार्यक्रम सम्पन्न भएको छ। बर्दगोरिया गाउँपालिकाको पशु सेवा शाखा र भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, धनगढीको संयुक्त आयोजनामा भएको उक्त कार्यक्रम गाउँपालिका अध्यक्ष कर्णबहादुर...























































































































































