धनगढी । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको शुक्रबारदेखि सुरु बैठक धनगढीमा जारी रहेको छ। बैठक आइतबारसम्म चल्ने नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सचिव रणबहादुर चन्दले बताए। माघदेखि एमालेले थाल्ने तीनमहिने अभियानलगायत समसामयिक विषयमा बैठकमा छलफल भइरहेको छ।यो एमाले सुदूरपश्चिम प्रदेश कमिटीको पाँचौँ पूर्ण बैठक हो।
पाटन (ललितपुर), देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार...

























































































































































