गौरवको योजनामा कमसल सामाग्री प्रयोग, कालोपत्र गरेको १५ दिनमै चर्कियो सडक

सिरहा। सिरहाको कमला देखि सप्तरीको कञ्चनपुर सम्म निमार्ण भईरहेको पूर्व पश्चिम लोकमार्गको ४ लेन सडकमा कमअसल निर्माण सामाग्री प्रयोग गरीरहेको पाईएको छ ।पूर्व पश्चिम लोकमार्गको ४ लेन सडक निर्माण गर्न ठेक्का लिएका चाइना रेल्वे नं २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेडले प्राविधिकहरुकै मिलोमतोमा सडक निर्माण कार्र्यमा कमअसल सामाग्री प्रयोग गरीरहेको पाईएको हो।

 

चाइना रेल्वे नं २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेडले सडकमा प्रयोग गरीने सव वेस (ग्राभेल)को लागी स्थानिय कमलामाई सप्लायर्ससंग सम्झौता गरी सडकमा हाल्न लिएको (ग्राभेल) गुणस्तरहिन रहेको प्राविधिकहरुलेनै बताउँछन्।

 

कमलामाई सप्लायर्सले गत वर्ष गागन नदीको किनारमा भण्डारणगरि राखेको ग्राभेल प्रयोगशालामा परीक्षणको लागी लग्दाँ प्राविधिकहरुले गुणस्तरीयहिन रहेको रिपोर्ट दिएको थियो । रातो माटो , बालुवा र गिटीको सन्तुलित समिश्रण नभएको भनेर  ग्राभेल अस्वीकृत गरिएको थियो । पछि कमलामाई सप्लयर्सका सञ्चालक बेचन शर्माले प्रयोगशाला परीक्षक तथा कन्सलटेन्ट इन्जिनियरहरुलाई आर्थिक प्रलोभनमा पारी सोही ग्राभेल पुनः परीक्षण गरी पास गराएका छन्।

 

कमलामाई सप्लायर्सले गत आर्थिक वर्ष २०८०÷०८१ मा २२ हजार घनमिटर ग्राभेल गोलबजार नगरपालिका वडा नं. १ बलडाडा गाउँ छेउछाउबाट उत्खनन् गरी गागन नदी किनारमा भण्डारण गरेर राखेको थियो । सडक निर्माण कम्पनीसंग कमलामाई सप्लायर्सले धनगढीमाई नगरपालिकाबाट उत्खनन् गरेर ग्राभेल सप्लाई गर्ने सम्झौता गरेपनि प्राविधिकहरुकै साँठगाँठमा गोलबजार नगरपालिका वडा नं. १ बलडाडाबाट उत्खनन् गरेर ग्राभेल दिएको जनाइएको छ। यहाँको ग्राभेलमा रातो माटो , बालुवा र गिटीको मिश्रणमा सन्तुलन मिलेको छैन र सस्तो भाउमा उत्खनन् गरिएको थियो ।  बलडाडा गाउँबाट उत्खनन् गरिएको ग्राभेल गुणस्तरीय नभएको कारण गत वर्ष स्थानीय तहहरुले पनि उक्त ग्राभेल खरिद गरेको थिएन । स्थानीय तहरुले पनि अस्वीकृत गरेको ग्राभेल अहिले राष्ट्रिय गौरवको योजना पूर्व पश्चिम लोकमार्ग निर्माणमा प्रविधिकहरुकै आर्थिक सेटिङमा प्रयोग भइरहेको नाम उल्लेख नगर्ने शर्तमा सडक निर्माण कम्पनीका एक कर्मचारीले बताए। उनले भने, ‘कमलामाई सप्लायर्सबाट खरिद गरिएको गुणस्तरहीन ग्राभेल धनगढीमाई नगरपालिका वडा नं. ८ र ९ मा पर्ने कसहा खोलादेखि पूर्वको सडक खण्डमा र गोलबजार नगरपालिका वडा नंं ३ र ४ मा पर्ने सातपत्रे नदीदेखि पश्चिमको सडक खण्डमा सव वेसमा ओछ्याइएको छ । गागन खोलामा डम्पिङगरी राखिएको गुणस्तरहीन ग्राभेलहरु प्रयोग गरेकै कारण सडक कालोपत्र भएको महिनापनि नवितिदै भत्किने गरेको छ।’

 

गोलबजार नगरपालिका २ का दिनेश यादव भन्छन् ‘म इन्जिनियर होइन’ तर नाङ्गो आँखाले देखिन्छ यहाँ हालिएको ग्राभेलमा माटो मात्र छ । यहाँ उच्च गुणस्तरको पहेँलपुर ग्राभेल हाल्नु पर्ने हो तर ठूलो बेइमानी गरिएको छ । नियामक निकाय मौन छ । पक्कै ठूलो रकमको चलखेल भएको छ । यादवले तत्कालै यो सव वेसमा हालिएको ग्राभेलको जाँच गरी कमअसल सव वेस हटाउन र दोषीहरु उपर कारवाही गर्न माग गरेका छन् । यादवले सडक निर्माण प्रकृयामा कम असल सामाग्री प्रयोग भएकोतर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिदा पनि सुनुवाइ नगरिएको सुनाए।’

 

यता, धनगढीमाई नगरपालिकाका इन्जिनियर सम्भु यादव भन्छन् , ग्राभेलको  कम्प्याक्सन (भार वहन क्षमता ) मापन गरिन्छ । रातो माटो , बालुवा र गिटीको सन्तुलित समिश्रण भएको ग्राभेल हुनुपर्छ । मात्रा मिलेको छैन भने त्यसलाई सव वेसमा हाल्न मिल्दैन । कालोपत्रे भासिन्छ , धाजा फाटेर फुट्छ वा चर्किन्छ ।’

 

कमसल निर्माण सामाग्री सप्लाई गरिएको बारे कमलामाई सप्लायर्सका सञ्चालक बेचन शर्मासँग प्रश्न गर्दा उनले पहिलो परीक्षणमा असफल भएको स्वीकार गरे । तर पछि माटो मिसाएर परीक्षण गर्दा पास भएकोले ग्राभेल सप्लाई गरेको बताए । उनले भने, ‘भण्डारण गरेर राखिएको ग्राभेलमा वर्षाले गर्दा माटो पखालिएको थियो । माटो मिसाए पछि गुणस्तर कायम भयो।’
निर्माण सामाग्रीको गुणस्तर परीक्षण गर्ने सडक निर्माणसँग सम्बन्धित नेपाल सरकारका अधिकारी ईश्वरी प्रसाद अमगाईँसँग यस विषयमा जिज्ञाशा राख्दा उनले पनि पहिलो परीक्षणमा ग्राभेल असफल र अस्वीकृत भएको स्वीकार गरे । तर पछि अपुग पदार्थ मिसाएर परीक्षण गर्दा पास भएको स्वीकारेका छन्।

 

निर्माण सामाग्री कमसल प्रयोग गरिएकै कारण  ठाउँ ठाउँमा कालोपत्रे उप्किन थालेको छ । कम्तिमा १२ वर्षसम्म नभत्किने ग्यारेण्टी भनिएको सडक कालोपत्रे गरिएको १५ दिनमै धाँजा फाट्न थालेपछि स्थानीयहरुले दुःखेसो पोखेका छन्। चाइनिज कम्पनीले निर्माण गरेको कालोपत्रे सडकमा धाँजा फाट्ने मात्र नभई खण्ड खण्डमा कैयौं किलोमिटरमा जोल्डिङ्ग (बम्पिङ्ग) हुन थालेको छ ।
धनगढीमाई नगरपालिका वडा नं १ मुसहर्निया गाउँ क्षेत्रमा कालोपत्रे गरिएको एक साता भित्रै धाँजा फाटेको देखियो । कन्सलट्यान्ट कार्यालय लहान र आयोजना निर्देशनालय मिर्चैयाले रिपोर्ट गरेपछि चाइनिज कम्पनीले धाँजा फाटेको स्थानमा कालोपत्रे काटेर पुनर्निर्माण ग¥यो तर तीन पटक मर्मत गर्दा पनि सो स्थानमा पुन कालोपत्रे चर्किएको स्थानियहरु बताउँछन्।

 

त्यसैगरी २७ नं कलभर्टदेखि जिरोमाइलसम्म गरिएको कालोपत्रे सडकमा बम्पिङ्ग ( जोल्डिङ्ग ) देखिएको छ । स्थानीय पत्रकार आशिष विश्वकर्मा भन्छन् , सो क्षेत्रमा गाडी चलाउँदा ग्राभेल सडक जस्तै जोल्डिङ्ग हुन्छ । अन्तर्राष्ट्रिय मान्यता अनुसार कालोपत्रे सडकमा ३ एमएम भन्दा बढी बम्पिङ्ग हुन हुँदैन । तर जिरोमाइल सडकको नयाँ कालोपत्रेमा १५ देखि २० एमएमसम्मको बम्पिङ्ग छ।’ त्यसैगरी मिर्चैया नगरपालिका र कर्जन्हा नगरपालिका क्षेत्रमा पनि ठाउँ ठाउँमा सडकमा धाँजा फाटेको स्थानियहरुले गुनासो गरपनि सम्वन्धित निकाय मौन बनेका छन्। कालोपत्रे निर्माण गरेको एक साता भित्रै सडक चकिर्न थालेको स्थानियहरुको भनाई छ।

 

एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारले निर्माण गर्न लागेको सडक चाइना रेल्वे नं २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेडले कञ्चनपुर –कमला सडक खण्ड ४७.४ किलोमिटर लम्बाईको कुल १६ अर्व ७७ करोड रुपैयाँमा ठेक्का कवोल गरेको छ। चाइना कम्पनीले नेपाल सरकारसँग २५ जुन २०२० मा सम्झौता गरेको थियो । २८ अक्टुवर २०२३ मा सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेर सडक नेपाल सरकारलाई हस्तान्तर गर्ने सर्त भए पनि चाइना कम्पनीले तोकिएको मितिमा काम सम्पन्न गर्न सकेन । त्यसपछि २७ डिसेम्वर २०२४ सम्मका लागि पहिलो पटक म्याद थप गरिए पनि हालसम्म मात्र ५५ प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको आयोजना निर्देशनालय मिर्चैयाले जानाएको छ । अहिलेकै गतिमा काम भइरहेमा अबको ५ वर्षमा पनि काम सम्पन्न नहुने स्थानियहरु बताउँछन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

अन्तर्वार्ता : हिउँजस्तै हिमाली संस्कृति पनि विलिन हुँदैछ : चलचित्र निर्देशक एरिक

काठमाडौँ,  फ्रान्सका प्रसिद्ध फोटोग्राफर तथा चलचित्र निर्देशक एरिक भ्याली विशेषगरी नेपालको हिमाली क्षेत्रका समुदायहरूको जीवनशैली र प्रकृतिसँगको सम्बन्ध चित्रण गर्ने कार्यका लागि ख्यातिप्राप्त हुनुहुन्छ । सन् १९५२ मा फ्रान्समा जन्मिनुभएका उहाँले सन् १९८० को दशकदेखि दक्षिण एसियामा विशेष गरी नेपालमा निरन्तर काम गर्दै आउनुभएको...

माओवादी र एकीकृत समाजवादीसहित दश वामशक्तिबीच एकता घोषणा

काठमाडौँ,  नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) र नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)सहित विभिन्न दश वामपन्थी पार्टीबीच एकता घोषणा भएको छ । भृकुटीमण्डपमा आज आयोजित विशेष समारोहमा माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)लगायत...

सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ, स्थानीय बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा रू एक हजार एक सय र चाँदी तोलामा रू २५ ले घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला रू दुई लाख ३७ हजार २०० र चाँदी प्रतितोला रू दुई हजार...

चीनद्वारा अमेरिकी सामानमा थप शुल्क स्थगित

बेइजिङ, चिनियाँ राष्ट्रपति सी जिनपिङ र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत हप्ताको भेटवार्तामा भएको सम्झौतालाई औपचारिक रूप दिँदै चीनले अमेरिकी सामानमा लगाइने अतिरिक्त शुल्क एक वर्षका लागि स्थगित गर्ने निर्णय गरेको छ । यससँगै विश्वका दुई ठूला अर्थतन्त्रबीचको नाजुक व्यापार युद्धविराम आगामी वर्षसम्म कायम...

सहकारीको रकम हिनामिना गरेको आरोपमा सात जना पक्राउ

गण्डकी, कास्कीस्थित पोखरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको बचत रकम हिनामिना गरेको आरोपमा प्रहरीले सहकारी सञ्चालक समितिका अध्यक्ष सुरेन्द्रबहादुर गोदारसहित सात जनालाई आज नियन्त्रणमा लिएको छ । अध्यक्ष गोदार, सचिव दिलबहादुर केसी, कोषाध्यक्ष हिरामणी दाहाल, सदस्य दोर्जे तामाङ, व्यवस्थापक भीष्मप्रसाद गुरुङ, बजार प्रमुख वेदीप्रसाद...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

आइसिसी विश्वकप क्रिकेट लिग–२ : युएईविरुद्ध नेपालले ब्याटिङ गर्दै

काठमाडौँ,  आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्ध एकदिवसीय शृङ्खालको अन्तिम खेलमा नेपालले पहिला ब्याटिङ गर्ने भएको छ ।दुबईस्थित आइसिसी एकेडेमीमा भर्खरै भएको टसमा युएईका कप्तान आलिशान शराफुले टस जितेर पहिला फिल्डिङ रोजेका छन् । यसँसगै नेपालले पहिला ब्याटिङको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९