गौरवको योजनामा कमसल सामाग्री प्रयोग, कालोपत्र गरेको १५ दिनमै चर्कियो सडक

सिरहा। सिरहाको कमला देखि सप्तरीको कञ्चनपुर सम्म निमार्ण भईरहेको पूर्व पश्चिम लोकमार्गको ४ लेन सडकमा कमअसल निर्माण सामाग्री प्रयोग गरीरहेको पाईएको छ ।पूर्व पश्चिम लोकमार्गको ४ लेन सडक निर्माण गर्न ठेक्का लिएका चाइना रेल्वे नं २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेडले प्राविधिकहरुकै मिलोमतोमा सडक निर्माण कार्र्यमा कमअसल सामाग्री प्रयोग गरीरहेको पाईएको हो।

 

चाइना रेल्वे नं २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेडले सडकमा प्रयोग गरीने सव वेस (ग्राभेल)को लागी स्थानिय कमलामाई सप्लायर्ससंग सम्झौता गरी सडकमा हाल्न लिएको (ग्राभेल) गुणस्तरहिन रहेको प्राविधिकहरुलेनै बताउँछन्।

 

कमलामाई सप्लायर्सले गत वर्ष गागन नदीको किनारमा भण्डारणगरि राखेको ग्राभेल प्रयोगशालामा परीक्षणको लागी लग्दाँ प्राविधिकहरुले गुणस्तरीयहिन रहेको रिपोर्ट दिएको थियो । रातो माटो , बालुवा र गिटीको सन्तुलित समिश्रण नभएको भनेर  ग्राभेल अस्वीकृत गरिएको थियो । पछि कमलामाई सप्लयर्सका सञ्चालक बेचन शर्माले प्रयोगशाला परीक्षक तथा कन्सलटेन्ट इन्जिनियरहरुलाई आर्थिक प्रलोभनमा पारी सोही ग्राभेल पुनः परीक्षण गरी पास गराएका छन्।

 

कमलामाई सप्लायर्सले गत आर्थिक वर्ष २०८०÷०८१ मा २२ हजार घनमिटर ग्राभेल गोलबजार नगरपालिका वडा नं. १ बलडाडा गाउँ छेउछाउबाट उत्खनन् गरी गागन नदी किनारमा भण्डारण गरेर राखेको थियो । सडक निर्माण कम्पनीसंग कमलामाई सप्लायर्सले धनगढीमाई नगरपालिकाबाट उत्खनन् गरेर ग्राभेल सप्लाई गर्ने सम्झौता गरेपनि प्राविधिकहरुकै साँठगाँठमा गोलबजार नगरपालिका वडा नं. १ बलडाडाबाट उत्खनन् गरेर ग्राभेल दिएको जनाइएको छ। यहाँको ग्राभेलमा रातो माटो , बालुवा र गिटीको मिश्रणमा सन्तुलन मिलेको छैन र सस्तो भाउमा उत्खनन् गरिएको थियो ।  बलडाडा गाउँबाट उत्खनन् गरिएको ग्राभेल गुणस्तरीय नभएको कारण गत वर्ष स्थानीय तहहरुले पनि उक्त ग्राभेल खरिद गरेको थिएन । स्थानीय तहरुले पनि अस्वीकृत गरेको ग्राभेल अहिले राष्ट्रिय गौरवको योजना पूर्व पश्चिम लोकमार्ग निर्माणमा प्रविधिकहरुकै आर्थिक सेटिङमा प्रयोग भइरहेको नाम उल्लेख नगर्ने शर्तमा सडक निर्माण कम्पनीका एक कर्मचारीले बताए। उनले भने, ‘कमलामाई सप्लायर्सबाट खरिद गरिएको गुणस्तरहीन ग्राभेल धनगढीमाई नगरपालिका वडा नं. ८ र ९ मा पर्ने कसहा खोलादेखि पूर्वको सडक खण्डमा र गोलबजार नगरपालिका वडा नंं ३ र ४ मा पर्ने सातपत्रे नदीदेखि पश्चिमको सडक खण्डमा सव वेसमा ओछ्याइएको छ । गागन खोलामा डम्पिङगरी राखिएको गुणस्तरहीन ग्राभेलहरु प्रयोग गरेकै कारण सडक कालोपत्र भएको महिनापनि नवितिदै भत्किने गरेको छ।’

 

गोलबजार नगरपालिका २ का दिनेश यादव भन्छन् ‘म इन्जिनियर होइन’ तर नाङ्गो आँखाले देखिन्छ यहाँ हालिएको ग्राभेलमा माटो मात्र छ । यहाँ उच्च गुणस्तरको पहेँलपुर ग्राभेल हाल्नु पर्ने हो तर ठूलो बेइमानी गरिएको छ । नियामक निकाय मौन छ । पक्कै ठूलो रकमको चलखेल भएको छ । यादवले तत्कालै यो सव वेसमा हालिएको ग्राभेलको जाँच गरी कमअसल सव वेस हटाउन र दोषीहरु उपर कारवाही गर्न माग गरेका छन् । यादवले सडक निर्माण प्रकृयामा कम असल सामाग्री प्रयोग भएकोतर्फ अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिदा पनि सुनुवाइ नगरिएको सुनाए।’

 

यता, धनगढीमाई नगरपालिकाका इन्जिनियर सम्भु यादव भन्छन् , ग्राभेलको  कम्प्याक्सन (भार वहन क्षमता ) मापन गरिन्छ । रातो माटो , बालुवा र गिटीको सन्तुलित समिश्रण भएको ग्राभेल हुनुपर्छ । मात्रा मिलेको छैन भने त्यसलाई सव वेसमा हाल्न मिल्दैन । कालोपत्रे भासिन्छ , धाजा फाटेर फुट्छ वा चर्किन्छ ।’

 

कमसल निर्माण सामाग्री सप्लाई गरिएको बारे कमलामाई सप्लायर्सका सञ्चालक बेचन शर्मासँग प्रश्न गर्दा उनले पहिलो परीक्षणमा असफल भएको स्वीकार गरे । तर पछि माटो मिसाएर परीक्षण गर्दा पास भएकोले ग्राभेल सप्लाई गरेको बताए । उनले भने, ‘भण्डारण गरेर राखिएको ग्राभेलमा वर्षाले गर्दा माटो पखालिएको थियो । माटो मिसाए पछि गुणस्तर कायम भयो।’
निर्माण सामाग्रीको गुणस्तर परीक्षण गर्ने सडक निर्माणसँग सम्बन्धित नेपाल सरकारका अधिकारी ईश्वरी प्रसाद अमगाईँसँग यस विषयमा जिज्ञाशा राख्दा उनले पनि पहिलो परीक्षणमा ग्राभेल असफल र अस्वीकृत भएको स्वीकार गरे । तर पछि अपुग पदार्थ मिसाएर परीक्षण गर्दा पास भएको स्वीकारेका छन्।

 

निर्माण सामाग्री कमसल प्रयोग गरिएकै कारण  ठाउँ ठाउँमा कालोपत्रे उप्किन थालेको छ । कम्तिमा १२ वर्षसम्म नभत्किने ग्यारेण्टी भनिएको सडक कालोपत्रे गरिएको १५ दिनमै धाँजा फाट्न थालेपछि स्थानीयहरुले दुःखेसो पोखेका छन्। चाइनिज कम्पनीले निर्माण गरेको कालोपत्रे सडकमा धाँजा फाट्ने मात्र नभई खण्ड खण्डमा कैयौं किलोमिटरमा जोल्डिङ्ग (बम्पिङ्ग) हुन थालेको छ ।
धनगढीमाई नगरपालिका वडा नं १ मुसहर्निया गाउँ क्षेत्रमा कालोपत्रे गरिएको एक साता भित्रै धाँजा फाटेको देखियो । कन्सलट्यान्ट कार्यालय लहान र आयोजना निर्देशनालय मिर्चैयाले रिपोर्ट गरेपछि चाइनिज कम्पनीले धाँजा फाटेको स्थानमा कालोपत्रे काटेर पुनर्निर्माण ग¥यो तर तीन पटक मर्मत गर्दा पनि सो स्थानमा पुन कालोपत्रे चर्किएको स्थानियहरु बताउँछन्।

 

त्यसैगरी २७ नं कलभर्टदेखि जिरोमाइलसम्म गरिएको कालोपत्रे सडकमा बम्पिङ्ग ( जोल्डिङ्ग ) देखिएको छ । स्थानीय पत्रकार आशिष विश्वकर्मा भन्छन् , सो क्षेत्रमा गाडी चलाउँदा ग्राभेल सडक जस्तै जोल्डिङ्ग हुन्छ । अन्तर्राष्ट्रिय मान्यता अनुसार कालोपत्रे सडकमा ३ एमएम भन्दा बढी बम्पिङ्ग हुन हुँदैन । तर जिरोमाइल सडकको नयाँ कालोपत्रेमा १५ देखि २० एमएमसम्मको बम्पिङ्ग छ।’ त्यसैगरी मिर्चैया नगरपालिका र कर्जन्हा नगरपालिका क्षेत्रमा पनि ठाउँ ठाउँमा सडकमा धाँजा फाटेको स्थानियहरुले गुनासो गरपनि सम्वन्धित निकाय मौन बनेका छन्। कालोपत्रे निर्माण गरेको एक साता भित्रै सडक चकिर्न थालेको स्थानियहरुको भनाई छ।

 

एसियाली विकास बैंकको ऋण सहयोगमा नेपाल सरकारले निर्माण गर्न लागेको सडक चाइना रेल्वे नं २ इन्जिनियरिङ्ग ग्रुप कम्पनी लिमिटेडले कञ्चनपुर –कमला सडक खण्ड ४७.४ किलोमिटर लम्बाईको कुल १६ अर्व ७७ करोड रुपैयाँमा ठेक्का कवोल गरेको छ। चाइना कम्पनीले नेपाल सरकारसँग २५ जुन २०२० मा सम्झौता गरेको थियो । २८ अक्टुवर २०२३ मा सम्पूर्ण निर्माण कार्य सम्पन्न गरेर सडक नेपाल सरकारलाई हस्तान्तर गर्ने सर्त भए पनि चाइना कम्पनीले तोकिएको मितिमा काम सम्पन्न गर्न सकेन । त्यसपछि २७ डिसेम्वर २०२४ सम्मका लागि पहिलो पटक म्याद थप गरिए पनि हालसम्म मात्र ५५ प्रतिशत मात्र निर्माण कार्य सम्पन्न भएको आयोजना निर्देशनालय मिर्चैयाले जानाएको छ । अहिलेकै गतिमा काम भइरहेमा अबको ५ वर्षमा पनि काम सम्पन्न नहुने स्थानियहरु बताउँछन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशका विभिन्न भागमा बदली, वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, हाल देशमा पश्चिमी न्यून चापीय प्रणाली तथा स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखा ले जनाएको छ । कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै गण्डकी र लुम्बिनी प्रदेशका पहाडी तथा हिमाली भागमा साधारणतया बादल लागेको छ भने अन्य प्रदेशका हिमाली क्षेत्रमा पनि बदली भएको...

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौँ,  नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।पार्टी केन्द्रीय कार्यालय वीपी स्मृति भवन सानेपा ललितपुरमा आज दिउँसो १ बजे बस्ने बैठकमा सभापति गगनकुमार थापाले दिएको राजीनामा, आगामी नियमित महाधिवेशन, निर्वाचनको समीक्षा र भावी रणनीतिलगायतका विषयमा छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका कार्यवाहक...

सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर

काठमाडौँ, स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु सात हजार ८०० र चाँदी रु ११५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९४ हजार ५०० र त्यति नै परिमाणको...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

सिकारीको गोली लाग्दा घाँस काट्न गएकी महिला गम्भीर

त्रिशूली (नुवाकोट),  नुुवाकोटको शिवपुरी गाउँपालिका–३ दियालेमा सिकारीले हानेको गोली लागेर घाँस काट्न गएकी एक महिला गम्भीर घाइते हुनुभएको छ ।स्थानीय ४१ वर्षीय कान्छिमाया तामाङलाई बिहीबार अपरान्ह सिकारीले हानेको गोली छातीमा लाग्दा उहाँको अबस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विपिन रेग्मीले जानकारी दिनुभयो...

अस्पतालजन्य हानिकारक फोहर व्यवस्थापन गर्न रु दुई करोड अनुदान

काठमाडौँ, काठमाडौँ महानगरपालिकाले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालमा हानिकारक अस्पतालजन्य फोहर व्यवस्थापन प्लान्ट स्थापना गर्न रु दुई करोड अनुदान प्रदान गर्ने भएको छ । यसका लागि कामपाले आज प्रसूति तथा स्त्रीरोग अस्पतालबीच सहकार्य सम्झौता गरेको छ ।   आज कार्यवाहक प्रमुख सुनिता डङ्गोल र प्रमुख प्रशासकीय...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

ग्लोबल आइएमई लघुवित्तद्वारा बर्दगोरियामा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कैलाली— ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले ‘ग्लोबल मनी वीक–२०२६’ को अवसरमा कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका–१, बौनिया बजारस्थित फ्रेन्ड कटेज होटलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। “Smart Money Talks” भन्ने मूल नारासहित आयोजित उक्त कार्यक्रम केन्द्र नम्बर ०२५ की सदस्य सुबित्रा रोका मगरको...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

कर्णालीबाट ३८ हजार विद्यार्थी एसइईमा सहभागी हुँदै

कर्णाली, यही चैत १९ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा २०८२ मा कर्णाली प्रदेशबाट ३८ हजार विद्यार्थी सहभागी हुने भएका छन् ।कर्णाली प्रदेशका १० जिल्लाका १६१ परीक्षा केन्द्रबाट नियमिततर्फ ३२ हजार २५५ र ग्रेड वृद्धितर्फ छ हजार १२४ गरी जम्मा ३८ हजार ३७९ विद्यार्थी...

बीस हजार विद्यार्थीको नेत्र परीक्षण गर्दै

काठमाडौँ,  काठमाडौँ महानगरपालिका र नेपाल आँखा अस्पतालबीच काठमाडौँ उपत्यकाका २० हजार विद्यार्थीको आँखा परीक्षण गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।महानगर स्वास्थ्य विभागका प्रमुख दीपककुमार केसी र अस्पतालका प्रमुख कार्यकारी अधिकृत धर्मराज गोसाईंले सम्झौतापत्रमा बिहीबार यहाँ आयोजित एक कार्यक्रममा सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको हो ।       सम्झौताअनुसार महानगरले...

उसु टोली चीन जाने

काठमाडौँ,  दसौँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन छ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।यही चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९