अनेरा स्ववियु क्रान्तिकारीका सचिव प्रत्याशी भन्छन्- कमजोर विद्यार्थी आन्दोलन सशक्त तुल्याउन मेरो उम्मेदवारी

धनगढी । नेकपा माओवादी केन्द्र निकट अनेरा स्ववियु (क्रान्तिकारी)को २३औं सम्मेलनबाट नयाँ नेतृत्वको लागि माघ १२ गते निर्वाचन हुँदै छ। निर्वाचन नजिकिएसँगै नेतृत्वका आकांक्षी युवा नेताहरूको दौडधुप तीव्र बढिरहेको छ। क्रान्तिकारीको भावी अध्यक्षका लागि चुनावी प्रतिस्पर्धामा ६ जना देखिएका छन्। उपदेश यादव, विजयप्रकाश शर्मा सापकोटा, हेमन्त राई, सुदिन पौडेल, योगेन्द्र बुढा र विश्वमणि थापाले अध्यक्षको दौडमा देखिएका हुन्।

 

यहीबीच अन्य पदका प्रत्याशीले पनि आफ्नो दौडधुप बढाएका छन्। डोटीका प्रकाश जैसी सचिव पदका प्रत्याशी हुन्। उनले आज धनगढीमा पत्रकार सम्मेलन गर्दै आफ्ना एजेन्डा अगाडि सारेका छन्। यस निर्वाचनबाट शिक्षा क्षेत्रको सुधार र विद्यार्थीहरूको हकहितमा थप काम गर्न आफूले सचिवमा उम्मेदवारी दिएको जैसीले बताए। ‘विद्यार्थी आन्दोलन पछिल्लो समय कमजोर बन्दै गएको छ। नेताहरू विद्यार्थीका समस्याप्रति त्यति गम्भीर देखिनु हुन्न। विद्यार्थी आन्दोलनलाई पहिलेकै गतिमा उभ्याउनु हाम्रासामू प्रमुख चुनौतीका रूपमा छ। यसलाई ऊर्जाशील तुल्याउन मैले सचिवको दाबी गरेको हुँ। पदाधिकारीमा रहेर देशभरका विद्यार्थीको हितमा काम गर्न सकिने विश्वास ममा छ,’ उनले भने।

 

उनले शिक्षा र स्वास्थ्य सबैका निम्ति निःशुल्क हुनुपर्ने र त्यसलाई विद्यार्थी आन्दोलनका माध्यमबाट सरकारलाई सशक्त दबाब दिइने बताए। ‘एक दशकभित्र हामीले स्वास्थ्य र शिक्षालाई पूर्णरूपमा निःशुल्क गर्न सक्नुपर्छ। नत्र शैक्षिक, सामाजिक, आर्थिक, सांस्कृतिक र राजनीतिक रूपान्तरण सम्भव हुँदैन,’ उनले भने। उनले अहिले बाहिर जाने युवा जनशक्ति पनि ठूलो रहेकाले त्यसलाई रोक्न सक्नुपर्ने बताएका छन्। आफ्नो देशको दक्ष जनशक्तिको क्षमता देश निर्माणमै खर्चिनुपर्ने उनको धारणा छ।

 

युवालाई विदेश पठाउने नभई युवाले उत्पादन गरेका बस्तु निर्यात गरेर देशले आम्दानी गर्न सक्नुपर्ने जैसी बताउँछन्। ‘म डोटीमा जन्मिएको मान्छे। मैले यहाँ बसेर जतिसुकै कुरा गरेर पनि हुँदैन। परिवर्तनका लागि मूल धारको राजनीतिमा आउनैपर्छ। त्यसैले मेरो उम्मेदवारी सचिवमा हो। अपेक्षा छ, सबैको साथ पाउने छु,’ उनले भने। उनले आफूले आफू सधैँ विद्यार्थीको माझमा रहने प्रतिबद्धतासमेत जनाएका छन्। डोटीको केआईसिंह गाउँपालिका-६ फलेडीमा घर भएका जैसी २०६९ सालदेखि विद्यार्थी राजनीतिमा सक्रिय छन्। उनी अखिल क्रान्तिकारीको २०६९ सालमा गाउँकै देवस्थल माविमा अध्यक्ष भएका थिए।

 

त्यस यता उनी २०७१ सालमा दिल्पेस्वर उच्च माविमा इकाई कमिटी अध्यक्ष भए। २०७१ सालकै ५औं जिल्ला सम्मेलनबाट जिल्ला कमिटी निर्वाचित भएका थिए। २०७३ सालमा भएको स्ववियु निर्वाचनमा उनी डोटी बहुमुखी क्याम्पसमा सहसचिवमा विजयी भए। त्यसपछि एमालेसँग पार्टी एकता विद्यार्थीको डोटी जिल्ला कार्यालय सदस्य भएर उनले काम गरेका छन्। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विगठन गरेपछि आन्दोलनलाई गति दिन प्रकाशलाई अखिल डोटीको सहसंयोजकको जिम्मेवारी दिइएको थियो।

 

२०७७ सालमा उनी अखिलको जिल्ला संयोजक भएका थिए। जिल्लाका सबै क्याम्पस र विद्यालयमा इकाई कमिटी गठन गर्दै उनले संगठनलाई गति दिएका थिए। उनको सक्रियताले ७औं जिल्ला सम्मेलनबाट उनी सर्वसम्मत अखिलको जिल्ला अध्यक्षमा चयन भएका थिए। उनकै नेतृत्वमा ८औं जिल्ला सम्मेलन भएकोमा उनी हाल केन्द्रीय सदस्य छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तराईमा हुस्सुको प्रभाव, उच्च पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना

पाटन (ललितपुर),  देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहेकाले तराई भू–भागका अधिकांश स्थानहरूमा आज दिउँसो हुस्सु तथा कुहिरो लाग्ने छ भने केही प्रदेशमा आंशिक बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।   अहिले तराईका अधिकांश स्थानहरू हुस्सुले ढाकिएका छन् । महाशाखाका अनुसार...

तत्कालीन गृहमन्त्री लेखकको भ्रमण फुकुवा

काठमाडौँ,  गत भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा गरेको छ । आयोगको आजको बैठकले पूर्वगृहमन्त्री लेखकको विदेश भ्रमणमा रोक्का लगाउने र स्वीकृति बेगर काठमाडौँ उपत्यका छाड्न नपाउने व्यवस्था फुकुवा गरेको शाखा अधिकृत रेशम बुढा क्षेत्रीले जानकारी...

धवलागिरी अस्पताल भवन : तीन पटक म्याद थप गर्दा आधा काम

म्याग्दी,  तेस्रो पटक थपिएको समयअवधि पूरा हुन करिब छ महिना बाँकी रहँदा यहाँस्थित धवलागिरी गाउँपालिका–७ ताकममा निर्माणाधीन पालिका स्तरीय अस्पताल भवनको भौतिक प्रगति ६० प्रतिशत छ ।तीन वर्षअघि सम्पन्न हुनुपर्ने पाँच श्यया क्षमताको अस्पताल भवन निर्माणको बाँकी छ महिनामा ४० प्रतिशत काम सम्पन्न गर्न...

नयाँ वर्ष सन् २०२६ सुरु

काठमाडौँ,  ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा...

सही तथ्याङ्कले योजना तर्जुमा गर्न सहयोग पुग्छ’

लेखनाथ (कास्की),  गण्डकी प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा कृष्णचन्द्र देवकोटाले सही तथ्याङ्क सङ्कलन गर्न सकिएमा योजना तर्जुमा गर्न सहयोग पुग्ने बताउनुभएको छ । तथ्याङ्क दिवस, २०८२ को अवसरमा तथ्याङ्क समन्वय कार्यालय पोखराद्वारा आज आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष देवकोटाले व्यक्तिगत सूचना सङ्कलनबाट...

आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस

काठमाडौँ,  विभिन्न युवा संस्थाको आयोजनामा आज १३औँ राष्ट्रिय पोसाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । ‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ विगत १३ वर्षदेखि युवाले यो दिवस मनाउन थालेका हुन् । नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

निर्वाचन ६८ दिन बाँकी: प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने यी हुन् अस्थायी मतदाता

काठमाडौँ, आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ । आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

भान्साबाट व्यवसायसम्म : जानकी रावत थापाको आत्मनिर्भर यात्रा

लम्की, सेलरोटी चाडपर्वका बेला पश्चिम नेपालका प्रायः हरेक भान्सामा पाक्ने परम्परागत पकवान हो । चाडपर्वमा छोरीचेली र आफन्त परिवारबीच आपसी मायाप्रेम साटासाट गर्ने सुन्दर माध्यम पनि हो, सेलरोटी । आजभोलि भने यो कसैका लागि आर्थिक रूपमा नियमित आम्दानीको स्रोतसमेत बन्दै आएको छ ।   यस्तै उदाहरण हुन्...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ब्रिटिश कलेजद्वारा पत्रकारमाथि दुर्व्यवहार

काठमाडौ, थापाथलीस्थित द ब्रिटिश कलेजले पत्रकारलाई दुव्र्यवहार गरेको जनाउँदै नेपाल पत्रकार महासङ्घअन्तर्गत स्वतन्त्र समाचार सेवा (प्रतिष्ठान शाखा)ले आपत्ति जनाएको छ ।‘विद्यार्थीबाट चर्को शुल्क लिएर दुबईमा कामदारका रूपमा पठाएको’ भन्ने विषयमा समाचार सङ्कलनका लागि पुगेका ‘नेपाल लिड डटकम’का संवाददाता समीर जोशी र क्यामेरापर्सन अमृत भट्टलाई...

गर्भावस्था र सुत्केरीमा मानसिक स्वास्थ्य : बेवास्ताले बढ्दै जोखिम

काठमाडौँ,   गर्भावस्था र सुत्केरी अवस्था महिलाका लागि जीवनको सबैभन्दा संवेदनशील चरणमध्ये एक हो । तर स्वास्थ्य सेवामा अझै पनि शारीरिक पक्षलाई मात्र प्राथमिकता दिइँदा यससँग जोडिएको मानसिक स्वास्थ्य भने ओझेलमा पर्दै आएको छ ।   सामाजिक धारणा, स्रोतसाधनको अभाव र जानकारीको कमीका कारण गर्भवती तथा सुत्केरीले...

विश्वकपको ट्रफी नेपालमा ल्याइने

काठमाडौँ,  भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुने आइसिसी पुरुष टि–२० विश्वकप २०२६ को ट्रफी टुर कार्यक्रम नेपालमा पनि हुने भएको छ । आगामी आगामी फेब्रुअरी ७ तारिखदेखि सञ्चालन हुने विश्वकप क्रिकेट प्रतियोगिताको ट्रफी जनवरी ५ देखि ७ तारिखसम्म नेपालमा हुने तय भएको नेपाल...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९