काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।नेकपा एमाले संसदीय दलको बैठक अघि प्रधानमन्त्री ओलीले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक आह्वान गरेका हुन् ।बैठकमा सरकारका नियमित काम कारबाही र सदनमा प्रस्तुत गर्ने विधेयकका विषयमा छलफल हुने बताइएको छ ।आजै एमाले संसदीय दलको बैठक दिउँसो १ बजे बस्नेछ ।
धनगढी । कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–१ स्थित चाँदनी गैरीशंकर सामुदायिक वन क्षेत्र नजिक जोगबुढा नदीमा फसेको बाघको बच्चा (डमरू)को उद्धार नहुँदा मृत्यु भएको छ। नदीको हिलो र पानीमा फसेको अवस्थामा बुधबार बिहान करिब दुई महिनाको डमरू फेला परेको थियो। स्थानीयले तत्काल डिभिजन वन कार्यालय कञ्चनपुर...




























































































































































