काठमाडौं । नेकपा माओवादी केन्द्रले संसदीय दलको बैठक आब्हान गरेको छ ।प्रमुख प्रतिपक्ष दल माओवादी केन्द्रले बिहीबार दिउँसो १ बजेका लागि बैठक आब्हान गरेको हो । ण्सो बैठक संसदीय दलको कार्यालय सिंहदरबारमा बस्ने प्रमुख सचेतक हितराज पाण्डेले सञ्चारकर्मीलाइ जानकारी दिए । माघ १८ गते सुरू हुन लागेको संसद्को हिउँदे अधिवेशनको तयारीका लागि सो बैठक बोलाइएको हो ।अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तेरहथुमलगायत पुर्वी पहाडी जिल्लाहरूको दुइ दिने भ्रमणमा रहेकाले संसदको बैठक अघिल्लो दिन दलको बैठक बोलाइएको हो ।

































































































































































