क्रिप्टो करेन्सीको कारोबार गरेर तीन अर्ब ठगी, यी हुन् ‘मास्टर एजेन्ट’

काठमाडौं – अभौतिक मुद्रा (क्रिप्टो करेन्सी) कारोबारमा संलग्न एक गिरोहलाई प्रहरी पक्राउ गरेको छ।  नेपालमा गैरकानुनी रहेको क्रिप्टो कारोबार तथा अनलाइन स्क्याम (ठगी) गरेको गरेको कसुरमा प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट  सात जनालाई पक्राउ गरेको हो।  केन्द्रीय अनुसन्धान ब्युरोका अनुसार पक्राउ पर्नेमा २२ वर्षीय माइकल डंगौरा रहेका छन्। कैलाली बर्दगोरिया गाउँपालिका-६ घर भई हाल बुढानिलकण्ठ नगरपालिका-८ गैरीगाउँ बस्ने डंगौरा गिरोहका ‘मास्टर एजेन्ट’ रहेको ब्युरोका प्रहरी वरिष्ठ उपरीक्षक होविन्द्र बोगटीले बताए।

 

पक्राउ पर्ने अन्यमा कैलाली बर्दगोरिया गाउँपालिका-६ कै २६ वर्षीय अनिल विश्वकर्मा, काठमाडौं बुढानिलकण्ठ नगरपालिका-८ बस्ने २१ वर्षीय पियुष श्रेष्ठ छन्। यसैगरी, दोलखा भीमेश्वर नगरपालिका-४ घर भई काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका-८ बस्ने १९ वर्षीय आश्विन चौलागाईं, रौतहट गौर नगरपालिका-९ घर भई काठमाडौं-३१ नयाँ बानेश्वर बस्ने २२ वर्षीय सत्यमकुमार सहनी, बिहार भारत साहेवगञ्ज घर भई काठमाडौं-२५ बस्ने २७ वर्षीय रोशन कुमार र भारत बिहार पूर्वी चम्पास बस्ने ३६ वर्षीय मुन्ना कुमार रहेका छन्।

 

यो समूहले हालसम्म अभौतिक मुद्राको कारोबार गरेर तीन अर्बभन्दा बढी रकम ठगी गरेको पाइएको बोगटीले बताए। यो रकम डिजिटल फरेन्सिक रिपोर्टको विवरणबाट प्राप्त भएको बोगटी बताउँछन्। पक्राउ परेका व्यक्तिहरूले प्रयोग गरिरहेको दुई थान कम्प्युटर, १३ थान मोबाइल प्रहरीले बरामद गरेको छ। यस्तै, नगद पाँच लाख पचास हजार र विभिन्न व्यक्तिको नाममा जारी भएको बैंकको चेक १९ थान बरामद भएको छ। ‘उनीहरूले विभिन्न व्यक्तिहरूलाई संगठित रुपमा परिचालन गरी ठगी तथा अभौतिक मुद्राको कारोबार गर्ने गरेको पाइएको छ,’ बोगटीले भने।

 

विभिन्न बैंक तथा डिजिटल वालेट प्रयोगकर्ताहरूलाई समूहले झुक्याएर बैंक तथा वालेटहरूको आधिकारिक व्यक्ति भन्ने गरेको थियो।  प्रयोगकर्ताको ओटिपी/पिन माग गरेर अनाधिकृत रुपमा बैंक तथा वालेटहरूमा यो समूहले पहुँच पुर्‍याउँथ्यो। यो समूहले सोसल मिडिया ह्वाट्सएप, टेलिग्राम, फेसबुकहरूमा अनलाइन जब पाइने भन्दै ‘घरमै बसेर धेरै कमाउने सकिने’ भनी विज्ञापन गर्ने गरेको थियो। ‘त्यसरी आकर्षक विज्ञापनहरू विभिन्न लिंकहरूबाट पठाएर साइबर फिसिङ गरी प्रयोगकर्ताहरूको बैंक तथा वालेटहरूमा पहुँच पुर्‍याउने गरेको अनुसन्धानमा खुलेको छ,’ बोगटीले भने, ‘उनीहरूको रकम रकम अन्यत्र खातामा ट्रान्सफर गर्ने गरेको पाइएको छ।’

 

अनलाइन जब भन्दै खोल्न लगाइएका डिजिटल वालेटहरू आफूले प्रयोग गरेर प्रयोग गरेबापत यो समूहले निश्चित रकम नै दिने गरेको अनुसन्धानमा खुलेको छ। ‘यस्ता खाताहरूमा अनलाइन ठगीबाट आर्जित रकम जम्मा गर्ने, क्रिप्टो करेन्सी खरीद-बिक्री गर्ने तथा हुण्डी कारोबार गर्न समेत प्रयोग गर्ने गरेको अनुसन्धानले देखाएको छ,’ उनले भने।  ठगी गर्ने समूहले समानान्तर बैंकिंङ कारोबार गरी मानिसहरूको आवश्यकतानुसार नेपालभित्र र बाहिर डिजिटल/क्रिप्टो करेन्सी, गेम पोइन्ट्स एवम् भौतिक मुद्रासमेत कारोबार गर्ने गरेको खुलेको छ। यस्तै, विदेशमा रहेका नेपालीहरूले पैसा नेपाल पठाउँदा गैरबैंकिङ माध्यमबाट पठाउँदा कर तथा शुल्क तिर्नु नपर्ने र थप रकम समेत फाइदा हुने प्रलोभनमा पारेर समूहका एजेन्टमार्फत् रकम लिने र नेपालमा रहेका नातेदारहरूको खातामा जम्मा गरिदिने गरेको पाइएको छ।

 

पक्राउ परेकाहरूलाई ठगी तथा राष्ट्र बैंकको अभौतिक वस्तुको कारोबार गर्न नमिल्ने कसुरमा अनुसन्धान थालिएको छ। छिमेकी मुलुक भारतलगायत अन्य केही देशमा क्रिप्टो करेन्सीलाई करको दायरामा ल्याएर वैध बनाइएको छ। नेपालमा भने क्रिप्टो करेन्सीलाई गैरकानुनी मानिन्छ। पछिल्लो समय क्रिप्टो करेन्सीबाट अर्बौं रकम विदेशिएको भन्दै राष्ट्र बैंकले यसलाई दायरामा ल्याउनेबारे छलफल चलाएको वर्षौं भयो तर अहिलेसम्म क्रिप्टोबारे कुनै नीति बनिसकेको छैन।  क्रिप्टो अर्थात् गुप्त र करेन्सी अर्थात् मुद्रा हो। शाब्दिक अर्थमा क्रिप्टो करेन्सी भन्नाले विनिमयका माध्यमका रूपमा काम गर्ने संकेताक्षर (कोड वा क्रिप्टोग्राफी) द्वारा सुरक्षित विद्युतीय वा भर्चुअल मुद्रा हो। क्रिप्टोमा जोडिएपछि संकेत पाइने र त्यसैमार्फत् नेपाली रकमलाई डलरमा परिणत गरी कारोबार गरिन्छ। क्रिप्टो करेन्सी गैरकानुनी रहेकाले त्यसबाट कसैलाई फाइदा नै भए पनि उपभोक्ता ठगिने सम्भावना अत्यधिक रहेको प्रहरी बताउँछ।‘एप वा कोइनमार्फत् डलर खरिद गर्न सक्ने र तुरून्तै अर्कोलाई महंगोमा बेच्न सक्ने, कानुनी दायित्व पनि पूरा गर्नु नपर्ने भएकाले धन कमाउने आशमा हिँडेकालाई फाइदा छ,’ बोगटी भन्छन्।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।   अन्नपूर्ण–४ का वडाध्यक्ष...

शान्ति र न्यायको मार्गमा अग्रसर हुनुपर्नेमा नेता रिजालको जोड

काठमाडौँ, नेपाल कम्युनिष्ट पार्टी (एमाले) का केन्द्रीय सदस्य विष्णु रिजालले विश्व व्यवस्था कायम गर्न युद्ध र एकाधिकारको अन्त्य तथा शान्ति र न्यायको मार्गमा सबै अग्रसर हुनुपर्नेमा जोड दिनुभएको छ ।चाइनिज एकेडेमी अफ सोसियल साइन्सेसले मङ्गलबार बेइजिङमा आयोजना गरेको समाजवादी फोरमको १५ औँ विश्व सम्मेलनमा...

कैलालीमा एक सय छपन्न उद्योग थपिए

अत्तरिया(कैलाली), यहाँस्थित घरेलु तथा साना उद्योग कार्यालयमा १५६ नयाँ उद्योग दर्ता भएका छन् । चालु आर्थिक वर्षको तीन महिनामा यी उद्योग थपिएका हुन् ।घरेलु तथा साना उद्योग कार्यालयका अनुसार उक्र अवधिमा ३२ उत्पादनमूलक, ५० कृषिमूलक र ७४ वटा सेवामूलक उद्योग दर्ता भएका हुन् ।     जिल्लामा...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

तनहुँमा कुटपिटबाट एक जनाको मृत्यु

दमौली (तनहुँ), बन्दीपुर गाउँपालिका–५ बाहुनभञ्ज्याङमा कुटपिटबाट एक जनाको मृत्यु भएको छ । प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकका अनुसार ५८ वर्षीय खुसीमान गुरुङको मृत्यु भएको हो ।मादक पदार्थ सेवन गरेका सोही स्थानका ७० वर्षीय खिमबहादुर गुरुङले खुसीमानको टाउकोमा चिर्पट प्रहार गर्दा गम्भीर घाइते हुनुभएका उहाँको...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

आइसिसी विश्वकप क्रिकेट लिग–२ः आज नेपाल र युएई भिड्दै

काठमाडौँ,  आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत आज नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ ।नेपाली समयअनुसार युएईको दुबई अन्तरराष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः१५ बजे हुने स्पर्धामा सात्वना जित हात पार्ने नेपालको लक्ष्य छ ।अमेरिका, नेपाल र युएई सहभागी जारी सिरिजमा यो अन्तिम खेल हो । यसअघि...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९