काठमाडौं – काठमाडौं कमलपोखरीमा ग्यास सिलिन्डर विस्फोट हुँदा १४ जना घाइते भएका छन्।बिहीबार बिहान कमलपोखरीस्थित सानदार म:म पसलमा ग्यास सिलिण्डर विस्फोट भएको हो।विस्फोटमा परी १४ जना घाइते छन्। घाइतेमध्ये ११ जनालाई कीर्तिपुरस्थित बर्न अस्पताल लगिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।अन्य तीन जना अस्पताल लैजानु नपर्ने खालका रहेको परिसरले जनाएको छ।
काठमाडौँ, सरकारले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृतिमा रहेको टोकन प्रणालीको अन्त्य गरी आवेदन दिएको दिनमै स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ । यसअघि टोकन लिएर तोकिएको दिनमा मात्रै स्वीकृति दिने व्यवस्था थियो । आइतबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री दीपककुमार साहको उपस्थितिमा बसेको...
























































































































































