काठमाडौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्म आइपुग्दा न्यादी हाइड्रोपावरले ८६ लाख ५५ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ । गत वर्षको यसैअवधिमा न्यादीले १० करोड ६४ लाख रुपैयाँ नोक्सानी व्यहोरेको थियो । कम्पनीको विद्युत् बिक्रीबाट हुने आम्दानी बढेसँगै यसको नोक्सानी घटेको हो । यसअवधिमा विद्युत् बिक्रीबाट हुने आम्दानी २७.११ प्रतिशतले बढेर ३६ करोड ४८ लाख रुपैयाँ पुगेको छ । गत वर्षको यसैअवधिमा यसले विद्युत् बिक्रीबाट २८ करोड ७० लाख रुपैयाँ आम्दानी गरेको थियो । यता, खुद सञ्चालन नाफा पनि ५०.९६ प्रतिशतले बढेर २० करोड ९३ लाख रुपैयाँ पुगेको छ । पुस मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी १ अर्ब ५० करोड रुपैयाँ छ । प्रतिसेयर आम्दानी ५८ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ ७३ रुपैयाँ ७० पैसा छ ।
जुम्ला, जिल्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका लागि ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायोले जानकारी दिनुभयो । उहाँले चालु आव २०८२/८३ का लागि स्वीकृत ठूला योजनाको...



























































































































































