प्रचण्डले भ्रमको खेती गर्दै देशमा अस्थिरता ल्याउन खोजेका छन् : प्रदीप ज्ञवाली

रौतहट – नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भ्रमको खेती गरेर देशलाई अस्थिरतातर्फ धकेल्न खोजेको आरोप लगाएका छन्। दाहाललाई लक्षित गर्दै उनले विकास हेरेर केही नेतालाई ‘ज्वरो आउने’ गरेको टिप्पणी गरे। रौतहटको मध्यभाग गरुडास्थित मंगलबार ‘दक्षिणपन्थी अवसरवाद र सङ्गठनात्मक अराजकतालाई पराजित गरौं, जबजको मार्गदर्शनमा समाजवादको आधार निर्माण गरौं’ भन्ने मूल नाराका साथ नेकपा एमाले वडाकेन्द्रित तीन महिने अभियान सम्बन्धी अभिमुखीकरण कार्यक्रममा कार्यकर्तालाई सम्बोधन गर्दै मंगलबार ज्ञवालीले यस्तो टिप्पणी गरेका हुन्।

 

नेकपाको दुई तिहाइको सरकार भत्काउनेहरूले अहिले देशलाई अस्थिरतातिर लैजाने प्रयास गरिरहेकोले कांग्रेस पार्टीसँग मिलेर एमालेले स्थायी सरकार बनाएको ज्ञवालीले बताए। प्रचण्डले आफू प्रधानमन्त्री हुँदा देशमा सबै ठिक र सरकार छोडेपछि जनतामाझ अनेक भ्रम पैदा गरिरहेको उनले आरोप लगाएका थिए। ‘प्रचण्डकै अगुवाइमा कोशी प्रदेश नामाकरण गरिएको थियो तर अहिले उनी प्रधानमन्त्री नहुँदा नागरिकलाई जुधाउने काम गरिरहेका छन्,’ उनको तर्क थियो।

 

प्रचण्ड प्रधानमन्त्री हुँदा रास्वापा सभापति रवि लामिछानेको सांसद पद जाँदा उपचुनाव भएको विदितै रहेको भन्दै उनले अहिले प्रचण्ड सहकारी मुद्दामा एमाले-कांग्रेस मिलेर रविलाई फसाउने काम गरेको भनेर उचाल्ने काम गरिरहेको ज्ञवालीले बताएका थिए। ‘नेपालमा ३७ वर्ष एमाले भूमिगत रहेको पार्टी हो। त्यसको आधा अवधि प्रतिपक्षमा रहँदा कुनै फरक पारेन तर अहिले प्रचण्ड सता छोड्नेवितिकै छट्पटाए,’ उनले भने।

 

‘नेपालमा औसतमा १४ महिना मात्र कुनै पनि सरकार चल्ने गरेको छ, भारतमा मोदी तेस्रो पटक प्रधानमन्त्री बनेका छन्, चीनमा लामो समयदेखि एउटै प्रधानमन्त्री छन्, अनि त्यहाँको विकास भएको छ,’ ज्ञवालीले थपे। प्रचण्ड र मधेशवादी पार्टीप्रति आक्रोसित मुद्रामा पेस भएका ज्ञवालीले माओवादीको १० वर्षे द्वन्द्वले देश पछाडि मात्रै गएको नभएर १७ हजार नेपालीको मृत्यु हजारौं घाइते भएको देशको अवस्था सामान्य बनाउन २० वर्ष लागेको बताए।

 

‘निरासाको खेती गर्ने प्रचण्डलाई त्यस्तो भन्ने अधिकार नैतिकता छैन र हाम्रै पालामा देश समृद्ध हुने एमालेको ग्यारेन्टी गरेको छ,’ उनले भने। देशमा जहिले पनि स्थायित्व र अस्थिरता ल्याउनेबीच द्वन्द चलिनैरने भएकाले अहिले भ्रमपूर्ण सूचनाको भरमारमा देश रहेको ज्ञवालीले बताए। कतिपय मिडियाले जानी-जानी तथ्य तोडमरोड गरेर जनतालाई भ्रम छर्ने काम गरेको उनले बताए। उनले नेपाली कांग्रेस र नेकपा एमाले प्रतिस्पर्धीसँगै सहयात्री पनि रहेको विचार राखे। ‘जबऔजब देशमाथि संकट आउँछ तब-तब यी दुई दल एक भएर हातेमालो गरी देश र नेपाली जनतालाई संकटबाट बाहिर ल्याएका छन्,’ उनले भने।

 

कार्यक्रमका प्रमुख अतिथि उपमहा सचिव प्रदीप ज्ञवालीले एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री बनेपछि मुलुकमा विकासले गति लिएको बताए। उनले योभन्दा अझ बढी गर्नुपर्ने र अर्को वर्षसम्म मौलिक रूपमा नेपाल विकासशील राष्ट्रको रूपमा हुने जिकिर गरे। सहकारीको मुद्दामा रास्वापा सभापति रवि लामिछने निर्दोष भए किन डराएको भन्दै सडकमा भीड जम्मा गरेर फैसला नहुने बताए। सहकारीपीडितको रकम फिर्ता गराउन सरकारले कुनै कसर बाँकी नराख्ने चेतावनी दिए।

 

ज्ञवालीले आफूलाई मधेसको मसिहा भन्ने नेता तथा मधेशबादी दलको एजेण्डाभित्र मधेसी जनताको पीडा कहिल्यै पर्न नसकेको दाबी गरे। ज्ञवालीले जसपाको सरकारले ७ वर्ष मधेस प्रदेश सरकारको नेतृत्व गरेको अवधपमा मधेशी जनताको कुनै विकास नभएको बताए। उनले अहिले पनि मधेसमा शिक्षा र साक्षरताका कर्णाली प्रदेशभन्दा पनि पछाडि परेको बताए।

 

उनले मधेसवादी दलका नेताहरूले सधैं मधेसी जनतालाई सत्तामा चढ्ने भर्याङको रुपमा मात्र प्रयोग गरेको बताएका थिए। तुलसीलाल स्मृति भवन गरुडामा भएको कार्यक्रममा एमाले स्थायी कमिटी सदस्य काशीनाथ अधिकारी, पार्टी मधेस इन्चार्ज लीलानाथ श्रेष्ठ, पार्टी जिल्ला इन्चार्ज तथा केन्द्रीय सदस्य अजय गुप्ता, मधेस प्रदेश अध्यक्ष चन्देश्वर मण्डल लगायतले सम्बोधन गरेका थिए।

 

उक्त अवसरमा केन्द्रीय सदस्य उद्धव रेग्मी, कुन्दन कुशवाहा, केन्द्रीय लेखासमिति सदस्य राजकिशोर यादव, जिल्ला अध्यक्ष सच्चिदानन्द साह, पूर्वमन्त्री रेखा झा, प्रदेश सांसद केशव राय चौधरी, जैद राजा, आरती भण्डारीलगायत केन्द्रदेखि वडास्तरका गरी ५०० भन्दा बढी नेता-कार्यकर्ताको सहभागिता रहेको थियो।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला,  जिल्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका लागि ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायोले जानकारी दिनुभयो ।   उहाँले चालु आव २०८२/८३ का लागि स्वीकृत ठूला योजनाको...

लामिछानेको रिटमा महान्यायाधिवक्ताको संशोधित निर्णय झिकाउन आदेश

काठमाडौँ,  सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको छ ।न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आज उक्त आदेश गरेको हो । उक्त विवादमा आइतबारदेखि...

सुनचाँदीकोे मूल्य आज पनि घट्यो

काठमाडौँ, स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु पाँच हजार ४०० र चाँदी रु १४० ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ३०० र त्यति नै परिमाणको सेतो...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

‘पिकअप गाडी’ले साइकलयात्रीलाई ठक्कर दिँदा एकको मृत्यु, एक जना घाइते

इनरुवा (सुनसरी),  सुनसरीरामधुनीनगरपालिका–५ मा सवारी दुर्घटना हँुदा एक जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।मृत्यु हुनेमा रामधुनी–३ का ६२ वर्षीय विष्णुप्रसाद खतिवडा रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक चन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।     नम्बर नखुलेको तरकारी बोकेको पिकअप गाडीले पैदलयात्री...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौ, काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन बनेका छन् । यहाँका कक्षा ४ र ५ का विद्यार्थीहरूको सिर्जनात्मक प्रयासले विद्यालय परिसरमा नयाँ आकर्षण थपिएको हो ।   काठमाडौँ महानगरपालिका र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सहकार्यमा सञ्चालित शिक्षामा सीप कार्यक्रमअन्तर्गत ‘बुक–फ्री फ्राइडे’मा सहभागी विद्यार्थीहरूले विशेष...

जुम्लामा एक हजार २७७ किशोरीलाई एचपिभी खोप दिने

राष्ट्रिय समाचार समिति (रासस) जुम्ला, ५ चैतः जिल्लामा लक्षित समूहका एक हजार २७७ जना किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सर रोकथामका लागि ह्युमन प्यापिलोमा भाइरस (एचपिभी)विरुद्ध खोप दिने तयारी भएको छ । जिल्लास्थित जनस्वास्थ्य सेवा कार्यालयका अनुसार यही चैत ९ र १० गते दुई दिनसम्म जिल्लाभरका...

उसु टोली चीन जाने

काठमाडौँ,  दसौँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन छ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ ।यही चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा लामा, सारा तामाङ, सम्राट थापा र छिरिङ शेर्पाले नेपालको चुनौती प्रस्तुत...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९