काठमाडौं । संघीय संसदका दुइ समितिको बैठक बस्दैँछ । संघीय संसद सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । महिला तथा सामाजिक मामिला समितिमा सिडको आधारभूत सिफारिस नं. ३९ सम्बन्धमा छलफल हुने भएको छ । जुन बैठक अपरान्ह १२ः०० बजे बस्नेछ । उता, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक अपरान्ह १२ः३० बजे बस्नेछ । जुन बैठकमा ूसङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथिको दफावार छलफलले निरन्तरता पाउनेछ ।


































































































































































