मौलापुर मधानी महोत्सवको तयारी तिब्र, बलिउड देखी नेपाली कलाकारको जमघट

रौतहट । रौतहटको मौलापुर नगरपालिकाद्वारा आयोजना गरिएको छैटौं मधानी महोत्सवको तीब्र रुपमा तयारी भईरहेको छ। महोत्सवमा बलिउड देखि नेपाली कलाकारहरुको घुँईचो देखिने भएकाे छ । मौलापुर पतौरा पुरातात्विक महादेव मन्दिरलाई बिश्व सम्पदासूचीमा सूचीकृत गराउन मौलापुर नगरपालिकाद्वारा २०७६ साल देखी प्रत्येक वर्ष मधानी महोत्सवको आयोजना हुँदै आएको छ। विगतको जस्तै यो वर्ष पनि महा शिवरात्रीको अवसरमा यही फागुन ११ गतेदेखि १५ गतेसम्म हुने मधानी बिशेष महोत्सव लाई पूर्ण सफलता पूर्वक सम्पन्न गराउन बिभिन्न समिति उपसमिती गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ। पतौरास्थित उत्खननबाट निस्किएको धार्मिक, सांस्कृतिक, पर्यटकीय एवं ऐतिहासिक पुरातात्विक महादेव मन्दिरलाई विश्वसम्पदा सूचीमा सूचिकृत गराउने संकल्पसहित हुन लागेको मधानी महायज्ञको तयारी तीव्ररुपमा अगाडि बढाइएको मेयर रिनाकुमारी साहले बताएकी छिन्। मधानी महोत्सवलाई व्यवस्थित रुपमा सम्पन्न गर्न मेला आयोजक मूल समिति संयोजकको जिम्मेवारी मेयर साहलाई दिइएको छ।

 

पुरातात्विक महादेव मन्दिर उत्खनन पछि पूर्व मन्त्री तथा आम जनता पार्टीका अध्यक्ष प्रभु साहको सल्लाह अनुसार आयोजित मधानी महोत्सवको पहिलोपटक २०७६ मा तत्कालीन राष्ट्रपति विद्यादेवी भन्डारीबाट उदघाटन भएर सुरुआत भएको थियो। मधानी महोत्सव छैटौँ संस्करण २०८१ मा यस पटक आयोजना हुँदैछ । मौलापुर नगरपालिकामा लगातार दोस्रोपटक मेयरको जिम्मेवारि पाएकी रिना कुमारी साहले मधानी महोत्सवलाई नगरको प्रमुख पर्यटकीय तथा सांस्कृतिक कार्यक्रमको रुपमा राख्दै आएकी छिन्।

 

संघीय संसद प्रभु साहले महोत्सवका सन्दर्भमा मेयर साहसँग महोत्सवको विभिन्न पक्षमा जानकारी लिएका छन्।  महा शिवरात्रीको अवसरमा शिव-पार्वतीको बिवाहोत्सवको रुपमा मनाउन मेयर साहको अध्यक्षतामा १०१ सदस्यीय मधानी महायज्ञ मूलसमिति  गठन भएको छ । यसैगरी लखिन्द्र साहको संयोजकत्वमा काँवरिया तथा पूजा अनुष्ठान समिति, त्रिभुवन साहको संयोकत्वमा शिवजी बारात यात्रा समिति, नगरका प्रमुख प्रशासकीय अधिकृत रामबाबुप्रसाद साहको संयोजकत्वमा टेन्ट, खेलतमासा तथा नाचगान व्यवस्थापन समिति, ठागा दासको संयोजकत्वमा घेराबेरा तथा मञ्च व्यवस्थापन समिति, मनोजप्रसाद यादवको संयोजकत्वमा दङ्गल प्रतियोगिता समिति गठन गरिएको आयोजकले जनाएको छ।

 

त्यस्तै सुनिल साहको संयोजकत्वमा सरसफाई समिति, सरेशप्रसाद यादवको संयोजकत्वमा जग्गा वितरण समिति, जयप्रकाश महतोको संयोजकत्वमा सजावट समिति, उपमेयर नागेन्द्रप्रसाद यादवको संयोकत्वमा अतिथि सत्कार समिति, राजेश रौनियारको संयोकत्वमा खानेपानी तथा शौचालय व्यवस्थापन समिति, रानी साहको संयोजकत्वमा प्रचारप्रसार समिति, अच्छेलाल साहको संयोजकत्वमा स्वास्थ्य शिविर समिति, बालाशंकर कुशवाहाको संयोजकत्वमा स्वयंसेवक परिचालन समिति, रामपुकार साहको संयोजकत्वमा आरती समिति, तेजनारायण साहको संयोजकत्वमा पञ्चकन्यातर्फको समिति, गणेश पटेलको संयोजकत्वमा पार्किङ व्यवस्थापन समिति र विवेक साहको संयोजकत्वमा मेस सञ्चालन समिति गठन भएको छ ।

 

अागामी ११ गते देखी सुरु भईरहेको मधानी बिशेष महोत्सवको अवसरमा हिन्दी, भोजपुरी फिल्मका चर्चित बलिउड कलाकार एवं सांसद रवि किशन, भोजपुरी फिल्मका लेखक, निर्माता तथा विधायक बिनय बिहारी, ‘डायरी अफ मणिपुर’ फिल्मका निर्देशक सनोज मिश्र, महाकुम्भकी भाईरल गर्ल मोनालिसा,भोजपुरीका चर्चित गायक एवं अभिनेता रितेश पाण्डे लगायत चर्चित भारतीय कलाकारहरुको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ । यसैगरी नेपाली कलाकार तर्फको गायिका अनु चौधरी, तथा कलाकार सदाम हुसेन, रचना सिवाकोटी, रुद्र नारायण तिवारी, प्रीति पासवान, प्रिया सुहानी, रोसनी राज, सरिता साह, अर्जुन बीसी, मनीषा राईसहितका राष्ट्रिय एवं अन्तर्राष्ट्रिय कलाकारहरुको सहभागिता रहने छ ।

 

यस पटक आयोजना भईरहेको महोत्सवको प्रमुख अतिथिको रूपमा मधेश प्रदेशका मुखयमन्त्री सतीश कुमार सिंह रहने आयोजक मौलापुर नगरपालिकाले जनाएको छ। महोत्सवमा १० देखि १२ लाख श्रद्धालु अवलोकन गर्न मौलापुर पतौरा आउने विश्वास आयोजकले गरेको छ । मेलामा आउने भक्तजन तथा श्रद्धालुको सुरक्षाका लागि सैयौं स्वयं सेवक , ठूलो संख्यामा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिने आयोजकले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

‘कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय’

काठमाडौँ,वैदेशिक रोजगार विभागको इपिएस कोरिया शाखाले दक्षिण कोरियाको इपिएस प्रणालीमार्फत कामदार छनोट प्रक्रिया निष्पक्ष र विश्वसनीय रहेको जानकारी गराउँदै कुनै पनि व्यक्ति, फार्म वा सामाजिक सञ्जालमार्फत दिइएको गलत आवश्वासनप्रति विश्वास नगर्न कामदारहरुलाई आग्रह गरेको छ ।   कुनै पनि व्यक्ति, फर्म वा सामाजिक सञ्जालमार्फत दिइएका गलत...

कैलालीमा १२ हजार ५०० ‘क्विन्टल’ धान खरिद

अत्तरिया (कैलाली) खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय धनगढीले कैलालीमा १२ हजार ५२७ ‘क्विन्टल’ धान खरिद गरेको छ । यही कात्तिक १२ गतेदेखि जिल्लाका छ स्थानबाट धान खरिद सुरु गरेको खाद्य कम्पनीले हालसम्म उक्त परिमाणमा खरिद गरेको हो । हालसम्म जिल्लाको टीकापुर खरिद...

एलन मस्क खर्बपति बन्ने दिशामा, टेस्ला सेयरधनीहरूद्वारा रेकर्ड तलब योजना पारित

टेक्सास, अमेरिकी विद्युतीय सवारी निर्माता कम्पनी टेस्लाका सेयरधनीहरूले कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एलन मस्कका लागि ऐतिहासिक तलब प्याकेज स्वीकृत गरेका छन् । उक्त स्वीकृतिले टेस्लाले तय गरेका महत्त्वाकांक्षी आर्थिक लक्ष्यहरू पूरा गरेमा उहाँलाई विश्वको पहिलो खर्बपति बनाउने सम्भावना देखाएको छ ।     टेस्लाको वार्षिक सेयरधनी...

पैयुँले धानबालीमा क्षति पुगेका कृषकलाई राहत दिने

पर्वत,  जिल्लाको पैयुँ गाउँपालिकाले गत साता आएको वर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेका कृषकलाई रु ३० लाख राहतस्वरूप वितरण गर्ने भएको छ ।पैयुँ गाउँपालिका-५ का वडाध्यक्ष निर्भिकनारायण भुर्तेलका अनुसार यही कात्तिक ११ देखि १५ गतेसम्म आएको वर्षा र हावाहुरीले धानबालीमा क्षति पुर्‍याएपछि राहत...

निःशुल्क वितरण गर्ने औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिँदै कामपा

काठमाडौँ,  काठमाडौँ महानगरपालिकाले आयुर्वेद तथा वैकल्पिक स्वास्थ्य केन्द्रबाट निःशुल्क वितरण गर्ने औषधि र औषधिजन्य सामग्री सिंहदरबार वैद्यखानाबाट लिने भएको छ । यसरी औषधि लिनका लागि कामपा स्वास्थ्य विभाग र सरकार–सरकार साझेदारी कार्यक्रमअन्तर्गत कामपाले माग गर्ने आयुर्वेदिक औषधि लागत मूल्यमा वैद्यखानाले उपलब्ध गराउनेगरी सम्झौता पनि...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण

दोधारा चाँदनी (कञ्चनपुर),सुदूरपश्चिम विश्वविद्यालयको तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।सुदूरपश्चिम विश्वविद्यालयका उपकुलपति हेमराज पन्तका अनुसार विश्वविद्यालयको आङ्गिक क्याम्पस टीकापुर बहुमुखी क्याम्पसको तीन सय ८० बिघामध्ये तीन सय बिघा जग्गा अतिक्रमण भएको छ ।     विसं २०६२ मा टीकापुर विकास समितिले क्याम्पस स्थापनाका लागि तीन...

बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै

काठमाडौँ  स्वास्थ्य सेवा विभागको पोषण शाखाले आज पनि बालबालिकालाई राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रमअन्तर्गत भिटामनि ‘ए’ क्याप्सुल र जुकाको औषधि खुवाउने जनाएको छ ।शाखाप्रमुख लीलाविक्रम थापाका अनुसार छ महिनादेखि ५९ महिनाका बालबालिकालाई भिटामिन ‘ए’ तथा एक वर्षदेखि पाँच वर्षसम्मका बालबालिकालाई जुकाको औषधि आज पनि खुवाइने...

लाम्पाटामा पाखो सम्याएर खेलमैदान निर्माण

म्याग्दी, म्याग्दीको मङ्गला गाउँपालिका-२ लाम्पाटामा खेलमैदान निर्माण भएको छ । मङ्गला शिक्षा क्याम्पसको छात्राबास परिसरमा रहेको पाखो सम्माएर खेलमैदान निर्माण गरिएको हो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष यामबहादुर थापाले ‘सेभेन ए साइड’ फुटबल, भलिबल, बास्केटबल, क्रिकेट र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिने खेलमैदान...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९