काठमाडौं – सप्तरीमा १८ वर्षअघि महिलालाई विष खुवाएर मारेको आरोपमा फरार भएका दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सप्तरी सुरुङ्गा नगरपालिका-२ का शुभनारायण यादव र बद्रीनाथ अधिकारी छन्।उनीहरूलाई आइतबार पक्राउ गरी अनुसन्धान अघि बढाइएको सप्तरी प्रहरीका इन्स्पेक्टर मनिष श्रेष्ठले बताए।साबिक कमलपुर गाविस-७ की ३५ वर्षीया फुलोदेवी यादवलाई विष खुवाएर हत्या गरेको आरोप उनीहरूमाथि छ।२०६३ साल भदौ ८ गते राति साढे ११ बजे फुलोदेवीलाई दुई जना मिलेर शुभनारायणको घरमा लगी विष खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ।दुबैलाई फरार प्रतिवादी खोजी सिलसिलामा पक्राउ गरिएको श्रेष्ठले बताए। उनीहरूलाई कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको छ।





























































































































































