ट्राफिक सचेतनाका लागि महोत्तरीमा एक हजार साइकलकाे सडक यात्रा

महोत्तरी । जिल्ला ट्राफिक कार्यालय महोत्तरीले स्वास्थ्य र  ट्राफिक सचेतनाको कार्यक्रममा सयौ‌जनालाई सडकमा उतारेको छ । प्रजातन्त्र दिवसको अवसर पारेर बुधबार गरिएको कार्यक्रममा प्लेकार्डसहित विद्यार्थी र स्थानियहरुलाई साइकल र्र्याली गराएर ट्राफिक कार्यालयले झन्डै एक हजारजनालाई सडकमा उतारेको हो ।‘हाम्रो चाहना सडक सुरक्षा र ट्राफिक नियमको पालना’ भन्ने नारासहित उक्त  साइकल यात्रा झन्डै नाै किलोमिटरसम्म गरिएको ट्राफिक कार्यालय प्रमुख लक्ष्मीराज जोशीले जानकारी दिए ।

 

 

साइकल यात्रापछि गरिएको औपचारिक  कार्यक्रममा सरोकारवालाले स्वास्थ्यसँगै वातावरणका लागि समेत साइकल यात्रा फलदायी हुने बताए । एमालेका युवा नेता कुमार भण्डारीले वातावरणीय र स्वास्थ्यका दृष्टिकोणले साइकल प्रयोगकर्ताहरुलाई प्रोत्साहन गर्नुपर्ने धारणा राखे ।

 

 

 

नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले मंहगो इन्धनको प्रयोग गर्न नपर्ने, इन्धनको प्रयोगले वातावरणलाई पर्ने असर कम हुने हुँदा साईकलमैत्री वातावरणको अनेकौ फाइदा हुने वताए । ‘साइकल यात्रा गर्दा सडक यात्रामा हुने जोखिम कम हुने, मानव स्वास्थ्यका लागि समेत साइकल यात्राबाट हुने सकारात्मक फाइदाहरुको बारेमा सामाजिक रुपमा अभिमुखीकरण कार्यक्रम आयोजना गर्नुपर्छ,’ उनले भने ।

 

 

तराई मधेसको सम्म भूभागमा समेत तीब्र गतिमा सवारी चलाउदा हुने दुर्घटनाबाट मधेसमा वर्षेनी सवारी दुर्घटना र क्षतिको विवरण बढ्दै गएको अवस्थामा साइकल यात्रा बिशेष सुरक्षित रहने  र सोहीअनुसारको वातावरण सिर्जना गर्न स्थानीय सरकार र प्रदेश सरकारलाई अनुरोध गरे ।

 

नवनियुक्त प्रधानमन्त्रीले आज पदभार ग्रहण गर्ने

काठमाडौँ । नवनियुक्त अन्तरिम सरकारका प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्ने भएकी छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतका अनुसार प्रधानमन्त्री कार्की पदभार ग्रहणको लागि आज बिहान ११ बजे सिंहदरबार पुग्ने कार्यतालिका तय भएको छ । गृह मन्त्रालयको नयाँ भवनमा प्रधानमन्त्री कार्यालय सञ्चालन गर्नेगरी...

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी

किसानको आत्मनिर्भरता लक्ष्य सहित गरुडा नगरपालिकाको कृषिमा ठूलो लगानी...

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार

धादिङ–धार्के कालोपत्रे सडकमा लगाइयो बार...

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा

लुम्बिनीका ६ जिल्लामा भोली सार्बजनिक बिदा...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९