‘बाल संरक्षण प्रणाली’ र ‘बालबालिका लक्षित मुद्दा’ मा काठमाडौँ महानगरको समन्वयात्मक बैठक

काठमाडौँ । जोखिममा रहेका बालबालिकाहरुको खोज तथा उद्धार, संरक्षण, पारिवारिक पुनर्मिलनलगायत श्रृङ्खलामा दायित्व भएका निकायसँगको समन्वय अभ्यास समीक्षा गर्दै काठमाडौँ महानगरपालिकाले यसलाई थप प्रभावकारी बनाउन काम थालेको छ ।

 

 

यस क्रममा आज महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा नेपाल प्रहरीसँग बैठक बस्यो । जोखिम अवस्थाबाट बालबालिकालाई उद्धार गर्दा अपनाउनु पर्ने कानुनी तथा व्यवहारिक पक्ष, यस क्रममा बालबालिकाको मनोविज्ञानमा पर्न सक्ने नकारात्मक प्रभाव रोक्न अपनाउनु पर्ने विधि र उपायका लागि महानगरपालिका र नेपाल प्रहरी बिचको समन्वय बैठकको मुख्य विषय थियो ।

 

 

बैठकमा बोल्दै उपप्रमुख डंगोलले भनिन्, ‘बालबालिकाको हितमा काम गर्ने निकाय फरक फरक भए पनि अपेक्षित लक्ष्य सबैको एउटै हो । काम गर्ने पद्धति समान खालका छन् । यसकारण, जसले जहाँबाट काम गरे पनि हामी एउटै संयन्त्रमा काम गरिरहेका छौँ भन्ने बोध गरेर काम गरौँ । सहकार्य र समन्वयलाई पनि यही रुपमा ग्रहण गरौँ । हामी सहकार्य, समन्वय र सहअस्तित्वमा विश्वाश गर्छौँ । यसकारण वडा महिला सञ्जालमा स्थानीय प्रहरी प्रतिनिधिको उपस्थिति सुनिश्चित गरेका छौँ ।’

 

 

‘महानगरपालिका र नेपाल प्रहरीका बिचमा समन्वय गर्नु पर्ने काम धेरै छन् । बाल संरक्षणका कामबाट आपसी कार्यक्रम स्थापित गरौँ । यसबाट नमूना समाजको निर्माण गरौँ ।’ उनले, नेपाल प्रहरीसँगको सहरी सुरक्षा र व्यवस्थाका लागि सहकार्य गर्न तत्पर रहेको उल्लेख गरिन ।

 

 

 

छलफलमा नेपाल प्रहरीको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी नायव महानिरीक्षक उमाप्रसाद चतुर्वेदीले, नागरिकको सुरक्षाका लागि जुनसुकै ढाँचा र प्रकारमा प्राप्त विवरणका आधारमा जाहेरीको ढाँचा बनाएर कारवाही अगाडि बढाउने उल्लेख गर्दै महानगरपालिकाले दिएको मनोसामाजिक प्रतिवेदनका आधारमा कारवाही अगाडि बढाउन सकिने बताए । त्यस क्रममा प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक अपिलराज बोहोराले, महानगरपालिकाले तयार पार्ने मनोसामाजिक प्रतिवेदनमा क्षतिको आँकडा उल्लेख गर्न सुझाव दिए । महानगरपालिका, नेपाल प्रहरी र एकद्वार संकट व्यवस्थापन केन्द्रका बिचको समन्वयमा घटना व्यवस्थापन गर्न सकियो भने पीडितलाई छिट्टै न्याय दिन सकिन्छ । वोहोराको भनाइ थियो ।

 

 

छलफलमा मानव बेचविखन अनुसन्धान व्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक दिपेन्द्र जि.सी., प्रहरी परिसर काठमाडौँका प्रहरी नायव उपरीक्षक, बालबालिका खोजतलास समन्वय सेवा केन्द्रका प्रहरी नायव उपरीक्षक, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा निर्देशनालयका प्रहरी निरीक्षक अनुजा जंगमसहित प्रहरी अधिकारीहरुले अन्तरक्रियामा बोल्दै प्रचलित कानुनले दिएको अधिकारको प्रयोग र व्यवहारिक पक्षमा देखिएका समस्या सुल्झाउन आपसी समन्वय नै उपयुक्त संयन्त्र भएको उल्लेख गरे ।

 

 

यस्तै महानगरपालिकाका विभागीय प्रमुख बसन्त आचार्यले, महानगरपालिकाले बाल अधिकार र बाल संरक्षणका लागि जारी गरेका कानुनी प्रवन्धका विषयमा जानकारी गराउँदै, महानगरपालिका एक्लैले सञ्चालन गर्न सक्ने कामका लागि आफैँ प्रयास गरिरहेको उल्लेख गर्नुभयो । बाल अधिकारको सुरक्षा बहुसाझेदार कार्यक्रम हो । यसकारण महानगरपालिकाका कानुनहरुमा सहकार्यात्मक पद्धतिलाई मर्मका रुपमा ग्रहण गरेको उहाँको भनाइ थियो । अन्तरक्रियामा सामाजिक विकास विभागका प्रमुख समीक्षा निरौलाले, बाल अधिकारका लागि नेपालले अन्तरराष्ट्रिय मञ्चमा गरेका हस्ताक्षर र प्रतिवद्धता पूरा गराउन स्थानीय सरकारको दायित्वमा पर्ने कामलाई प्राथमिकतामा राखेको उल्लेख गरे ।

 

 

यस्तै बाल कल्याण अधिकारी शान्ता पहाडीले अहिलेसम्म गरिएका कामको सिकाइ उल्लेख गर्दै जैविक मातापिताबाट संरक्षण हुन नसक्ने बालबालिकाको अवस्था व्यवस्थापन गर्न चुनौतीपूर्ण रहेको बताए । काठमाडौँमा जोखिमपूर्ण श्रममा भएका बालबालिकासँगै बालबालिकाविरुद्ध हुने हिंसा, वास्तविक सडक बालबालिका, सडकमा माग्न बसेका बालबालिका, वेवारिसे तथा वेवारिसे अपाङ्गता भएका बालबालिका, गैरकानुनी रुपमा ओसारपसारमा परेका बालबालिका भेटिन्छन् । उनीहरुका व्यक्तिगत, पारिवारिक र सामाजिक समस्या फरक छन् । यससँग सम्बन्धित मनोसामाजिक प्रतिवेदन, घटनाको प्रकृति, घटनाको मुचुल्का उठान, प्रमाण जुटाउने, प्रमाण संरक्षण गर्ने, गोपनीयता सुरक्षा गर्नेलगायत विषय अन्तरक्रियामा उठेका थिए ।

 

 

अन्तरक्रियामा बाल अधिकार समितिका सदस्य प्रविन सिलवालले प्रस्तुतिकरण गर्नुभएको थियो । त्यस क्रममा उनले, मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनका आधारमा जिल्ला प्रहरी परिसरबाट मुद्दा चलाउने सम्भावनालाई प्रस्तावका रुपमा राखेका थिए ।

 

 

महानगरका उपप्रमुख सुनिता डंगोलको संयोजकत्वमा महानगर बाल अधिकार समिति गठन भएको छ । बाल संरक्षण प्रणालीहरुमा घटना व्यवस्थापन उपसमिति, बाल उद्धार कार्यदल, बाल कल्याण अधिकारी, समाजसेवी तथा बालमनोविज्ञ, वडा बाल अधिकार समिति, विद्यालयहरुमा बाल संरक्षक शिक्षक, बाल क्लव तथा सञ्जाल, साझेदारीमा अस्थायी संरक्षण गृह सञ्चालन लगायत संरचना र संयन्त्र छन् ।

 

 

 

महानगरपालिकाले बालबालिकाहरुको अवस्था अध्ययनका लागि सार्वजनिक यातायात क्षेत्र, होटल रेष्टुरेन्ट तथा होस्टलमा रहेका बालश्रमिक र आफ्ना नातागोताबाहेक अन्य व्यक्तिसँग रहे बसेका बालबालिका सम्बन्धी जानकारी लिन परिचालन भएका इन्टर्न विद्यार्थीहरुले बालबालिकाको अवस्था अध्ययन गरेर जोखिम पत्ता लगाएका थिए । पछिल्लो समय काठमाडौँ महानगरपालिकाको हटलाईन नं ११८० मा समेत जोखिममा परेका बालबालिका सम्बन्धी सूचना र गुनासा प्राप्त हुने गरेका छन । यसरी प्राप्त हुने सूचनाका आधारमा समेत बालबालिका खोजतलास सेवा (१०४०, बाल हेल्पलाईन (१०९८), श्रम कार्यालय, बाग्मती प्रदेशसहित सरोकारवालाको सहभागितामा महानगरपालिकाको बाल उद्धार कार्यदलले उद्धार कार्य गर्दै आएको छ । यसरी जोखिममा देखिएका बालबालिकालाई उद्धार गरेर अस्थायी संरक्षण गृहमा राख्ने गरिएको छ । उद्धार गर्नुअघि पीडितसँग मनोविमर्श गरिन्छ । यसपछि घटना व्यवस्थापन समितिको बैठक गरिन्छ । उद्धारपछि पारिवारिक लेखाजोखा अस्थायी संरक्षण वा पारिवारिक पुनर्मिलन गराइन्छ ।

 

 

 

सिलबालका अनुसार ४१ जना बालक र ३२ जना बालिकासहित ७३ जना बालबालिकाको उद्धार गरिएको छ । जसमध्ये ३८ जना बाल संरक्षण गृहमा हुनुहुन्छ । ३४ जनालाई पारिवारिक पुनर्मिलन गराइएको छ । उद्धारपछि ७ को मुद्दालाई न्यायिक प्रक्रिया अगाडि बढाइएको छ । जसमा ४ जनाको जबरजस्ती करणी, २ जना बालिकाको बाल यौन दुव्र्यवहार र १ जना बालिकाको कुटपिट तथा दास बनाएको विषय छ । पछिल्ला २ घटनामा भने महानगरपालिकाको मनोसामाजिक प्रतिवेदन र संयुक्त अनुगमन प्रतिवेदनलाई नै जाहेरी सरह मानी सोही आधारमा मुद्दा चलाइएको हो ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

हात्तीको आक्रमणमा एक जनाको मृत्यु

बेलबारी (मोरङ),  बेलबारी नगरपालिका– १० स्थित सिर्जना सामुुदायिक वन क्षेत्रमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । बेलबारीस्थित इलाका प्रहरी कार्यालय प्रमुुख राजिव गिरीका अनुसार बेलबारी नगरपालिका– ११ धार्मिक चोक निवासी ४५ वर्षीय विष्णु तामाङको हात्तीको आक्रमणमा ज्यान गएको हो । बिहीबार...

पर्सा— २ मा रास्वपाका कानुको अग्रता

वीरगञ्ज (पर्सा),  पर्सा प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र नं २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार सुशीलकुमार कानुले एक हजार ७७ मतसहित अग्रता लिनुभएको छ ।निर्वाचन अधिकृत मधुसुदन आचार्यका अनुसार यहाँ २३ सय ४७ मतगणना हुँदा नेकपा एमालेका उम्मेदवार रिमा यादवले ७४३, नेपाली कांग्रेसका अजयकुमार चौरसियाले...

बैतडीको महरागाउँमा ‘इन्फ्लुएञ्जा बी’को सङ्क्रमण

दशरथचन्द (बैतडी), बैतडीको पुर्चाैंडी नगरपालिका–१० महरागाउँमा फैलिएको भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भएको पुष्टि भएको छ । जनस्वास्थ्य प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा भाइरल ज्वरो ‘इन्फ्लुएञ्जा बी’भाइरस भएको पुष्टि भएको हो । भाइरल ज्वरोका कारण यही फागुन ११ गते महरागाउँका १३ वर्षीय विनोद महरा र १६ गते १०...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

आज अधिकांश स्थानमा मौसम सफा रहने पूर्वानुमान

काठमाडौँ, जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश स्थानमा मौसम सामान्यतया सफा रहने जनाएको छ । महाशाखाले कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रही एकदुई स्थानमा हल्का वर्षा वा हिमपातको सम्भावना रहेको बताएको छ । पहाडी भूभागमा आंशिक बदली...

व्यावसायिक कफीखेतीमा भोजपुरका किसान

भोजपुर,  केही समयअघिसम्म सामान्य कफीका बोट हुने भोजपुरमा अहिले यसको व्यावसायिक खेती सुरु भएको छ । बजारसम्मको पहुँच स्थापित भएपछि यहाँका किसान व्यावसायिक कफी गर्न थालेका हुन् । अहिले यहाँका किसानको आयआर्जनको मुख्य माध्यम यही बनेको छ । उत्पादन भएको कफी घरबाटै बिक्री हुन...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइन निर्माण कार्य सम्पन्न

कर्णाली,  नेपाल विद्युत् प्राधिकरण कोहलपुर–सुर्खेत १३२ केभी प्रसारण लाइनको निर्माण कार्य सम्पन्न भएको छ । नेपाल सरकार र नेपाल विद्युत् प्राधिकरणको संयुक्त लगानीमा निर्माणाधीन कोहलपुर–सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गत कोहलपुर–सुर्खेत खण्डको निर्माण सम्पन्न भएको हो ।   नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता राजन ढकालले अब उक्त...

लम्कीमा काँग्रेसको शक्ति प्रदर्शन : जित निश्चित भएको दाबी

कैलाली । कैलालीको लम्कीमा आइतबार दिउँसो निकै रौनक थियो । हजारौंको बाक्लो भिंड, रातो चारतारे झण्डा र चुनाव चिन्ह रुख । काँग्रेसले शक्ति प्रदर्शन गर्दै जितको सन्देश दिएको यो परिदृश्य हो । प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान हुनु ५ दिनअघि हजारौं जनमासको प्रदर्शनसहित काँग्रेसले...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता

टक्सार (भोजपुर),  स्थानीय विद्यालयमा अध्ययरत विद्यार्थीलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ यहाँको एक ग्रामीण विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको छ ।   जिल्लाको भोजपुर नगरपालिका–५, बोखिममा रहेको पञ्चकन्या माध्यमिक विद्यालयमा हस्तकला प्रतियोगिता आयोजना गरिएको प्रधानाध्यापक लक्ष्मण जोशीले बताउनुभयो । प्रअ जोशीले भन्नुभयो, “स्थानीय कलाकौशल तथा रैथाने प्रविधिको...

प्रतिनिधिसभा निर्वाचनःवीर अस्पतालमा द्रुत कार्यदल गठन

काठमाडौँ, चिकित्सा विज्ञान प्रतिष्ठान (वीर अस्पताल)ले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई दृष्टिगत गरी विशेषज्ञ चिकित्सकसहितको द्रुत कार्यदल (¥यापिड रेस्पोन्स टिम) गठन गरेको छ ।वीर अस्पतालका निर्देशक डा दिलीप शर्माले सम्भावित स्वास्थ्य आपत्कालीन अवस्थालाई दृष्टिगत गर्दै टोली गठन बताउनुभयो । अस्पतालले आकस्मिक...

गैँडाकोट मेयर कपको सेमिफाइनल समीकरण पूरा

नवलपुर (नवलपरासी),  नवलपुरको गैँडाकोटमा जारी पाँचौं गैँडाकोट मेयर कप राष्ट्रिय टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ । आइतबार भएको सुदूरपश्चिम र कोशी प्रदेशको खेलपछि प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो ।       सुदूरपश्चिमले कोशी प्रदेशलाई सस्तैमा समेटेर पाखा लगाउँदै आफ्नो सेमिफाइनल यात्रा सुरक्षित गरेको...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९