साउथ इन्डियन फिल्म ‘मारको’को ‘नक्कल गरेर’ पर्सामा १९ वर्षीय युवकको यसरी गरियो हत्या

काठमाडौं – पर्सा वीरगन्ज महानगरपालिका-२७ उदयपुर घुर्मीका १९ वर्षीय युवक इशालप्रसाद कुर्मीको हत्या अनुसन्धान गर्दै जाँदा प्रहरीले सो घटनामा ‘फिल्मी शैली’ अपनाइएको तथ्य उजागर गरेको छ। हत्यामा संलग्न व्यक्तिले कुर्मीको हत्याअघि ‘साउथ इन्डियन’ फिल्म हेरेको र त्यसैको नक्कल गरेको तथ्य फेला पारिएको पर्सा प्रहरी प्रमुख प्रहरी उपरीक्षक गौतम मिश्रले बताए। कुर्मीको हत्यामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन्।  वीरगन्ज महानगरपालिका-२७ उदयपुर घुर्मीकै १९ वर्षीय मुकेशप्रसाद यादव, सोही ठाउँका १९ वर्षीय अरुणकुमार यादव र १९ वर्षीय मुना तिवारीलाई पर्सा प्रहरीले बिहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गर्‍यो।

 

प्रहरी उपरीक्षक मिश्रका अनुसार कुर्मीको हत्याका ‘मुख्य योजनाकार’ मुकेश रहेको अनुसन्धानमा खुलेको छ। कुर्मीको शव गत फागुन ११ गते साँझ साढे ५ बजे वीरगन्ज महानगरपालिका-२८ जगरनाथपुर ढाटभन्दा करिब ५०० मिटर पश्चिम भेडैया खोलामा फेला परेको थियो। खोलामा तैरिरहेको अवस्थामा शव फेला परेपछि प्रहरीले घटनाको अनुसन्धान थालेको थियो। कुर्मीको हत्या फागुन ७ गते प्रजातन्त्र दिवसको दिन साँझ ६:१० बजे भएको अनुसन्धानबाट खुलेको मिश्रले पत्रकार सम्मेलनमा बताए।

 

मिश्रका अनुसार कुर्मी सोही दिन वीरगन्ज काम गर्न जान्छु भन्दै घरबाट निस्किए। तर, भोलिपल्टसम्म नफर्किएपछि कुर्मीका बुवाले प्रहरीमा निवेदन दिएका थिए। ‘कुर्मीका बुवाले निवेदन दिएपछि हामीले घटनाको अनुसन्धान थालेका थियौं, खोलामा शव फेला परेपछि अनुसन्धान गर्दा हत्या गरेको पत्ता लागेको थियो,’ मिश्रले भने। अनुसन्धान अनुसार हत्या गरिएका कुर्मी र पक्राउ परेका तीनै जना साथी हुन्। उनीहरूमध्ये कुर्मी र मुकेश आपसी सहमतिमा सापटी रकम लेनदेनसम्म गर्थे। मुकेशले कुर्मीसँग पटक-पटक गरेर सापटी लिएको ३५ सय रुपैयाँ फिर्ता गर्न बाँकी थियो।

 

अनुसन्धान अनुसार हत्या गरिएका कुर्मी र पक्राउ परेका तीन जना युवक फागुन ७ गते भेला भएपछि तास खेल्न खुल्ला ठाउँमा गएका थिए। तास खेल्ने क्रममा मुकेश र हत्या गरिएका कुर्मीले हारे। हारेपछि कुर्मीले आफूले विगतमा दिएको त्यो ३५ सय रुपैयाँ मुकेशसँग माग्न थाले। ‘तास खेलेका अरू दुई जनाले जितेका थिए, मुकेश र कुर्मीले मात्रै हारेका थिए, आफूले हारेपछि कुर्मीले मुकेशसँग विगतमा दिएको सापटी रकम माग्न थाले,’ प्रहरी उपरीक्षक मिश्रले भने। मिश्रका अनुसार सापटी रकमको विषयमा वादविवाद हुन थालेपछि चारै जना तासको खालबाट उठे। उनीहरूले त्यसबेला सामूहिक निर्णय गरे – अब नजिकैको उखुबारीमा जाऔं, उखु चोरेर खाऔं।

 

चारै जना उखुबारी पुगे। उखु चोरेर खाउन्जेलसम्म अप्रिय घटना भएको थिएन। जब, चारै जना फर्किए, फर्किने क्रममा बाटोमा मुकेशले आफूले अघिल्लो दिन (फागुन ६ गते) हेरेको साउथ इन्डियन फिल्म ‘मारको’मा भिलेनले मान्छे मारेको सम्झिए। ‘त्यो फिल्ममा भिलेनले मानिसलाई घिच्रोमा समातेर रुखमा टाउको ठोक्काएर मारेको दृश्य मैले सम्झिएँ,’ मुकेशको बयान उद्धृत गर्दै प्रहरी उपरीक्षक मिश्रले भने, ‘सापटी चलाएको रकमको विषयमा वादविवाद गरेको घटनाबाट मलाई रिस उठिरहेको थियो, मैले कुर्मीको टाउको रुखमा ठोक्काइदिएँ।’

 

त्यसपछि मुकेशले रुखमा टाउको ठोक्काएपछि बेहोस् भएका कुर्मीको दुबै हात सर्टले बाँधिदिए। मुकेशले बेहोस् अवस्थामा रहेका कुर्मीलाई घिस्याएर खोलामा लगेर फाल्दिए,’ मिश्रले भने, ‘बेहोस् अवस्थामा फालिएका कुर्मीको खोलामा मृत्यु भएको अनुसन्धानमा देखिन्छ।’ कुर्मीलाई खोलामा फाल्दा मुकेशसँगै पक्राउ परेका अन्य दुई जनाले सहयोग गरेका थिए। ‘तर, उनीहरूले के-कति सहयोग गरे भन्ने विषयमा भने अनुसन्धान भइरहेको छ,’ मिश्रले भने।   पक्राउ परेका तीनै जनालाई कर्तव्य ज्यानमुद्दामा अदालतबाट ६ दिन हिरासतमा राख्ने अनुमति लिई अनुसन्धान थालिएको मिश्रले बताए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।   अन्नपूर्ण–४ का वडाध्यक्ष...

विश्व शान्ति प्रार्थना महोत्सव २०२५ भुटानको थिम्पूमा प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितिमा सुरु

थिम्पू(भुटान), भुटानका प्रधानमन्त्री सेरिङ तोब्गेको उपस्थितीमा विश्वव्यापी शान्ति प्रार्थना महोउत्सव २०२५ मङ्गलबार भुटानको थिम्फु स्थित चाङ्लिमिथाङ स्टेडियममा सुरु भएको छ ।यस पर्वले नोभेम्बर ४–१७ सम्म विश्वभरका बौद्ध नेताहरू, र शान्ति समर्थकहरूलाई एकसाथ ल्याउने १३ दिने ऐतिहासिक आध्यात्मिक जमघटको सुरुवात गर्ने जनाइएको छ ।यसले द्वन्द्व...

नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

काठमाडौँ,  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ६४ अङ्कले घटेर दुई हजार ५९५ दशमलव २४ को विन्दुमा कायम भएको छ । आज नेप्से परिसूचक एक दशमलव ०५ प्रतिशतले घटेको हो ।आज ३२२ कम्पनीको एक करोड तीन लाख ४३ हजार ८९८ कित्ता शेयर ४६...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

दक्षिण कोरियाद्वारा एआई लगानी तीन गुणा र रक्षा बजेटमा ऐतिहासिक वृद्धि गर्ने घोषणा

सियोल, दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले आगामी वर्षका लागि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रमा तीन गुणा लगानी र छ वर्षकै सबैभन्दा ठूलो रक्षा बजेट वृद्धि गर्ने योजना सार्वजनिक गर्नुभएको छ । उहाँले मङ्गलबार संसद्मा प्रस्तुत गर्नुभएको वार्षिक बजेट सम्बोधनमा राष्ट्रलाई ‘एआई युगको नेतृत्व गर्ने दिशातर्फ...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९