अक्टोबर ७ को घटनाको कारक इजरायली सेनाले हमास बारे गरेको गलत मूल्याङ्कन

काठमाडौँ । इजरायली सेनाको अनुसन्धान प्रतिवेदनले ७ अक्टोबर २०२३ को आतंकवादी आक्रमण यसको गलत मूल्याङ्कनका कारण भएको दाबी गरेको छ । समाचार एजेन्सी एपीको रिपोर्टका अनुसार इजरायली सेनाले प्यालेस्टिनी लडाकू संगठन हमासको क्षमतालाई कम आँकलन गरेक कारण सो घटना भएको रिपोर्टमा उल्लेख छ । बिहीबार सार्वजनिक भएको यो प्रतिवेदनपछि, प्रधानमन्त्री बेन्जामिन नेतान्याहूमाथि आक्रमण अघि गरिएका राजनीतिक निर्णयहरूको अनुसन्धान गर्न दबाब पर्ने विश्वास गरिएको छ ।

 

७ अक्टोबर २०२३ मा, हमासले इजरायलको सीमा क्षेत्रमा रहेको एक संगीत महोत्सवमा आक्रमण गरेको थियो । यस आक्रमणमा लगभग १२०० जना मारिएका थिए भने २५१ जनालाई बन्धक बनाइएको थियो । हमासले बन्धक बनाएका २५१ जनामा एक जना नेपाली विद्यार्थी विपिन जोशी पनि रहेका छन् । हमासले यस आक्रमणलाई ‘अल-अक्सा फ्लड’ अपरेशनको नाम दिएको थियो । प्रतिक्रियामा, इजरायलले केही घण्टा पछि हमासविरुद्ध अपरेशन सोर्ड्स अफ आइरन सुरु गरेको थियो ।

 

यस प्रतिवेदनमा इजरायली सेनाको मूल्याङ्कन हमासले केवल गाजामा शासन गर्न चाहेको र इजरायली सेनासँग लड्नु यसको प्राथमिक लक्ष्य नभएको रहेको उल्लेख गरिएको छ । इजरायली सेनाले गरेको हमासको क्षमताको गलत अनुमान नै अक्टोबर ७ को घटना भएको प्रतिवेदनमा उल्लेख छ । सेनाका अधिकारीहरूले सबैभन्दा खराब अवस्थामा पनि हमासले केवल आठ क्षेत्रबाट जमिन आक्रमण गर्न अनुमान गरेका थिए, जुन गलत थियो । जबकी हमाससँग आक्रमण गर्न ६० भन्दा बढी मार्गहरू रहेको पाइएको छ । ७ अक्टोबर २०२३ अघि पनि हमास तीन पटक आक्रमण गर्न तयार थियो, तर विभिन्न कारणले ढिलाइ भएको थियो, जसलाई इजरायली सेनाले नजर अन्दाज गरेको थियो ।

 

आक्रमण हुनुभन्दा केही घण्टा अघि केही गडबड भएको संकेत देखिएको थियो । हमासका लडाकुहरूले आफ्नो फोन इजरायली नेटवर्कमा स्विच गरेका थिए । इजरायली सैन्य अधिकारीहरूले अक्टोबर ७ मा भएको आक्रमणका मास्टरमाइन्ड याह्या सिनवार (जो गत अक्टोबरमा मारिएका थिए) ले २०१७ मा आक्रमणको योजना बनाउन थालेको गुप्तचर निकायले देखाएको बताएका छन् । प्रतिवेदनले इजरायली सेनाको अत्यधिक आत्मविश्वास र पूर्वकल्पित धारणाहरूमा अत्यधिक निर्भरता आक्रमणको लागि जिम्मेवार रहेको बताएको छ । प्रतिवेदनमा कुनै पनि सैनिक वा अधिकारीलाई दोषी ठहराइएको छैन ।

 

धेरै इजरायलीहरू अक्टोबर ७ को गल्तीको लागि नेतान्याहू जिम्मेवार छन् भन्ने विश्वास गर्छन् । मानिसहरू आक्रमण हुनुभन्दा पहिले पनि नेतान्याहूको सरकारले धेरै गलत निर्णयहरू गरेको अहिले पनि विश्वास गर्दछन् । अक्टोबर २०२३ मा सुरु भएको इजरायल हमास युद्धका कारण गाजामा बसोबास गर्ने २१ लाख मानिसहरू विस्थापित हुनुपरेको थियो । जबकि ४० हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो । युद्ध पछि, गाजामा ९६ प्रतिशत कृषि स्रोतहरू नष्ट भएका छन् र ९१ प्रतिशत मानिसहरू भोकमरीको सामना गरिरहेका छन् । १६ प्रतिशत मानिसहरू अनिकाल जस्तो अवस्थामा बाँचिरहेका छन्, जबकि ४१ प्रतिशत जनसंख्याले गम्भीर खाद्यान्न अभावको सामना गरिरहेका छन् । अहिले गाजा पूर्णतया बाह्य सहायतामा निर्भर रहेको छ ।

 

जनवरी १९ मा दुवै पक्षबीच युद्धविराम सम्झौतामा हस्ताक्षर भएको थियो, जसमा दुवै पक्षले एकअर्काका बन्धकहरूलाई रिहा गर्न सहमति जनाएका थिए । यस युद्धविराम सम्झौता अन्तर्गत, बन्धकहरूको रिहाइ तीन चरणमा हुनेछ । जसको पहिलो चरण बुधबार सम्पन्न भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

तिला गाउँपालिकाद्वरा ठेक्काबाट १२ योजना निर्माण गर्दै

जुम्ला,  जिल्लाको तिलागाउँपालिकाले चालु आर्थिक वर्षमा ठूला विकासे योजना कार्यान्वयनलाई तीव्रता दिएको छ । यसै क्रममा भौतिक पूर्वाधार निर्माण र सडक विस्तारका १२ वटा आयोजनाका लागि ठेक्का आह्वान गरिएको गाउँपालिका अध्यक्ष मोतिलाल रोकायोले जानकारी दिनुभयो ।   उहाँले चालु आव २०८२/८३ का लागि स्वीकृत ठूला योजनाको...

कांग्रेस सभापति थापाद्वारा राजीनामा

काठमाडौँ, नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले राजीनामा दिनुभएको छ । उहाँले बुधबार पदबाट राजीनामा दिनुभएको पार्टी कार्यालयले जनाएको छ ।गत माघ १ गते सम्पन्न कांग्रेसको विशेष महाधिवेशनबाट उहाँ सभापतिमा सर्वसम्मत निर्वाचित हुनुभएको थियो ।यसैबीच, कांग्रेसले केन्द्रीय कार्यसमिति बैठक भोलि शुक्रबारका निम्ति आह्वान गरेको छ...

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

काठमाडौँ,  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ८०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु ५५, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो रु ६५, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु ७०, आलु रातो...

आज हातहतियारको होडबाजीविरुद्धको अन्तरराष्ट्रिय दिवस मनाइँदै

काठमाडौँ,  आज निःशस्त्रीकरण तथा अप्रसार सचेतना अन्तरराष्ट्रिय दिवस हो । हातहतियारको होडबाजी नियन्त्रण, आणविक अप्रसार र शान्ति सुरक्षासम्बन्धी चेतनामूलक कार्यक्रमका साथ विश्वका विभिन्न देशमा यो दिवस मनाइँदैछ ।संयुक्त राष्ट्रसङ्घको महासभाले ७ डिसेम्बर २०२२ मा यससम्बन्धी प्रस्ताव पारित गर्दै हरेक वर्ष ५ मार्चलाई हातहतियारको होडबाजीविरुद्धको...

बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा

कञ्चनपुर,  यहाँ जिल्लाको शुक्लाफाँटा नगरपालिका–८, चुरे फेदीस्थित धारापानी बस्तीका अधिकांश परिवारको जीविका परम्परागत बाख्रापालनमै निर्भर रहेको छ । बस्तीका नौ परिवारले बाख्रापालनलाई मुख्य पेसा बनाएर घरायसी खर्च धान्दै आएका छन् । कृषियोग्य जमिन कम भएको र वैकल्पिक आम्दानीको अभावका कारण यहाँका बासिन्दा बाख्रापालनमै आश्रित...

राष्ट्रिय महिला आयोगले मनायो २४औँ स्थापना दिवस

काठमाडौँ,  राष्ट्रिय महिला आयोगले २४औँ स्थापना दिवस मनाएको छ । आज यहाँ आयोगको स्थापना दिवस एवं ११६औँ अन्तराष्ट्रिय महिला दिवस (मार्च ८)को शुभकामना आदानप्रदान कार्यक्रममा आयोजना गरियो । कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले महिलाको हक, अधिकार संरक्षणका लागि महिला आयोगले महत्त्वपूर्ण योगदान पु¥याउँदै...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

मन्त्रालयद्वारा भक्तपुरमा अत्याधुनिक जनस्वास्थ्य प्रयोगशाला सञ्चालन

भक्तपुर,  बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयले भक्तपुरमा अत्याधुनिक प्रदेश जनस्वास्थ्य प्रयोगशाला (ल्याब) सञ्चालनमा ल्याएको छ । प्रदेश सरकारले काभ्रेपलाञ्चोकको धुलिखेलमा उक्त ल्याब सञ्चालन गर्ने भन्दै २०७५ पुस २९ गते स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशाला सञ्चालनमा आउन नसकेपछि स्थानान्तरण गरी सोमबारदेखि सूर्यविनायक नगरपालिका–८ सिपाडोलस्थित गणेश माध्यमिक...

गण्डकीमा १४ हजार निर्वाचन प्रहरी परिचालन हुँदै

गण्डकी,  आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका ११ जिल्लामा १४ हजार १२ जना निर्वाचन प्रहरी परिचालन हुने भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालयका अनुसार गोरखामा दुई हजार २०४, मनाङमा २३३, लमजुङमा एक हजार २१०, कास्कीमा दुई हजार आठ, तनहुँमा...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

ग्लोबल मनी वीक–२०२६ : शिवालयमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो।   कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...

जन्मदिनको अवसरमा वडाध्यक्ष जगत बहादुर शाहीद्वारा सहारा घरलाई सहयोग

बौनिया । बर्दगोरिया गाउँपालिका वडा नं. ४ का वडा अध्यक्ष जगत बहादुर शाहीले बर्दगोरियामा रहेको सहारा घरमा जन्मदिन मनाएका छन्। कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ४ निवासी शाहीले आफ्नो ३६ औँ जन्मउत्सव सहारा घरमा मनाएका हुन्।     वडा अध्यक्ष शाहीले आफ्नो जन्मदिनको अवसरमा आइतबार बर्दगोरिया...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

स्वास्थ्य र खेलकुदको सन्देशसहित ‘मिथिला कला’

काठमाडौ, काठमाडौँ कोटेश्वर सरस्वती माध्यमिक विद्यालयका भित्ताहरू अहिले मिथिलाकलाले रङ्गीन बनेका छन् । यहाँका कक्षा ४ र ५ का विद्यार्थीहरूको सिर्जनात्मक प्रयासले विद्यालय परिसरमा नयाँ आकर्षण थपिएको हो ।   काठमाडौँ महानगरपालिका र नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानको सहकार्यमा सञ्चालित शिक्षामा सीप कार्यक्रमअन्तर्गत ‘बुक–फ्री फ्राइडे’मा सहभागी विद्यार्थीहरूले विशेष...

तीन जिल्लाका बिरामीलाई सेवा दिँदै एक स्थानीय अस्पताल

तुलसीपुर (दाङ),  यहाँको राप्ती गाउँपालिकाद्वारा सञ्चालित राप्ती आधारभूत अस्पतालबाट तीन जिल्लाका बिरामी लाभान्वित भइरहेका छन् । लुम्बिनी प्रदेश राजधानीसमेत रहेको यस क्षेत्रमा सञ्चालित १५ शय्याको अस्पतालमा दाङको राप्ती, गढवा, बङ्गलाचुली गाउँपालिकासहित छिमेकी जिल्ला प्यूठान र अर्घाखाँचीका विभिन्न क्षेत्रबाट समेत बिरामी आउने गरेका छन् ।   अस्पताल...

म्याग्दीको रायखोर र कोटगाउँमा खेलमैदान निर्माण

म्याग्दी,  रघुगङ्गा गाउँपालिका–६ रायखोर र कोटगाउँमा बास्केटबल ‘कोर्ट’ निर्माण भएको छ ।रघुगङ्गा गाउँपालिकामा निर्माण भएको राहुघाट–मङ्गले–चिमखोला र अपर राहुघाट जलविद्युत् आयोजनाको प्रवद्र्धक कम्पनी तुँदी पावर कम्पनीको करिब रु ४० लाख सहयोगमा कोर्ट निर्माण भएको हो ।     आयोजनाले प्रभावित क्षेत्रको सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत उपलब्ध गराएको रु...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

दानुफाँटा नमुना सामुदायिक वनको १३औँ वार्षिक साधारण सभा सम्पन्न

कैलाली । कैलालीको बर्दगोरिया गाउँपालिका–३ बुटकुवा स्थित दानुफाँटा नमुना सामुदायिक वन उपभोक्ता समूहको १३औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।कार्यालयको प्राङ्गणमा आयोजित कार्यक्रममा सामुदायिक वनका अध्यक्ष टेकराज जोशीको सभापतित्व सुरु भएको कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष मनऋषि आचार्य प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९