डडेल्धुरा पुगेर गृहमन्त्रीले सुरु गरे भूकम्प पीडितलाई लाभग्राही अनुदान हस्तान्तरण

डडेल्धुरा । गृहमन्त्री रमेश लेखकले डेढ बर्षअघि डोटी भूकम्प प्रभावित लाभग्राहीलाई अनुदान रकम हस्तान्तरण थालनी गरेका छन् ।गृहमन्त्री लेखकले जिल्ला प्रशासन कार्यालय डडेल्धुरा पुगेर डडेल्धुराका भूकम्प प्रभावित लाभग्राही अमरगढी नगरपालिका–३ का प्रकाशराज उप्रेतीलाई अनुदान बाफतको पहिलो किस्ता रु ५० हजार हस्तान्तरण गरी सो कार्य आरम्भ गरेका हुन् ।

 

 

अनुदान रकम हस्तान्तरणपछि बोल्दै गृहमन्त्री लेखकले डोटी भूकम्पबाट प्रभावित लाभग्राहीहरुको स्थायी आभाव आगामी असार मसान्तभित्र निर्माण गरिसक्न आग्रह गरे । उनले डोटी भूकम्प गएको डेढ बर्षबितिसक्दा पनि पुर्ननिर्माण र प्रवलीकरणमा ढिलाई भएको बताउँदै आफूले बितेको सात महिनामा पुर्ननिर्माणका लागि मापदण्ड, बजेट व्यवस्थापन र कार्यविधि बनाएर पुर्ननिर्माणको कार्य आरम्भ गर्न गइरहेको जानकारी दिए ।

 

 

‘नीजि आवास निर्माणका लागि डेढ बर्ष बितिसक्दा पनि स्थायी आवास बनाउने प्रवन्ध गर्न सकेको थिएन ।’ गृहमन्त्री लेखकले भने, ‘अब प्रभावित जिल्लामा पुर्ननिर्माण द्रुत गतिमा गर्न इकाइ कार्यालय नै स्थापना गरेर अघि बढ्ने तयारीका साथ यहाँ आएका हौं ।’

 

 

उनले शुक्रबार बझाङ्ग, शनिबार अछाम र जाजरकोटमा आइतबार पुर्ननिर्माण तथा पुर्नस्थापना आयोजना कार्यान्वयन ईकाइ उद्घाटन गरिने जानकारी दिए । उनले बझाङ्ग, डोटी र डडेल्धुरामा भूकम्प प्रभावित क्षेत्रको विस्तृत क्षतिको आँकलन गरिएको भएपनि जाजरकोटमा क्षति आँकलन गर्न प्राविधिक टोली आवश्यक तालिमसहित खटाइने जानकारी दिए ।’जाजरकोटमा प्राविधिक टोली तालिम लिएर इकाइ खुलेपछि खटिनेछ ।’ उनले भने, ‘लाभग्राही छनौट लगायतका विषयमा स्थानीय सरकारको अहम भूमिका रहन्छ ।’

 

 

मन्त्री लेखकले भूकम्पपछिको पुर्ननिर्माणमा सहयोग गर्न स्थानीय सरकारसित समेत आग्रह गरे ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डा. भिष्मकुमार भूसालले डोटी भूकम्पबाट नौ हजार चार सयको हाराहारीमा प्रभावितको पहिचान भएको बताउँदै अब पुर्ननिर्माणले गति पाउनेमा जोड दिए ।

 

 

‘स्थायी आवास निर्माणका लागि रकम वितरणको कार्य थालनी गरेका छौं ।’ कार्यकारी प्रमुख डा भूसालले भने, ‘प्रारम्भ बिन्दू डडेल्धुराबाट भएको छ ।’त्यसैगरी डडेल्धुराका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले डडेल्धुराका विभिन्न पालिकामा गरी भूकम्पपछिको पुर्ननिर्माणमा २६ र प्रवलीकरणमा ५२ गरी ७८ लाभग्राही परिवारलाई सम्बोधन गरिने बताए ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

स्थानीय तहबाटै प्यान कार्ड जारी

गोरखा, हिमालपारिको चुमनुब्री गाउँपालिकाले गण्डकी प्रदेशमै पहिलोपटक स्थायी लेखा नंम्बर (प्यान) दिन सुरु गरेको छ । गण्डकी प्रदेशका ८५ स्थानीय तहमध्ये आफूहरुले पहिलोपटक स्थायी लेखा नम्बर दिन सुरु गरेको सो पालिकाका प्रमुख प्रशासकीय अधिकृत मनोज लामिछानेले बताउनुभयो ।   सरकारले गोरखालगायत विभिन्न ३८ जिल्लाका कर सेवा...

प्रत्यायोजित विधायन समितिले बारुदी सुरुङ र विस्फोटक पदार्थ सम्बन्धमा सुरक्षा निकायसँग छलफल गर्ने

काठमाडौँ, राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बारुदी सुरुङ तथा विस्फोटक पदार्थसम्बन्धमा शुक्रबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्ने भएको छ ।   आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गरेको सन्दर्भमा उक्त विषयलाई लिएर सरोकारवालासँग छलफल गर्न लागिएको समिति सभापति मायाप्रसाद शर्माले जानकारी दिनुभयो । समितिले उक्त छलफलमा...

आर्थिक उपार्जनको माध्यम बन्दै कफीखेती

धुलिखेल (काभ्रेपलाञ्चोक),  जिल्लाको डाँडापारिस्थित महाभारत गाउँपालिका–४ कोलटार लामाडाँडाका सिकान शङ्खलाल थोकर विदेशबाट फर्केपछि कफीखेती गर्दै आउनुभएको छ । उहाँसँगै गाउँका अरु किसानले पनि कफीखेतीलाई आर्थिक उपाजर्नको माध्यम बनाएका छन् ।   अहिले कफीको दाना टिप्ने मौसममा डाँडैभरि कफीको बगैँचाका बोटभरि लटरम्म फलेका फलले बोट लर्केको देख्न...

नयाँ वर्ष सन् २०२६ सुरु

काठमाडौँ,  ग्रेगोरियन पात्रोअनुसार आजदेखि इस्वी संवत्को नयाँ वर्ष सन् २०२६ सुरु भएको छ । येशु ख्रिस्टको जन्म भएको वर्षदेखि पादरी ग्रेगोरियनले सुरु गरेकाले यसलाई ग्रेगोरियन पात्रो भन्ने गरिएको हो । नयाँ वर्ष सन् २०२६ का अवसरमा यो पात्रो अनुसारको चाड पर्व मान्नेले आज एकापसमा...

सशस्त्र प्रहरी दिवसमा कैदीबन्दीलाई न्याना कपडा वितरण

वीरगञ्ज (पर्सा), सशस्त्र प्रहरी बल, नेपाल नं १३ गण हेडक्वार्टर पर्साले २५औँ सशस्त्र प्रहरी दिवसका अवसरमा वीरगञ्ज कारागारमा रहेका महिला कैदीबन्दीलाई न्यानो कपडा वितरण गरेको छ । सशस्त्र प्रहरीले आज यहाँ कारागारमा रहेका ६२ जना महिला कैदीबन्दीहरुलाइ सल र उनीहरुका पाँचजना बालबालिकालाई न्यानो कपडा वितरण...

राधानदीमा जलस्तर मापन गर्ने ‘रडार लेभल सेन्सर’ जडान

कञ्चनपुर, जिल्लाको बेदकोट नगरपालिका भएर बग्ने चौधरनदीको मुख्य सहायक राधानदीमा ‘रडार लेभल सेन्सर’ (आरएलएस) जडान गरिएको छ । बाढीको पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउने उद्देश्यका साथ नदीमा जलस्तर मापन गर्ने आधुनिक आरएलएस प्रविधि जडान गरिएको हो ।   इन्स्टिच्युट अफ हिमालयन रिस्क रिडक्सन, डिसिए नेपाल र नेपाल...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

त्रिवेणी (नवलपरासी), निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण भएको छ । विसं २०७५ मा  निर्माण सुरु गरिएको उक्त पुल आठ वर्षमा बल्ल बनेको हो । एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले २०७७ सालमा पुल निर्माण सक्ने गरी काम अघि बढेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

रानीकुण्डामा अज्ञात समूहको आतंक, गोठ र तीन परालखातमा मध्यराति आगजनी

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा अज्ञात समूहले आगजनी गरेको छ। गएराति करिब १२ बजेको समयमा तीनवटा परालखात र एक गोठमा आगो लगाइएको हो।     रानीकुण्डा निवासी उदयराम तिरुवाको गोठ र परालखातमा आगलागी हुँदा गोठमा प्रयोग गरिएको टिनका पाता, खामा तथा खुट्टाहरू...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

म्याग्दीका गौतमलाई अन्तरिक्ष विज्ञानमा विद्यावारिधी

म्याग्दी,  म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङका सुजन गौतमले अमेरिकाको ‘अलाबाबा’ राज्यमा रहेको ‘युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिल’ बाट अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । गौतमले पृथ्वीनजिक हुने सौर्यवायुको चक्र र अन्तरग्रहीय झट्काको प्रभाव शिर्षकमा अनुसन्धान गरी विद्यावारिधी हासिल गर्नुभएको हो ।   उहाँको अनुसन्धान...

गल्याङ नगर अस्पतालमा आयुर्वेद चिकित्सा सेवा

वालिङ (स्याङ्जा), यहाँको गल्याङ नगर अस्पतालमा आयुर्वेद चिकित्सा सेवा  सुरु गरिएको छ । नागरिकलाई शारीरिक, मानसिक र आध्यात्मिकरुपमा स्वस्थ एवम् सबल बनाउन नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएसँगै आयुर्वेद चिकित्सा सेवा पनि सुरु गरिएको हो ।     ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारालाई आत्मसात गर्दै आयुर्वेद...

यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १०५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२०, गोलभेँडा सानो...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९