बारा। बारा सदरमुकाम कलैया बघवन सडक खण्डमा आज बिहान यात्रुवाहक बस र मोटरसाईकल आमुने सामुने ठोकिँदा मोटरसाईकल चालक रौतहटका एक युवकको मृत्यु भएको छ। दुर्घटनामा परी मृत्यु हुनेमा रौतहटको फतुवा बिजयपुर नगरपालिका ५ बरगिनिया बस्ने वर्ष ३५को अनिल प्रसाद यादव रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले न्युज कारखाना लाई बताएका छन्।
आज बिहान सवा ३ बजे कलैया बघवन स्थित बरियारपुरबाट कलैया तर्फ जाँदैगरेको ना ६ ख ५०६७ नम्बरको बस र विपरित दिशाबाट जादै गरेको ना ३९ प ७३६७ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खादा मोटरसाईकल चालक यादव गम्भीर घाईते भएका थिए।उनलाई प्रादेशिक अस्पताल कलैयामा उपचारको लागि लागिएकोमा डाक्टरले चेकजाँच गर्दा मृत्यु भई सकेको घोषणा गरेको थियो ।मृतकको शव पोष्टमार्टमका लागि सोही अस्पतालको शब गृहमा राखिएको तथा घटनाबारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराको सूचनामा उल्लेख गरिएको छ


































































































































































