गणतन्त्रवादीहरु एकजुट हुन चित्रबहादुर केसीको प्रस्ताव

काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्रवादीहरु एकजुट हुनुपर्ने प्रस्ताव गरेका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै केसीले राजावादीको सक्रियता बढेकोतर्फ सचेत हुनुपर्ने बताउँदै विभिन्न लोकतन्त्रवादी शक्तिहरू बिच कार्यगत एकता वा गठबन्धन गर्नुपर्ने बताएका छन् ।

 

 

उनले भनेका छन् ‘प्रचण्डको अवसरवादी वा पदलोलुप क्रियाकलापका कारणले प्रतिगमनका विरुद्ध बनेको गठबन्धन टुट्न गएको छ र त्यसबाट पनि राजावादीलाई बल पुगेको छ । देशमा प्रतिगमनको खतरा बढेको बेलामा गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर शक्तिको कार्यगत एकता वा गठबन्धनको आवश्यकताप्रति हामीले अहिले पनि जोड दिन्छौँ’ ।

 

 

जनमोर्चाको विज्ञप्ति

राष्ट्रिय जनमोर्चाले २०८१ चैत २४ गतेदेखि ३० गतेसम्म सङ्घीयताका विरुद्ध राजधानी केन्द्रित आन्दोलन गर्दैछ । त्यो आन्दोलनलाई सम्पूर्ण रूपले सहयोग गर्नका लागि हामीले सबै न्यायप्रेमी जनतासित अपिल गर्दछौँ ।

 

 

फागुन ७ गते पूर्व राजा ज्ञानेन्द्र शाहले दिएको अभिव्यक्तिपछि राजावादीले राजतन्त्रको पुनर्स्थापनाको लागि आफ्नो अभियानलाई बढाएर लगेका छन् । उनीहरूले देशका कतिपय भागमा विभिन्न कार्यक्रमको आयोजना गरेका छन् । फागुन २५ गते पोखराबाट काठमाडौँ आउँदा पूर्व राजाको भव्य स्वागत गर्ने उल्लेख गरेका छन् । उनीहरूका यी सबै गतिविधिबाट गणतन्त्र र धर्म निरपेक्षताका साथै जनताको आन्दोलन र सङ्घर्षबाट प्राप्त उपलब्धिहरूमाथि खतरा बढेर गएको छ ।

 

 

देशमा प्रतिगमनको खतरा धेरै नै बढेर गएको कुरालाई हामीले बारम्बार चेतावनी दिँदै आइरहेका छौँ । विगतमा त्यसप्रकारका खतराहरूका विरुद्ध देशमा लोकतन्त्र, गणतन्त्र र धर्मनिरपेक्षताका पक्षमा जनताको एकताबद्ध आन्दोलन हुने गरेका छन् । त्यस्ता आन्दोलनहरू उठान गर्नका लागि विभिन्न लोकतन्त्रवादी शक्तिहरू बिच कार्यगत एकता वा गठबन्धन हुने गरेको छ । त्यस्ता गठबन्धन वा कार्यगत एकताहरू २०४६ वा २०६२–६३ सालका जनआन्दोलनहरूमा गरिएका थिए । राजावादीका साथै केपी शर्मा ओलीले अपनाएका प्रतिगामी नीतिका कारणले देश प्रतिगमन र अधिनायकवादतिर जाने खतरा बढेको बेलामा पनि पाँच दलीय गठबन्धन बनेको थियो । त्यो गठबन्धनका कारणले ओलीको प्रतिगमनलाई पराजित गर्नु सम्भव भएको थियो ।

 

 

तर प्रचण्डको अवसरवादी वा पदलोलुप क्रियाकलापका कारणले प्रतिगमनका विरुद्ध बनेको गठबन्धन टुट्न गएको छ र त्यसबाट पनि राजावादीलाई बल पुगेको छ । देशमा प्रतिगमनको खतरा बढेको बेलामा गणतन्त्र र धर्मनिरपेक्षता पक्षधर शक्तिको कार्यगत एकता वा गठबन्धनको आवश्यकताप्रति हामीले अहिले पनि जोड दिन्छौँ ।

 

 

अहिले देशमा जुन प्रकारको परिस्थिति सिर्जना भएको छ त्यसमा सरकारले अपनाएका गलत नीति, कुशासन वा भ्रष्टाचारको ठुलो भूमिका रहेको छ । त्यसरी जनतामा पैदा भएको असन्तोष र स्वयं गणतन्त्रप्रति बढ्दै गएको वितृष्णाका कारणले पनि पुनरुत्थानवादी शक्तिलाई धेरै बल पुगेको छ । तर नेपाली जनताले युगौँयुगदेखि सङ्घर्ष तथा त्याग र बलिदान गरेर प्राप्त गरेको गणतन्त्र र धर्मनिरपेक्षताको रक्षा गर्नु अहिले नेपालको राष्ट्रिय र ऐतिहासिक आवश्यकता बनेको छ ।

 

 

त्यसैले हामीले सम्पूर्ण लोकतान्त्रिक तथा गणतान्त्रिक शक्तिहरू बिच ऐक्यबद्धता कायम हुनु पर्ने आवश्यकतामा जोड दिन्छौँ । त्यसरी लोकतन्त्रवादी र गणतान्त्रिक शक्तिहरू बिचको ऐक्यबद्धता र कार्यगत एकताबाट नै देशलाई पश्चगमन वा निरङ्कुश राजतन्त्रतर्फ धकेल्ने प्रतिगामीहरूको प्रयत्नलाई असफल पार्न वा पराजित गर्न सम्भव हुने छ ।

 

 

राजावादीले नेपालको राष्ट्रियतामाथि विदेशी हस्तक्षेप बढ्दै गएको, भ्रष्टाचार, कुशासन बढेको वा महिलामाथि बलात्कार र हत्या समेत बढ्दै गएका कुरा बताएर ती समस्याको समाधानका लागि राजतन्त्रको पुनर्स्थापना हुनु आवश्यक भएको बताइरहेका छन् । उनीहरूको त्यसप्रकारको प्रचारका पछाडि गणतन्त्रलाई बदनाम गर्ने र निरङ्कुश राजतन्त्रका पक्षमा जनमत तयार गर्ने उद्देश्य रहेको स्पष्ट छ ।

 

 

वास्तविकता यो हो कि राजतन्त्रको बेलामा नेपालमा कोतपर्व लगायतका कैयौँ हत्याकाण्ड, महिलामाथिका बलात्कार, भ्रष्टाचार, तस्करी भएको कुरा इतिहास साक्षी छ । २०५८ सालमा नारायणहिटी दरबार हत्याकाण्ड पनि राजाकै पालामा घटेको घटना थियो । राजतन्त्रको बेलामा नेपालमा राष्ट्रियता विरुद्धका सन्धिसम्झौताहरू भएका कैयौँ ऐतिहासिक विवरणहरू प्रमाणका रूपमा रहेका छन् ।

 

 

राजा त्रिभुवनले नेपाललाई भारतमा मिलाउनका लागि नेहरूसित अनुरोध गरेको कुरा बारम्बार सार्वजनिक हुने गरेका छन् । नेपालमा राजाको शासन भएका बेलामा नै भारतले कालापानीमा कब्जा गरेको थियो र त्यसका विरुद्ध तत्कालीन राजाहरूले कहिल्यै पनि आवाज उठाएका थिएनन् । अहिले पूर्व राजाले पनि नेपालमा राजतन्त्र पुनर्स्थापना वा धर्मनिरपेक्षतालाई समाप्त गर्नका लागि भारतका कट्टर हिन्दुवादी शासकवर्गको समर्थन प्राप्त गर्ने प्रयत्न गरिरहेको आम रूपमा थाहा भएको कुरा हो । त्यो अवस्थामा राजाको शासन कायम भएपछि देशको राष्ट्रियता वा अखण्डताको रक्षा हुनेछ भन्ने सोच्नु गम्भीर गल्ती हुने छ ।

 

 

अहिले देशमा कुशासन चलिरहेका कारणले र सरकारले साम्राज्यवादी शक्तिप्रति सम्झौतापरस्त नीति अपनाएकोले नेपालको राष्ट्रियतामा धेरै नै आँच पुगेको छ । त्यसका विरुद्धमा देशभक्त जनताले सशक्त आवाज उठाउन आवश्यक छ । तर देशलाई प्रतिगमनतिर लगेर वा राजाको शासन कायम गरेर उक्त समस्या समाधान कहिल्यै पनि हुन सक्दैन । देशलाई अग्रगमनको दिशामा लगेर नै कुशासनलाई समाप्त गर्न सकिन्छ र राष्ट्रियतालाई पनि बलियो बनाउन सकिन्छ । त्यसकारण राजावादीद्वारा फैलाइएका सबै भ्रमबाट मुक्त भएर देशलाई अग्रगमनको दिशामा लैजानका लागि सङ्घर्ष गर्नुपर्ने आवश्यकतामा राष्ट्रिय जनमोर्चाले विशेष जोड दिन्छ ।

 

 

नेपालका उद्योगपति वा व्यापारीसित विद्युत्को अर्बौँ रुपैयाँ राजस्व उठ्न बाँकी रहेको र कुलमानले त्यो राजस्व नबुझाउने उद्योगपति वा व्यापारीको बिजुली लाइन काट्न खोजेको र ओली सरकारले त्यसरी काट्न नदिएको सम्बन्धी विवाद चर्को रूपले बाहिर आएको छ । राजस्व नतिर्ने व्यापारी वा उद्योगपतिको लाइन काट्ने कुलमानको नीतिलाई हामीले गलत मान्दैनौँ । उनले गरेको त्यस प्रकारको कारबाहीमा बाधा हाल्ने ओली सरकार वा ऊर्जामन्त्रीको नीति गलत भएको कुरा प्रस्ट छ । त्यही कारण दर्साएर कुलमानलाई बर्खास्त गर्ने सरकारको षड्यन्त्रमूलक कारबाहीलाई पनि हामीले गलत मान्दछौँ ।

 

 

उद्योगपति र व्यापारीसित विद्युत्को राजस्व ओली सरकारमा आउनुभन्दा पहिलेको अर्बौँ राजस्व पनि बाँकी रहेको थियो । तर त्यो बेला त्यो राजस्व उठाउनु वा विद्युत्को लाइन काट्न कुनै प्रयत्न गरिएको थिएन । ओली सरकारमा आएपछि नै त्यसरी बिजुलीको लाइन काट्न प्रयत्न गरिएको थियो । पहिले त्यसरी राजस्व उठाउन वा राजस्व नतिर्ने उद्योगपति वा व्यापारीको लाइन काट्ने कार्य किन गरिएन र ओली सरकारमा आएपछि नै कुलमानले किन त्यसका लागि पहलकदमी गरे ? यसबारे उनले स्पष्टीकरण दिनुपर्ने आवश्यकता छ । तर यो कुरा जेसुकै भए पनि विद्युत्को राजस्व नतिरेको कारणले लाइन काट्न कुलमानले जुन प्रयत्न गरेका छन्, त्यसलाई हामीले सही मान्दछौँँ र उनको त्यो कार्यलाई आधार बनाएर उनीमाथि भइरहेको षड्यन्त्रमूलक कारबाहीलाई हामीले गलत मान्दै त्यसको विरोध गर्दछौँ ।

 

 

अमेरिकामा अवैध रूपले बसेका नेपालीलाई अमेरिकाले नेपालमा फिर्ता पठाएको छ । त्यस सन्दर्भमा उनीहरूलाई नेल र हत्कडी लगाएर पठाएको कार्यप्रति हाम्रो पार्टीको गम्भीर ध्यान आकर्षित भएको छ । अमेरिकाको त्यो कार्य अन्तर्राष्ट्रिय कानुनका विरुद्ध र मध्ययुगीन प्रकारको कारबाही हो । अमेरिकाको त्यस प्रकारको व्यवहारप्रति हाम्रो पार्टीले घोर निन्दा र भर्त्सना गर्दछ ।

 

 

हामीले उक्त घटनाको विरोध गर्नुपर्ने आवश्यकताप्रति नेपाल सरकारका साथै त्यस प्रकारको अमानवीय कारबाहीका विरुद्ध आवाज उठाउनका लागि सम्पूर्ण न्यायप्रेमी जनताको ध्यान आकर्षित गर्न चाहन्छौँ । नेपालीहरूलाई मानव तस्करी गरेर ठुलो रकम असुली अमेरिका पठाउने कार्य गर्ने मानव तस्करहरूलाई कडा कारबाही गर्नका लागि हामीले सरकारसित माग गर्दछौँ । यसका साथै संसारका विभिन्न देशहरूमा मानव तस्कर गरी महिला तथा पुरूषहरूलाई विदेश पठाउने धन्धा गर्ने मानव तस्करहरूको आवश्यक छानबिन गरी कारबाहीका लागि सशक्त कदम उठाउन हामीले सरकारसित माग गर्दछौँ ।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

मेला–महोत्सवको लहरः आर्थिक गतिविधिमा टेवा

गण्डकी,  हरेक हिउँद याममा देशैभर मेला–महोत्सवको लहर नै चल्छ । गण्डकी प्रदेश पनि यतिबेला महोत्सवय बनेको छ । ठाउँ र पर्व विशेषका स–साना उत्सव, मेलादेखि जिल्लास्तरमा भइरहेका ठूला महोत्सवले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाएका छन् । मेला–महोत्सवको आयोजनाबाट आर्थिक गतिविधि र पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने...

प्रत्यायोजित विधायन समितिले बारुदी सुरुङ र विस्फोटक पदार्थ सम्बन्धमा सुरक्षा निकायसँग छलफल गर्ने

काठमाडौँ, राष्ट्रियसभाको सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिले बारुदी सुरुङ तथा विस्फोटक पदार्थसम्बन्धमा शुक्रबार सुरक्षा निकायका प्रमुखसँग छलफल गर्ने भएको छ ।   आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गरेको सन्दर्भमा उक्त विषयलाई लिएर सरोकारवालासँग छलफल गर्न लागिएको समिति सभापति मायाप्रसाद शर्माले जानकारी दिनुभयो । समितिले उक्त छलफलमा...

अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४३ रुपैयाँ ७४ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३४ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६७ रुपैयाँ ८५ पैसा र बिक्रीदर...

इन्टरनेट बन्दबीच इरानमा उग्र प्रदर्शन

दुबई, (रासस/एपी) : इरानको सरकारले इन्टरनेट तथा अन्तर्राष्ट्रिय टेलिफोन सेवा पूर्ण रूपमा बन्द गरे पनि शुक्रबार राजधानी तेहरानसहित विभिन्न सहरमा व्यापक विरोध प्रदर्शन भएका छन् । निर्वासित युवराज रेजा पहलवीले प्रदर्शनका लागि आह्वान गर्नुभएपछि प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन् । तेहरान र अन्य सहरका सडकहरूमा प्रदर्शनपछि...

इन्टरनेट बन्दबीच इरानमा उग्र प्रदर्शन

दुबई, (रासस/एपी) : इरानको सरकारले इन्टरनेट तथा अन्तर्राष्ट्रिय टेलिफोन सेवा पूर्ण रूपमा बन्द गरे पनि शुक्रबार राजधानी तेहरानसहित विभिन्न सहरमा व्यापक विरोध प्रदर्शन भएका छन् । निर्वासित युवराज रेजा पहलवीले प्रदर्शनका लागि आह्वान गर्नुभएपछि प्रदर्शनकारीहरू सडकमा उत्रिएका हुन् । तेहरान र अन्य सहरका सडकहरूमा प्रदर्शनपछि...

चौरासी जनाले आँखाको ज्योति पुनः प्राप्त गरे

सिन्धुपाल्चोक, २५ पुसः सिन्धुपाल्चोकको मेलम्चीमा भएको मोतियाविन्दु शल्यक्रिया शिविरपछि ८४ जनाले आँखाको ज्योति पुनः प्राप्त गरेका छन् । मेलम्ची नगरपालिका–११ स्थित तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीको आयोजनामा बुधबार र बिहीबार दुई दिनसम्म मोतियावन्दु शल्यक्रिया शिविर सञ्चालन गरेको हो । तिलगङ्गा सामुदायिक आँखा केन्द्र मेलम्चीका...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

मधेस प्रदेश सरकार गठन भएको एक महिनासम्म पनि मन्त्रिमण्डल अपूर्ण

धनुषा,  मधेस प्रदेशमा मुख्यमन्त्री कृष्णा यादवको नेतृत्वमा नयाँ सरकार गठन भएको झण्डै एक महिना पुग्न लाग्दा पनि मन्त्रिमण्डलले पूर्णता पाउन सकेको छैन । सरकार गठनसँगै चुस्त, प्रभावकारी र जनमुखी शासन सञ्चालन गर्ने प्रतिबद्धता जनाइए पनि हालसम्मको अवस्था त्यसविपरीत देखिएको छ । छ दलको समर्थनमा गत...

प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग

मकवानपुर,  बागमती प्रदेशसभाका विपक्षी दलहरूले तत्काल प्रदेशसभाको हिउँदे अधिवेशन बोलाउन माग गरेको छन् । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र हाम्रो नेपाली पार्टीले बुधबार मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई ज्ञापनपत्र बुझाउँदै अधिवेशन आह्वान गर्न माग गरेका हुन् । विपक्षी दलहरूले सरकार संसद्प्रति उत्तरदायी नभएको,...

आठ वर्षमा बन्यो केरुङ्गे खोलामा पुल

त्रिवेणी (नवलपरासी), निर्माण सुरु गरिएको आठ वर्षमा नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको कावासोतीस्थित केरुङ्गे खोलामा पुल निर्माण भएको छ । विसं २०७५ मा  निर्माण सुरु गरिएको उक्त पुल आठ वर्षमा बल्ल बनेको हो । एडभेन्चर कन्स्ट्रक्सन कम्पनीले २०७७ सालमा पुल निर्माण सक्ने गरी काम अघि बढेको...

बुटवलमा औद्योगिक प्रदर्शनीको तयारी पूरा

लुम्बिनी,  १६औँ राष्ट्रिय औद्योगिक प्रदर्शनी, कृषि, प्रविधि तथा पर्यटन महोत्सव, २०८२ तयारी पूरा भएको छ । रुपन्देही उद्योग सङ्घको आयोजना तथा बुटवल उपमहानगरपालिका र नेपाल उद्योग परिसङ्घको संरक्षकत्वमा यही पुस ३ गतेदेखि १७ गतेसम्म बुटवलस्थित अन्तरराष्ट्रिय प्रदर्शनी केन्द्रमा आयोजना हुने महोत्सवको सम्पूर्ण तयारी पूरा...

हिउँद मौसमः वर्षा कम तर अधिकतम र न्यूनतम तापक्रम बढी हुने

काठमाडौँ,  यही मङ्सिर १५ देखि फागुन १६ सम्म हिउँदको समयमा देशका अधिकांश क्षेत्रमा सरदरभन्दा कम वर्षा हुने भएको छ । यस्तै, अधिकतम तापक्रम र न्यूनतम तापक्रम पनि सरदरभन्दा बढी नै रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।   विभागले बुधबार सार्वजनिक गरेको आकलनअनुसार यस...

रानीकुण्डामा अज्ञात समूहको आतंक, गोठ र तीन परालखातमा मध्यराति आगजनी

कैलाली । कैलाली जिल्लाको बर्दगोरिया गाउँपालिका वडा नम्बर ३ रानीकुण्डामा अज्ञात समूहले आगजनी गरेको छ। गएराति करिब १२ बजेको समयमा तीनवटा परालखात र एक गोठमा आगो लगाइएको हो।     रानीकुण्डा निवासी उदयराम तिरुवाको गोठ र परालखातमा आगलागी हुँदा गोठमा प्रयोग गरिएको टिनका पाता, खामा तथा खुट्टाहरू...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

म्याग्दीका गौतमलाई अन्तरिक्ष विज्ञानमा विद्यावारिधी

म्याग्दी,  म्याग्दीको मालिका गाउँपालिका-६ दरवाङका सुजन गौतमले अमेरिकाको ‘अलाबाबा’ राज्यमा रहेको ‘युनिभर्सिटी अफ अलाबामा इन हन्ट्सभिल’ बाट अन्तरिक्ष विज्ञान विषयमा विद्यावारिधि उपाधि हासिल गर्नुभएको छ । गौतमले पृथ्वीनजिक हुने सौर्यवायुको चक्र र अन्तरग्रहीय झट्काको प्रभाव शिर्षकमा अनुसन्धान गरी विद्यावारिधी हासिल गर्नुभएको हो ।   उहाँको अनुसन्धान...

गल्याङ नगर अस्पतालमा आयुर्वेद चिकित्सा सेवा

वालिङ (स्याङ्जा), यहाँको गल्याङ नगर अस्पतालमा आयुर्वेद चिकित्सा सेवा  सुरु गरिएको छ । नागरिकलाई शारीरिक, मानसिक र आध्यात्मिकरुपमा स्वस्थ एवम् सबल बनाउन नागरिक आरोग्य सेवा केन्द्र स्थापना गरिएसँगै आयुर्वेद चिकित्सा सेवा पनि सुरु गरिएको हो ।     ‘मेरो स्वास्थ्य, मेरो जिम्मेवारी’ भन्ने नारालाई आत्मसात गर्दै आयुर्वेद...

यस्तो छ आजका लागि कालीमाटीको कृषिउपज थोक मूल्य

काठमाडौँ, कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ ।समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ११०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु १२०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु १०५, गोलभेँडा सानो (टनेल) प्रतिकिलो रु १२०, गोलभेँडा सानो...

एनपिआइ नारायणी सामुदायिक अस्पतालले साधारण शेयर बिक्री गर्ने

काठमाडौँ,  एनपिआइ नारायणी सामुदायिक अस्पताल लिमिटेडले साधारण शेयर बिक्री गर्ने भएको छ । विद्यमान धितोपत्र दर्ता तथा निष्काशनसम्बन्धी नियमावली र धितोपत्र निष्काशन तथा बाँडफाँडसम्बन्धी निर्देशिकामा भएको व्यवस्था बमोजिम निकट भविष्यमा सर्वसाधारणका लागि प्राथमिक शेयरको सार्वजनिक निष्काशन गर्ने भएको हो । कम्पनीले उक्त शेयर निष्काशनका...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2026 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९