रौतहटको लालबकैया नदीमा प्रहरी, वन र स्थानीय निकायलाई ‘मिलाएर’ अबैध उत्खनन्

रौतहट – रौतहटको पश्चिम उत्तरीभेग फतुवा विजयपुर, गुजरा र कटहरिया नगरपालिका अन्तर्गत लालबकैया नदीमा तीब्र रुपमा अबैध उत्खनन भइरहेको छ।फतुवा विजयपुरको भैंसही भन्दा उत्तर, गुजाराको जंगलसहिया, पशुपति टोल, सिमरी र कटहरियाको ढोलबाजा घाट लालबकैया नदीमा व्यापारी तथा तस्करहरूले तीब्र रुपमा नदी उत्खनन् गरिरहेको पाइएको छ।

 

 

तीन वटै नगरपालिकाले लालबकैया नदीको टेण्डर नगरे पनि स्थानीय प्रहरी र वन कर्मचारीलाई पैसा दिएर बिहानैदेखि दर्जनौं ट्याक्टरमा बिना रोकटोक नदीजन्य पदार्थ गिट्टी, बालुवा, मिक्स ग्राभेल ढुवानी गरिरहेको प्रत्यक्षदर्शीले बताएका छन्।भैंसही बुटवास्थित स्थानीय राजु लामाले ८/१० जना लेबर राखेर एका बिहानैदेखि बेल्चा प्रयोग गरी उत्खनन् गरेको मिक्स ग्राभेल चार वटा ट्याक्टर बाट ढुवानी गराउँछन्।उनले दैनिक २० टिप भन्दाबढी नदीजन्य पदार्थ हिमालीबास गाउँभन्दा उत्तर चौरमा स्टक गर्ने गरेको प्रत्यक्षदर्शी रुपेश यादवले बताएका छन्।

 

 

लामाकै जस्तो अन्य कैयौं व्यापारी तथा तस्करहरूले फतुवा विजयपुर नगरपालिका अन्तर्गत लालबकैया नदीबाट अवैध रुपमा नदीजन्य पदार्थ ढुवानी गरिरहेको यादवले जानकारी दिएका छन्।त्यसैगरी, गुजरा कटहरियाको सिमानामा पर्ने लालबकैया नदीको ढोलबाजा, जंगलसहिया, पशुपति टोल, सिमरी घाटमा बिहानैदेखि दर्जनौं लेबर खटाएर मिक्स ग्राभेल उत्खनन् गर्ने र दिनभरि ट्याक्टरमा ढुवानी गर्ने गरेको प्रत्यक्षदर्शीले बताएका छन्।पछिल्लो कैयौं महिनादेखि यो क्रम जारी रहेको छ तर उनीहरूलाई कुनै निकायले रोकछेक गर्दैनन्।

 

 

आफ्नो घर कामको लागि नदीबाट एक ट्याक्टर बालुवा ल्याउँदा स्थानीय प्रहरीले अनेक बाधा अड्चन लगाउने गरेको छ। तर, अबैध उत्खनन् गर्नेहरू दिनभरि नदीजन्य पदार्थ ढुवानी गर्दा प्रहरी मुकदर्शक बनेको स्थानीय समाजसेवी राजकुमार महतोले गुनासो गरे।’दिनभरि अबैध उत्खनन् गरेर उनीहरू जंगलसहिया, पोखरभिन्डा, भसेढावा गाउँस्थित बाटोमै थुपारेर राख्छन्, पछि माग अनुसार बिक्री गर्छन्,’ समाजसेवी महतोले भने।यसरी जथाभावी बाटोछेउमा नदीजन्य पदार्थको स्टक गर्नाले दुर्घटनाको जोखिम बढेको स्थानीयले गुनासो गरेका छन्।

 

 

अबैध रुपमा उत्खनन् गरी नदीजन्य पदार्थ ढुवानी गर्नेहरूले स्थानीय प्रहरी, वन कर्मचारी र कतिपय जनप्रतिनिधिलाई समेत मिलाएको स्थानीय रुपेश यादवले जानकारी दिए।अबैध उत्खननको कारण एकातर्फ नेपाल सरकारको लाखौं रुपैयाँ राजश्व घुमिरहेको छ भने अर्कोतर्फ ढोलबाजा घाटमा करोडौंको लागतमा निर्माण गरिएको लालबकैया नदीको पुल भासिने जोखिम बढेको छ।कुनै पनि भौतिक पूर्वाधारको ५०० मिटर टाढा उत्खनन् गर्नुपर्ने नियमलाई यहाँ बेवास्ता गर्दै तस्करहरुले पुलछेउमै उत्खनन् गरिरहेको देखिएको छ।

 

 

नदीको अबैध उत्खनन् नियन्त्रण तथा नियमन गर्ने जिम्मा जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय , डिभिजन वन कार्यालय र स्थानीय निकायको हुन्छ।तर, रौतहटको हकमा नियमनकारी ती निकायहरू हालसम्म मौन रहेको स्थानीय सञ्चारकर्मी कृष्ण तिवारीले गुनासो गरेका छन्।

 

इलाका प्रहरी कार्यालय विजयपुरका प्रमुख इन्स्पेक्टर इन्द्रमणि अधिकारीले उक्त ठाउँमा अबैध उत्खननबारे आफूलाई कुनै जानकारी नभएको बताए।जिल्ला समन्वय समितिका अध्यक्ष रामअयोध्या यादवले अनभिज्ञता प्रकट गर्दै नियमन गर्ने प्रतिवद्धता जनाए।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

एउटै वडामा पाँच जलविद्युत् आयोजना निर्माण

म्याग्दी,  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन र १७३ दशमलव १४ मेगावाटका दुई वटा आयोजना निर्माणको प्रक्रियामा छन् ।   अन्नपूर्ण–४ का वडाध्यक्ष...

यातायात र भान्छालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार लागिपरेको छः मन्त्री घिसिङ

काठमाडौँ, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले यातायात र भान्सालाई विद्युतीकरणमा परिवर्तन गर्न सरकार गम्भीर भएर लागेको बताउनुभएको छ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको २९औँ वार्षिकोत्सव समारोहलाई आज यहाँ सम्बोधन गर्दै मन्त्री घिसिङले केही काम भएको र अझै धेरै काम गर्न बाँकी रहेको बताउनुभयो ।...

सहकारीद्वारा मकैको पीठो बजारीकरण

गुल्मी, यहाँको मुसिकोट नगरपालिकामा सहकारीमार्फत मकैको पीठो ब्रान्डिङ गरेर बजारीकरण गरिएको छ । मुसिकोट नगरपालिका–३ स्थित साना किसान कृषि सहकारी संस्थाले बडागाउँ फेदीमा स्थापना गरेको खाद्य प्रशोधन उद्योगबाट मकैको पीठो उत्पादन गरिएको हो । बजारमा मकैको पीठोको माग बढ्न थालेको साना किसान कृषि सहकारी संस्थाका...

चिनियाँ राष्ट्रपति सी र रूसी प्रधानमन्त्री मिखाइल मिशुस्टिन बीच बेइजिङमा भेटवार्ता

बेइजिङ, चिनियाँ राष्ट्रपति सी जिनपिङले मङ्गलबार बेइजिङमा रूसी प्रधान मन्त्री मिखाइल मिशुस्टिनसँग भेटवार्ता गरी बहु पक्षिय सहयोग र विकास रणनीतिको समन्वयका लागि आह्वान गर्नु भएको छ ।राष्ट्रपति सीले यस वर्षको सुरुदेखि नै चीन र रूसले उच्च–स्तर र उच्च–गुणस्तरको विकास लक्ष्यहरूको साथ शान्तिको लागि बाह्य...

बाक्लो सङ्ख्यामा देखिन थाले निकुञ्जमा बाघ

चितवन, सोमबार चितवन राष्ट्रिय निकुञ्ज घुम्न गएका बेलायती पर्यटकको समूहले प्रत्यक्ष बाघ अवलोकन गर्ने अवसर पाए । गत साता हल्याण्डका पर्यटकले पनि बाघ देखेपछि उत्साहित हुँदै खुशी व्यक्त गरेका थिए । पर्यटक र निकुञ्जका कर्मचारी, सुरक्षाकर्मीले पनि हिजोआज विगतका तुलनामा बढी बाघ देख्न थालेका छन्...

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३५ पैसा निर्धारण गरिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ २५ पैसा र...

बागमती प्रदेशसभा बैठक कात्तिक तेस्रो साता

बागमती,  लामो समयदेखि बस्न नसकेको बागमती प्रदेशसभाको बैठक कात्तिक तेश्रो साता बस्ने तयारी भइरहेको छ । प्रदेशका उपसभामुख अप्सरा चापागार्ईँका अनुसार छठ पर्वलगत्तै प्रदेशसभाको बैठक बोलाउने तयारी भइरहेको छ । प्रदेशसभा प्रतिनिधित्व गर्ने राजनीतिक दलका नेताहरुसँग प्रदेशसभाको बैठक आह्वान गर्ने विषयमा छलफल भइरहेको उहाँले...

पर्यटक बोलाउन ‘जाउँ है बेगनास पोखरा’ कार्यक्रम

गण्डकी,  होटल तथा रेष्टुरेन्ट एशोसिएसन, लेखनाथको आयोजना एवम् नेपाल पर्यटन बोर्ड र पोखरा भ्रमण वर्ष २०२५ को सहयोगमा आइतबारदेखि पश्चिम नेपालमा जाउँ है बेगनास पोखरा कार्यक्रम सञ्चालन गरिएको छ ।पश्चिम नेपालका बुटबल, बर्दिया, सुर्खेतलगायतका क्षेत्रलाई लक्षित गरी लेखनाथ क्षेत्रका पर्यटन व्यवसायी एवम् पर्यटन सम्बद्ध...

ट्रङ्कलाइन विवादः संवादबाट समस्या समाधान गर्न मुख्यमन्त्रीको आग्रह

अर्घाखाँची, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले डेडिकेटेड फिडर र ट्रङ्कलाइनको बक्यौता नतिरेका उद्योगहरूको विद्युत् आपूर्ति बन्द भएको विषयमा वार्ता र संवादको माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभएको छ ।नेपाल विद्युत् प्राधिकरणले विद्युत् आपूर्ति बन्द गरेपछि प्रदेशका विभिन्न उद्योग बन्द हुन पुगेका, सयौँ श्रमिक रोजगारीविहीन बनेका...

असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने सच्चा नेता : मुख्यमन्त्री कँडेल

कर्णाली,  कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले असहज परिस्थिति र चुनौतीबीच अगाडि बढ्न सक्ने मात्र सच्चा नेता हुने बताउनुभएको छ । अखिल नेपाल महिला सङ्घ कर्णाली प्रदेश कमिटीले आज सुर्खेत वीरेन्द्रनगरमा आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री कँडेलले मुलुकको जटिल परिस्थितिमा संविधानको रक्षा...

जो डाक्टर नभएपनि बिरामी निको पार्छन्…

घोडाघोडी (कैलाली), यहाँको कैलारी गाउँपालिका–५ पवेरास्थित ६५ वर्षीय रामदास कठरियाको घरमा दैनिकजसो बिहानैदेखि बिरामीको भीड लाग्छ । कसैको हात समाउँदै, कोही लट्ठी टेक्दै त कोही एम्बुलेन्समा आइपुग्छन् । यहाँ आउने सबैका आँखामा सञ्चो भएर फर्किने उत्कट चाहना देखिन्छ ।   गाउँका सबैले कठरियालाई स्नेहपूर्वक “रामदास डाक्टर”...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

विपन्न वर्गका विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री

भोजपुर,  समाजसेवी लीला राईले पौवादुङमा गाउँपालिका–२ सिंहजलेश्वरी आधारभूत विद्यालयका ३२ विद्यार्थीलाई पोसाक र शैक्षिक सामग्री प्रदान गर्नुभएको छ ।यसअघि भूकम्पले जीर्ण भएको विद्यालय भवन निर्माणका निम्ति उहाँले आर्थिक सहयोग गर्नुभएको थियोभने जिल्लाको सबैभन्दा अग्लो सिलिचुङ चुचुरोमा सुम्निमा र पारुहाङको प्रतिमा निर्माणको लागि रु ११...

पन्ध्र शय्याको बागलुङ नगर अस्पतालमा दुई मेडिकल अधिकृत

गलकोट (बागलुङ),  पन्ध्र शय्याको बागलुङ नगर अस्पतालले स्थापनाको तीन वर्षपछि दुई मेडिकल अधिकृतबाट आफ्नो सेवालाई थप विस्तार गरेको छ ।नगरपालिकाले २०७८ असोज ८ गते पैयुपाटा स्वास्थ्यचौकीलाई १५ शय्यामा स्तारोन्नति गरेको थियो । दरबन्दीअनुसारको चिकित्सक र उपकरणको अभाव खेप्दै आएको अस्पतालले हालै एक्सरे र भिडियो...

बर्दगोरियामा सम्पन्न मैत्रीपूर्ण फुटबलको उपाधि कोटागढी बजारलाई  

कैलाली। कैलालीको बर्दगोरियामा सम्पन्न तेस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिताको उपाधि कोटागढी बजारले हात पारेको छ । शनिवार भएको फाइनल खेलमा कोटागढी बजारले बौनिया बजारलाई ३–२ गोल अन्तरले पराजित गर्दै उपाधि चुमेको हो ।   निर्धारित समयमा गोल रहित बराबरी भएपछि खेल ट्राई ब्रेकरमा धकेलिएको थियो । ट्राई...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९