काठमाडौं । नेकपा एमालेका प्रतिनिधि सभाका प्रमुख सचेतक महेश बर्तौलाले केही दिनयतादेखि राजावादीहरुले संविधानविरोधी गतिविधि गरेको भन्दै सरकारको ध्यानाकार्षण गराएका छन् ।मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पूर्वराजा ज्ञानेन्द्रकै उक्साहटमा जनता सडकमा आएका र त्यहाँ संविधानविपरीत र राष्ट्र हितविपरीतका गतिविधि भएको बताएका हुन् ।
उनले भने- ‘पछिल्लो केही दिनदेखि पूर्वराजा ज्ञानेन्द्रको नामबाट, उहाँको निर्देशनबाट, उहाँको उक्साहटबाट समाजमा संविधानविपरीतका कार्यहरु भइरहेका छन् । पञ्चायतकालीन राष्ट्रि गान गाउने, मुलुकको राष्ट्रिय गानको अपमान गर्ने, यस खालका संविधानविरोधी गतिविधिहरु भइरहेका छन् । यी सबै कामहरु गर्न पूर्वराजा ज्ञानेन्द्र स्वयंले उक्साहट दिइरहेका छन् । उनको स्वयं आफ्नो उपस्थिति रहेको छ ।’
साथै, राजावादीहरुको विरोध प्रदर्शनमा भारतका उत्तर देशका मुख्यमन्त्री आदित्यनाथको तस्वीरसमेत प्रयोग गरिएको स्मरण गराउँदै उनले यसलाई राष्ट हितविपरीतको कामको संज्ञा दिदै कानुनी दायरामा ल्याउन आवश्यक रहेको बताए ।लोकतन्त्रको विकल्प राजतन्त्र हुन नसक्ने उनले बताउदै बर्तौलाले संग्राहलयमा थन्किएको राजतन्त्रबाट फेरि पनि हुकम प्रमाङ्गी चलाउँछु भन्ने सपना नदेख्न पूर्वराजालाई चेतावनी समेत दिएका थिए ।


































































































































































