भिषा नियम उलङ्घन गरेमा अमेरिकावाट निष्काषित गरिनेछ: अमेरिकी दुतावास

काठमाडौं। भिषा नियम उलङ्घन गरेमा अमेरिकाले निष्काषन गर्ने भएको छ।नेपालस्थित अमेरिकी दुतावासले एक सुचना जारी गर्दै सो चेतावनी दिएको हो।`अमेरिकी भिसा जारी भइसकेपछि पनि भिसा जाँचको क्रम रोकिँदैन। सबैले अमेरिकी कानुन र आप्रवासन नियमहरू पालना गरिरहेका छन् भन्ने सुनिश्चित गर्न हामी निरन्तर रूपमा भिसा वाहकहरूको जाँच गर्छौं,´दुतावासले भनेको छ, `र यदि उनीहरूले नियम उल्लंघन गरेको खण्डमा हामी उनीहरूको भिसा रद्द गरी देशबाट निष्कासन गर्नेछौं।`

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०८०/२०८१