काठमाडौं । संघीय संसदका दुई समितिको बैठक बस्दैँछ । संघिय संसद सचिवालय सिंहदरबार परिसरमा ती बैठक बस्नेछन् । सचिवालयका अनुसार आज कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ः०० बजे देखी सुरू हुनेछ भने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुने जनाइएको छ ।


































































































































































