काठमाडौं । तीन दलको शिर्ष नेताको बैठक अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शितल निवास पुगेका छन् ।संक्रमणकालिन न्यायका बिषयमा प्रधानमन्त्री केपी शर्मा ओलीले आब्हान गरेको तीन दलको शिर्ष नेताको बैठकमा सहभागी हुनु अघि राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतलनिवास पुगेका हुन ।
भेटमा समसमायिक राजनीतक र राजावादीहरूको पछिल्लो गतिविधिका बारेमा छलफल भएको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ । सोलुखम्बुको एक कार्यक्रममा सहभागी भएर राष्ट्रपति पौडेल फर्के लगत्तै प्रचण्ड शितल निवास पुगेका हुन् । अहिले प्रधानमन्त्री ओली, नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच पनि भेटवार्ता भइहेकाे छ ।यस पछि मन्त्रिपरिषद बैठक बस्ने बुझिएको छ ।


























































































































































