काठमाडौं । स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा सुर्य बहादुर थापा नियुक्त भएका छन् । थापालाई मंगलबार (आज) मन्त्रिपरिस्तरीय निर्णयबाट बोर्डको अध्यक्षमा नियुक्त गरिएको हो । यसअघि बसेको मन्त्रिपरिषद् बैठकले बोर्डको कार्यकारी निर्देशकमा डा. राघुराज काफ्लेलाई नियुक्त गरेको थियो ।
जाजरकोट । ग्लोबल मनी वीक–२०२६ को अवसरमा जाजरकोट जिल्लाको शिवालय गाउँपालिकामा वित्तीय साक्षरता सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा शिवालय गाउँपालिका वडा नं. ८ का वडा अध्यक्ष जसबिर वलि प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रमको सभापतिमा शिवालय बजार व्यवस्थापन समितिकी सदस्य तथा केन्द्र नं. ७ की...






















































































































































