राजतन्त्रबादीहरुको वास्तविक अवस्था चैत १५ गते नै उदाङ्गो भईसकेको छ : प्रधानमन्त्री ओली

सिरहा। प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्रबादीहरुको वास्तविक अवस्था जनआन्दोलनको नाममा चैत १५ गते भएकोे विध्वन्सकारी गतिविधिले उदाङ्गो भएको बताएका छन्।नेकपा एमालेका अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले पार्टीको ११ औं सिरहा जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्वोधन मंगलबार गर्दै १५ गतेको कृयाकलापले उनीहरुको वास्तिाविक चरित्र उदाङ्गिएको बताएका हुन्।

 

उनले अवका जनताले यस्ता खालका गतिविधीलाई स्वीकार गर्न नसक्ने यबताए। प्रधानमन्त्री ओलीले भने, ‘यस्ता खालका विध्वसंकारी तत्वलाई कुनै पनि हालतमा स्वीकार गर्न सकिदैन। हामीले स्वीकार गर्नु पनि हुँदैन। त्यसको लागि तहाईं हामी सवै मिलाएर सहि जवाफ दिनै पर्छ।’

‘राजतन्त्र फर्कीने कुनै सम्भावना नै छैन, अर्काको घरमा आगो लगाउने, औषधी उद्योगमा आगो झोस्ने, मिडियामा आक्रमण गर्ने तत्वको हातमा सत्ता पुग्यो भने के हुन्छ होला?’ प्रधानमन्त्री ओलीले प्रतिप्रश्न गरे, ‘राजतन्त्र फर्किन्छ भन्ने कुरा राती देखेको सपना होइन, दिउँदै घामलागेको बेला देखेको सपना हो। दिउँसो देखेको सपना कहिल्यै पुरा हँदैन। राजतन्त्र कुनै हालतमा फर्कदैंन।’

 

ठूलो वलिदानी पस्ता प्राप्त यो व्यवस्था सवैभन्दा उत्कृष्ट भएको प्रधानमन्त्री ओलीले ठोकुवा गरे। उनले भने, ‘यो दुनियाकै उकृष्ट व्यवस्था हो। समाजिक न्याय, समानता, न्याय र सुशासनको पक्षमा हाम्रो ध्यान जनु पर्छ। यसको विकल्पको परिकल्पना सम्म गर्न सकिंदैन।’

 

मन्तव्यकै क्रममा प्रधानमन्त्री ओलीले देशका ठूला र पुरानो पार्टी मिलेर सरकार चलाई रहेकोले यो सरकार चुनावसम्मै जाने बताए। उनले भने, ‘देशको सवैभन्दा ठूलो र पुनानो पार्टीहरु नेकपा एमाले र नेपाली काँग्रेससहित अरु पार्टीपनि मिलेर यो सरकार बनेको छ। सरकार चुनावसम्मै जान्छ। आजै सरकार ढल्छ। भरै सरकार ढल्छ भन्नेहरु पनि थाकीसके। नेतृत्व फेरबदल हुनसक्छ। तर, सरकार चुनावसम्मै जान्छ।’

 

उनले जिल्लाको नेतृत्व सवैलाई स्वीकार्य हुने र सकेसम्म सर्वसम्मत रुपमा नेतृत्व चयन हुने विश्वास व्यक्त गरे। उनले भने, ‘सहमति लोकतन्त्रको अझै उन्नत रुप हो सहमति र सहकार्य भएकोले साथिहरुले आफ्नो मूल्याङ्कन गर्नुहोस र अरु साथिहरुको कामको मूल्याङ्न गर्नुहोस्। त्यसैको आधारमा नेतृत्व चयन गर्दा उतम हुन्छ।’

 

‘एकतावद्धरुपमा जान नसक्ने अवस्था भयो भने चुनावमा जानुस्, त्यसले पनि केही विग्रदैन। तर प्यानल बनाएर, गुठ खडागरेर चुनावमा जानु उचित हुन्न। यसले पार्टीभित्रै गुठको अवस्था सृजना हुन्छ। र, पार्टीभित्रै विरोधीदेख्ने अवस्था हुन्छ। त्यस्ता कार्य हामीले गर्नु हुन्न; अध्यक्ष ओलीले भने।

यो समाचार पढेर तपाईलाई कस्तो लाग्यो ?

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

मुख्यमन्त्री शाहद्वारा क्षतिग्रस्त संरचनाको अनुगमन

गोदावरी (कैलाली)।  सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले ‘जेनजी’ आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट क्षतिग्रस्त भएका भौतिक संरचनाको अनुगमन गर्नुभएको छ । उहाँले आज धनगढीस्थित प्रदेश मन्त्रालय तथा विभिन्न सरकारी कार्यालयमा पुगेर क्षतिको अवस्थाबारे अस्थलगत अवलोकन गर्नुभएको हो । त्यस क्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय,...

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौँ,  नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ ५९ पैसा र बिक्रीदर १४१ रुपैयाँ १९ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १६५ रुपैयाँ ९४ पैसा...

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी, मुस्ताङको कोरला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु भएपछि गण्डकी र लुम्बिनी प्रदेशमा व्यवसायको नयाँ अवसर सिर्जना भएको व्यवसायीले बताएका छन् । तातोपानी र रसुवा नाका अवरूद्ध भएपछि नेपाली व्यापारीहरुले कोराला नाकाबाट मुस्ताङ, म्याग्दी हुँदै राजधानी काठमाडौँमा चिनियाँ सामग्री आयात, निर्यात गर्न...

शान्ति माध्यमिक विद्यालयमा ६१औं बालदिवस मनाइयो

कैलाली – कैलाली जिल्लाको मोहन्याल गाउँपालिका–३ फलेबिसौनामा अवस्थित शान्ति माध्यमिक विद्यालयले आज “बालबालिकामा लगानी, सुनिश्चित भविष्यको थालनी” भन्ने मूल नाराका साथ ६१औं बालदिवस उल्लासपूर्वक मनाएको छ। कार्यक्रममा चित्रकला प्रतियोगिता आयोजना गरिनुका साथै प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। कार्यक्रममा...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत

मृगाैला फेल हुनु अघि देखिनेछ, यस्ता संकेत...

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति

बर्दगोरियामा नेपाली फिल्म ‘आरपार’ को सुटिङ सुरु — राजनीतिक र सामाजिक यथार्थको कलात्मक प्रस्तुति...

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?

नेपालको राहदानीको विश्व वरियतामा सुधार, कुन देशको कति ?...

© 2025 Baigyanik Media || Website By : Himal Creation || सूचना विभाग दर्ता नं : ३१८१–२०७८/२०७९